१२ फागुन २०८१

मुख्य खबर

मंसिर ४ को चुनावलाई देशभर कति जनाले दिए उम्मेदवारी?

काठमाडौँ –मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि असोज २३ मा उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको थियो। निर्वाचन आयोगका अनुसार देशभरका मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गरेका उम्मेदवारहरूको सबै विवरण प्राप्त भइसकेको छ। प्रतिनिधि सभातर्फ प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रमा कूल दुई हजार...बाँकी अंश →


कर्णालीमा बाढी-पहिराे : ३३ काे मृत्यु, २२ बेपत्ता र ४८० परिवार विस्थापित

सुर्खेत- कर्णाली प्रदेशभर बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदेश प्रहरी कार्यालय, कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो। सबैभन्दा धेरै जुम्लामा नाै जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार मुगुमा आठ जना,...बाँकी अंश →


बाबुराम पछि हटेपछि गोरखा-२मा प्रचण्डको चर्चा

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नम्बर ३ बाट लड्ने तयारी गर्दा विकल्पको रूपमा गोरखा २ मा पनि चर्चा भएको छ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यो क्षेत्रबाट नउठी समानुपातिक सांसद बन्ने बाटो रोजेपछि उनको स्थानमा प्रचण्डलाई उठ्न स्थानीय नेता कार्यकर्ताले माग गरेका...बाँकी अंश →


वर्तमान सरकारले जनताको हितमा काम गर्न सकेन : ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । एमाले निकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप लगाए । उनले...बाँकी अंश →


साउदी दूतावासले काठमाडौंमा मनायाे ९२ औं राष्ट्रिय दिवस

काठमाडौं-काठमाडौंस्थित साउदी अरबको दुतावासले ९२ औं राष्ट्रिय दिवस मनाएको छ। राजधानीको सोल्टी होटलमा आयोजित कार्यक्रमका प्रमुख अतिथी रहेका उप राष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि साउदी अरबका राजदुत साद बिन नासिर अबु हैम्दले केट काटेर शुभारम्भ गरेका थिए। साउदी राजा अब्दुल्लाजिज बिन अब्दुल रहमान अल साउदले साउदी अरब अधिराज्यको एकीकरण...बाँकी अंश →


‘बालेन क्रेज’ले दलहरुलाई सच्चिन दबाब

काठमाडौँ– बालेन शाहको चर्चा र चासो त्यतिबेला सुरु भयो, जतिबेला उनी काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने तयारी गर्दै थिए। गत वैशाख अन्त्यमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट महानगरको मेयरमा चुनिएदेखि आजसम्म बालेनको क्रेज बढ्दो क्रममा छ भन्दा पनि हुन्छ। उपमेयरमा सुनिता डंगोल निर्वाचित भएसँगै महानगरको ठूलो जमातले युवा नेतृत्व पाएको खुसीयाली मनायो।...बाँकी अंश →


सम्मानजनक स्थान नपाए गठबन्धन बस्दैनौँः उपेन्द्र यादव

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई सम्मानजनक स्थान नदिइए गठबन्धनमा बस्न बाध्य नहुने बताएका छन्। पिछडा वर्ग महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्। लोकतन्त्र र संविधानमाथि आक्रमण गर्ने अभिप्रायले प्रतिनिधि सभा भंग गरिँदा जसपा नै सबैभन्दा पहिले सडक आन्दोलनमा उत्रिएको दाबी...बाँकी अंश →


प्रचण्ड र बाबुराम एउटै चुनाव चिन्हमा लड्ने तयारी

काठमाडाैँ- नेपाल समाजवादी पार्टीका नेताहरू माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्ने गरी गृहकार्य भइरहेको छ। दुई दलका शीर्ष नेताहरूबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ। आइतबार बिहान पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको छ।...बाँकी अंश →


मंसिर ४ गतेको चुनावमा १५ दिन मात्रै प्रचारप्रसार गर्न दिने आयोगको तयारी

काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि प्रचारप्रसारका लागि १५ दिन मात्रै दिने तयारी गरेको छ। यसअघि २०७४ को चुनावमा प्रचारप्रसारका लागि ३९ दिन दिएको आयोगले लामो समय दिँदा चुनाव विकृति बढेको भन्दै यसपटक प्रचारका लागि १५ दिने तयारी अघि बढाएको हो। आयोगमा छलफलका क्रममा...बाँकी अंश →


ओलीको कटाक्ष – गठबन्धनमा शेरबहादुरको गन्तव्य म्याडम साहेब, प्रचण्डको गन्तव्य सुपुत्री

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको बताएका छन्। सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै उनले शीर्ष नेताहरूप्रति कटाक्ष गरेका हुन्। शुक्रबार एमालेको कार्यशाला गोष्ठीमा ओलीले प्रमुख नेताहरूप्रति कडा आलोचना गरेका हुन्। उनले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त...बाँकी अंश →


सत्ता गठबन्धनबीच निर्वाचनमा तालमेल गर्ने सहमति, सिट बाँडफाँटका लागि बन्यो कार्यदल

काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनले आगामी निर्वाचनमा पनि चुनावी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको भोलीपल्ट सत्ता गठबन्धनले यहि गठबन्धनलाई निरन्तरता...बाँकी अंश →


नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

काठमाडौँ – पहिराेका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएकाे छ। भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै माैरी पुलमा पहिराे जाँदा शुक्रबार रातिदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको हाे। राति दुई बजेतिर लेदाेसहितकाे पहिराे खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएकाे थियो। शुक्रबार बिहानै ८ बजे उक्त पहिरो पन्छाएर दुईतर्फी रुपमै यातायात सञ्चालनमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter