राजविराज, २४ फागुन ,, सप्तरीमा पहिलोपटक सिटीस्क्यान र आइसीयु सेवा शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । रुपनी गाउँपालिकास्थित युनिक अस्पतालले पहिलोपल्ट ती सेवा शुरु गरेको हो ।उक्त अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले पाँच भेन्टिलेटरसहितको आइसीयु र पाँच सिसीयुसमेत जडान गरिएको बताउनुभयो । यसअघि जिल्लामा ती दुबै उपकरण नहुँदा सो सम्बन्धी...बाँकी अंश →
रोल्पा, २४ फागुन ,, बितेका तीन दिन रोल्पावासीका जनजीवन निकै त्रासदीमय भयो । जिल्लाका विभिन्न स्थानमा सवारीसाधन तोडफोड र आगजनीदेखि बम विस्फोटनसम्मका घटनाले रोल्पालीलाई फेरि एक पटक दश वर्षे सशस्त्र युद्धको झल्को दिलायो । बुधबार राति त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको जिप तोडफोड प्रयासबाट शुरु भएको घटनाले...बाँकी अंश →
काठमाडौँ, २४ फागुन ,, विभिन्न राजनीतिक दलका नेत्री तथा महिला सांसदहरुले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि सम्पूर्ण महिला एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को सन्दर्भमा यहाँ आज आयोजित साक्षात्कारमा सांसद उमा रेग्मीले राज्यका हरेक संरचनामा व्यावहारिक रुपमा महिलाको समान सहभागिताको...बाँकी अंश →
विराटनगर, २४ फागुन ,, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उहाँले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्टीको भनाइ उचित...बाँकी अंश →
चितवन, २४ फागुन ,, पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि उद्योग वाणिज्य सङ्घ रत्ननगरले जनप्रतिनिधिसहितको टोलीलाई बिहीबार र शुक्रबार त्रिशूलीमा ¥याफ्टिङ गराएको छ । धादिङको चरौदिबाट १७ किलोमिटर दूरी पार गरेर साँझ फिस्लिङमा रात कटाएको सो टोलीले आज बिहान पुनःपाँच किलोमिटर दूरी पार गर्दै कुरीनटारमा आएर ¥याफ्टिङ यात्रा सम्पन्न गरेको...बाँकी अंश →
काठमाडौँ, २४ फागुन ९ ,, राष्ट्रपति विद्यादेवी भण्डारी १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहमा सरिक हुनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा यहाँ आज आयोजित सो कार्यक्रम‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ भन्ने नाराका साथ मनाइँदै छ । –––बाँकी अंश →
रुपन्देही, २४ फागुन ,, विभिन्न क्षेत्रमा मजदूरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरेर बुटवल उपमहानगरले सुरक्षित मातृत्व अभियान शुरु गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिहीबार बुटवल–११ बुद्धनगरका श्रमिक महिलालाई पौष्टिक आहार वितरण गरी अभियानको शुरुआत गरिएको हो । कार्यक्रम उपमहानगरभरि नै सञ्चालन हुनेछ ।...बाँकी अंश →
कास्की, २४ फागुन ,, गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले लैङ्गिक, वर्गीय र जातीयलगायतका शोषण, उत्पीडन र विभेदको अन्त्य नगरेसम्म समृद्ध नेपालको स्थापना नहुने हुँदा सबैमा समानता कायम गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रदेशसभा सचिवालयको आयोजनामा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा आज प्रदेशसभा सचिवालय भवनमा...बाँकी अंश →
काठमाडौँ, २३ फागुन ,, समाजसेवी डा विष्णुमाया परियारलाई अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट ‘वुमन हिस्ट्री मन्थ’ (मार्च) का अवसरमा ‘वुमन एक्सन अवार्ड (महिला क्रियाशील पुरस्कार) द्वारा सम्मान गरिएको छ । जर्सी सिटी मेयरका सल्लाहकार डा परियारले उक्त शहरमा अल्पसङ्ख्यक समुदायका लागि निरन्तर सक्रिय र सबल नेतृत्व प्रदान गर्दै...बाँकी अंश →
काठमाडौँ, २३ फागुन ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेको छ । पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा पण्डितले नुवाकोट जिल्लामा कम्युनिष्ट आन्दोलन विस्तारका लागि निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै शोकाकूल परिवारजन र आफन्तप्रति समवेदना प्रकट गरिएको छ ।...बाँकी अंश →
काठमाडौँ, २३ फागुन ,, मुलुकको परिवर्तित संरचनाअनुसार सातै प्रदेशलाई रेखाङ्कन गरिएको नेपालको प्रशासनिक नक्सा आजदेखि प्रचलनमा ल्याइएको छ । सङ्घीयता कायम हुन अगाडि तयार गरिएका नक्सामा व्यवस्था गरिएका अञ्चल र पाँच विकास क्षेत्रको रेखाङ्कन हटाइएको छ । नापी विभागले तयार गरेको नक्सामा लिपुलेक, कालापानीका साथै ठूला हिमाल, नदी, सडक तथा...बाँकी अंश →
शेनजेन, २३ फागुन (रासस/एएफपी) – सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनीया कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग गर्दै मुद्दा दायर गरेको छ । हुवावेले आफ्ना उपकरण मार्फत चीन सरकारका लागि जासुसी गरिरहेको आरोप लगाउँदै अमेरिकाले हुवावेका सामग्री खरिदमा प्रतिबन्ध लगाइरहेको छ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: