काठमाडौँ, ८ भदौ ,, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमिति बैठकको तयारीमा जुटेको छ । महासमिति बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न काङ्ग्रेस केन्द्रीय समिति बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले पार्टीको महासमिति बैठक गर्ने मिति र स्थानको टुङ्गो लगाउनुका साथै आवश्यक तयारी सम्बन्धमा छलफल हुने...बाँकी अंश →
काठमाडौँ, ८ भदौ,, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई वैभवशाली बनाउन आगामी साता सात देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको शिखर सम्मेलन काठमाडौँमा हुँदैछ । दक्षिण एशियाली पाँच र दक्षिणपूर्वी एशियाली दुई मुलुकको उपक्षेत्रीय सङ्गठन बिम्स्टेकको चौथो शिखर सम्मेलनले क्षेत्रीय कूटनीतिमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ ।...बाँकी अंश →
काठमाडौँ, ८ भदौ ,, प्रतिनिधिसभाको बैठकमा महिलाविरुद्धको हिंसा अन्त्य गर्न संकल्प प्रस्ताव प्रस्तुत भएको छ । सदनमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न २२ जना सांसदले हस्ताक्षर गरी असार २१ गते संसद् सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको थियो । सदनको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तावलाई प्रस्तुत गर्नुभयो । सङ्कल्प प्रस्तावमा नेपालको संविधानबमोजिम...बाँकी अंश →
बैतडी, ८ भदौ ,, कुनै पनि स्थानीय तहले कोष तथा लेखा नियन्त्रकको कार्यालयमा खर्च विवरण नबुझाएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय जनाएको छ । उक्त कार्यालयबाट निकासा भएको रकमको खर्च विवरण बुझाए पनि स्थानीयतहले आफ्नो वास्तविक खर्च भने बुझाउन नसकेको उक्त कार्यालयका प्रमुख बासुदेव जोशीले बताउनुभयो ।साउन मसान्तसम्म स्थानीय...बाँकी अंश →
काठमाडौँ, ७ भदौ ,, भदौ १ गतेदेखि लागु भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने देखिएकाले यसलाई तत्काल संशोधन गर्नुपर्ने माग गरिएको छ । नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताहरुले सो माग गरिएको हो । सो अवसरमा...बाँकी अंश →
काठमाडौँ, ७ भदौ ,, के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको “अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न...बाँकी अंश →
काठमाडौँ, ७ भदौ ,, फौजदारी तथा देवानी संहितामा प्रेससँग सम्बन्धित केही बुँदा सच्याउन आग्रह गरिएको छ । प्रेस काउन्सिल नेपाल र नेवाः पत्रकार राष्ट्रिय दबूले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा सञ्चार क्षेत्रका जानकारले सार्वजनिक स्थानमा फोटो खिच्दा, रेकर्ड गर्दा अनुमति लिनुपर्नेलगायतका बुँदाहरु प्रेस स्वतन्त्रता विरुद्ध...बाँकी अंश →
काठमाडौँ, ७ भदौ ,, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ । आज सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई छाड्न आदेश दिएलगत्तै भोजपुर जिल्लामा भएको बम विष्फोटको घटनामा समेत संलग्न रहेको भन्दै उहाँलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।...बाँकी अंश →
काठमाडौँ, ७ भदौ ,, रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी फर्केका नेपालीलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा विशेष परीक्षा (सिबिटी) शुक्रबारदेखि शुरु हुँदैछ । परीक्षाको सम्पूर्ण तयारी सम्पन्न भएको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । दोस्रो...बाँकी अंश →
काठमाडौँ, ७ भदौ ,, संवैधानिक परिषद्ले कायमुकामम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा आज सिफारिश गरेको छ । परिषद्को आजको बैठकले सो सिफारिश गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेपछि मिश्रले कामुको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।...बाँकी अंश →
काठमाडौँ, ७ भदौ ,, नेपाली काङ्ग्रेसले सङ्घीय संरचनाअनुसार पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा, २४ (८) बमोजिम आज विधान संशोधन मस्यौदा समिति गठन गर्नुभएको हो । मुलुकको नयाँ सङ्घीय...बाँकी अंश →
काठमाडौँ, ७ भदौ,, सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ राख्ने भएको छ । हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने गरेकोमा अबदेखि स्थलमार्गबाट आउने सबै पर्यटकको स्पष्ट तथ्याङ्क राखिन लागेको हो । आगामी महीनादेखि सो प्रणाली पूर्णरुपमा लागू हुनेछ । कुन स्थानमा कति पर्यटक पुगे, उनीहरुले के...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: