काठमाडौँ, १७ चैत ,, आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नंं ५ को विभिन्न स्थानमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा पाँच हजार २११ जना खेलाडीहरुको...बाँकी अंश →
सुर्खेत, १७ चैत ,, जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको...बाँकी अंश →
काठमाडौँ, १७ चैत ,, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवमा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चारसम्बन्धी छाता ऐन ल्याउने र सञ्चार क्षेत्रलाई प्रोत्साहन दिन सरकार तत्पर रहेको पनि...बाँकी अंश →
गलेश्वर, १७ चैत ,, पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाअन्तर्गत विभिन्न वडामा बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प शुरु भएको छ । गाउँपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखासम्बन्धी क्याम्प सञ्चालन गरिएको हो । बच्चा जन्मिएको छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण अवस्था पत्ता लगाउन...बाँकी अंश →
काठमाडौँ, १७ चैत,, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा आफूहरुलाई गौरवबोध भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय छवि उच्च भएकाले सो सम्मेलनले...बाँकी अंश →
नवलपरासी, १७ चैत ,, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीको विभिन्न समस्या समाधान गर्न राज्य पक्षबाट बेवास्ता हुँदै आएको सुस्तावासीले दुखेसो पोखेका छन् । सुस्ता पुग्न नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलसमेत निर्माण अलपत्र पर्नु र यसबाहेक नागरिकता, जग्गाधनी पुर्जा, शिक्षा, स्वास्थ्य, बिजुलीबत्तीलगायत चौतर्फी समस्या समयमै हल गर्न राज्य पक्षले बेवास्ता...बाँकी अंश →
काठमाडौँ, १७ चैत ,, प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन...बाँकी अंश →
राँझा, १७ चैत ,, नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको छ । पशु क्वारेन्टाइन गर्दा पशु स्वास्थ्य तथा पशु सेवा ऐनलाई कडाइका साथ कार्यान्वयन गरेपछि पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको पशु क्वारेन्टाइन जाँच केन्द्र जमुनाहका प्रमुख शितलबाबु श्रेष्ठले बताउनुभयो । ऐनमा व्यवस्था...बाँकी अंश →
काठमाडौँ, १७ चैत ,, वाग्मतीको उद्गमस्थल वाग्द्वारलाई चिनाइ यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सुन्दरीजल–वाग्द्वार पर्यटन महोत्सवको आयोजना गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं १ ले वैशाख १ गते महोत्सव आयोजना गर्न लागेको वडाध्यक्ष राम मानन्धरले राससलाई जानकारी दिनुभयोे । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा...बाँकी अंश →
काठमाडौँ, १६ चैत ,, सरकारले रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिमकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको छ । आगामी छ महीनाभित्रै केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भई निर्माणको ढाँचा टुङ्गो लगाइने भएको छ । पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको र केही समयभित्रै डिपिआरका लागि छलफल भई अन्तिम निष्कर्ष निकाल्ने तयारी गरिएको...बाँकी अंश →
काठमाडौँ, १६ चैत ,, काठमाडौँ महानगपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रयोगमा रहेका दमकल कम भएकाले अब अत्याधुनिक नयाँ दमकल खरीद गरिने जानकारी दिनुभएको छ । आइसेट नेपालले शुक्रबार यहाँ आयोजना गरेको कामपामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कानूनी प्रावधानसम्बन्धी अन्तरक्रियामा कामपाका प्रमुख शाक्यले गर्मी बढेसँगै काठमाडौँमा आगलागीका घटनामा पनि वृद्धि हुने...बाँकी अंश →
नुवाकोट (बेत्रावती), १५ चैत ,, रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हुँदै गएको छ । आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन थाल्ने लक्ष्य लिएको आयोजनाले यही चैत १ गतेदेखि शुरु...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: