काठमाडाैँ- नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा यहाँस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग...बाँकी अंश →
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन्। भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको बताए। अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो-कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला...बाँकी अंश →
काठमाडौँ – विश्व अहिले जलवायु विपदको द्रूत मार्गमा रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बताएका छन् । जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी संस्था (आइपिसिसी) को तेस्रो कार्यगत समूहले तयार पारेको जलवायु परिवर्तन न्यूनकरण सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नका लागि सोमबार भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले गरिने निर्णयले भविष्य कस्तो...बाँकी अंश →
काठमाडौँ – निर्वाचन आयोगले मंगलबार स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहान साढे ११ बजे छलफल हुने जानकारी दिए। उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ। ०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने...बाँकी अंश →
काठमाडौँ– चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्। विदेशमन्त्री यीले शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर विमानस्थलको चाबी बुझाएका हुन्। भेटवार्ताकै क्रममा चिनियाँ विदेशमन्त्री वाङले चीनको सहयोगमा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल समापन गरेका थिए, जसको अवलोकन प्रधानमन्त्री देउवाले गरेको परराष्ट्र मन्त्रालयले...बाँकी अंश →
काठमाडौँ- नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा भएको द्वविपक्षीय भेटघाटका क्रममा दुई देशबीच नौ वटा सहमतिमा हस्ताक्षर भएको छ। समारोहमा नेपाल र चीनबीच आर्थिक र प्राविधिक सहयोगको सहमति भएको छ। त्यस्तै, चीन र नेपालबीच चिनियाँ सहयोगमा रेलमार्गको सम्भाव्यता अध्ययनका...बाँकी अंश →
राजेश राई , काठमाडौँ – अबदेखि स्वास्थ्य संस्था तथा अस्पताल जाँदा अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनु नपर्ने भएको छ। कोरोना भाइरसविरुद्ध खोपको पूर्ण मात्रा लगाइसकेका व्यक्तिले उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण नगराउँदा पनि हुने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै खोपको पूर्ण मात्रा लगाएको...बाँकी अंश →
काठमाडौं – केन्द्रीय तथ्यांक विभागले गत मंसिरमा गरेको १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । जसअनुसार नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख ९२ हाजर ४८० कायम भएको छ । यो संख्यामा महिला संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष संख्या १ करोड ४२...बाँकी अंश →
काठमाडौं- नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा जाने ९८ प्रतिशत भन्दा बढी श्रमिकलाई फ्रि भिसा र टिकटको सुविधा नरहेको देखाएको छ। जिफन्टले अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) सँगको साझेदारीमा उक्त अध्ययन गरेको थियो। वैदेशिक रोजगारीमा जाने १ हजार ५ सय ९३ जनासँग सर्वेक्षण गरेर प्रतिवेदन तयार...बाँकी अंश →
काठमाडौँ – भारतलाई ७३ औँ गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ। नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्काले आ–आफ्ना समकक्षीलाई बधाई तथा शुभकामना सन्देश पठाएका हुन् । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले शुभकामना सन्देश पठाउँदै भारतीय राष्ट्रपति रामनाथ कोविन्द...बाँकी अंश →
काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले फेरि लकडाउन भए मुलुकको अर्थतन्त्रले थेग्न नसक्ने बताएका छन्। पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुनेमा उनले जोड दिए। बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को सोमबार भएको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले लकडाउन गर्दा...बाँकी अंश →
काठमाडौँ – कोभिड १९ को संक्रमण बढेसँगै सरकारले आगामी १५ माघसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयमा सोमबार बसेको सचिवस्तरीय बैठकले विद्यालयमा १५ गतेसम्म बिदा दिने निर्णय गरेको हो। मन्त्रालयमा प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिसअनुसार माघ १५ गतेसम्म विद्यालयको कक्षा बन्द गर्ने निर्णय भएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: