०५ माघ २०८१

मुख्य खबर

प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त

काठमाडौँ, ३२ साउन , प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ , नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयी निष्ठावान, दूरदृष्टियुक्त र देशप्रति समर्पित राजनेता हुनुहुन्थ्यो भन्नुभएको छ ।...बाँकी अंश →


नेता देउवाद्वारा श्रद्धाञ्जलि अर्पण

काठमाडौँ, ३१ साउन ,नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय जनता पार्टीका संस्थापक नेता एवं नेपालका अनन्य शुभचिन्तक भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको आज भएको निधनको खबरबाट आफू र आफ्नो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको बताउनुभएको छ । सभापति देउवाले आज एक शोक सन्देश जारी गरी स्वर्गीय बाजपेयी नेपाल र नेपाली...बाँकी अंश →


चिकित्सकको मर्यादामा आँच आउन नदिने

काठमाडौँ, ३१ साउन , कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले भदौ १ गतेदेखि लागू हुन थालेको मुलुकी अपराध (सहिंता) ऐन २०७४ मा चिकित्सकको दण्ड सजाय सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने जनाएको छ । चिकित्सकको दण्ड सजाय सम्बन्धी ऐनमा भएको व्यवस्थाप्रति नेपाल मेडिकल एसोशिएसनले व्यक्त गरेको चासोप्रति सरकार संवेदनशील रहेको र उक्त...बाँकी अंश →


नेपाल–भारत सम्बन्ध नयाँ उचाइतिर

काठमाडौँ, ३१ साउन , परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समानता, सम्मान एवं आपसीहित र विश्वासका सिद्धान्तमा आधारित नेपाल–भारत सम्बन्धलाई दुवै देश नयाँ उचाइमा पु¥याउन प्रतिबद्ध रहेका बताउनुभएको छ । भारतको ७२ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आर्थिक–सामाजिकलगायत विविध क्षेत्रमा निरन्तर सहयोग जारी...बाँकी अंश →


मादीमा आठ बैंकले लगानी गर्ने

काठमाडौँ, ३१ साउन , सुपर मादी जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न आठ वाणिज्य बैंकहरुले रु पाँच अर्ब ७५ करोड लगानी गर्ने भएका छन् । आज यहाँ आयोजित कार्यक्रममा वित्तिय व्यवस्थापनसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भयो । सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र सुपर मादी हाइड्रोपावर लिमिटेडका कार्यकारी...बाँकी अंश →


वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन अनलाइन प्रणालीको विकास

काठमाडौँ, ३१ साउन ,   वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले अनलाइन प्रणालीको शुरुवात गर्ने भएको छ । वैदेशिक रोजगारसम्बन्धी काम गर्ने सम्पूर्ण निकाय तथा सरोकारवालालाई एउटै अनलाइन प्रणालीमा जोड्न लागिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनुभयो । “यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार...बाँकी अंश →


नेपालले क्षतिपूर्ति दाबी गर्ने

काठमाडौँ, ३१ साउन , वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वव्यापी जलवायु परिवर्तनको असरबाट अतिप्रभावित मुलुकका नाताले नेपालले त्यसको क्षतिपूर्ति दाबी गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्री बस्नेतसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रिचर्ड मोरिसले गर्नुभएको शिष्टचार भेटमा उहाँले जलवायु परिवर्तनमा नेपालको कुल योगदान ०.०२७ प्रतिशत भए पनि...बाँकी अंश →


‘संविधान कार्यान्वयनमा आर्थिक र प्रशासनिक चुनौती’

काठमाडौँ, ३१ साउन , नेपाली काँग्रेसका नेताहरुले संविधान कार्यान्वयनमा आर्थिक र प्रशासनिक चुनौती रहेको बताउनुभएकोे छ । काङ्ग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘समसामयिक अर्थ–राजनीतिको समीक्षा’ कार्यक्रममा नेताहरुले जथाभावी कर उठाएर अहिले मुलुकमा देखिएको आर्थिक समस्या पूरा नहुने बताउनुभयो । काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको...बाँकी अंश →


सङ्घीयतालाई कसैले समाप्त पार्न सक्दैन ः मुख्यमन्त्री राउत

वीरगञ्ज, ३१ साउन ,प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो भन्नेले अहिले सङ्घीयतालाई असफल पार्न खोजिरहेको आरोप लगाउनुभएको छ । ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (बान)द्वारा आज यहाँ आयोजित ‘सङ्घीयता कार्यान्वयनमा रेडियोको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकको संविधानलाई कार्यान्वयन गर्ने निकाय राम्रो छैन...बाँकी अंश →


मुलुकी फौजदारी संहिता ,, छ अपराधमा आजीवन कारावास

काठमाडौँ, ३० साउन , मुलुकी अपराध (संहिता) ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू हुनेछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गर्नुभएको हो...बाँकी अंश →


प्रधानमन्त्रीले २ नं प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने

महेन्द्रनगर, धनुषा, ३१ साउन , प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपाले जनकपुरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आउनु हुने जानकारीसमेत दिइयो...बाँकी अंश →


हवाई यात्रुको बीमामा ६ गुणा वृद्धि

काठमाडौँ, ३१ साउन,  नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । संसद्ले निकट भविश्यमा उक्त महासन्धि अनुमोदन गर्ने छ ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter