१९ माघ २०८१

मुख्य खबर

कर्णाली राजमार्गमा यात्रुहरु अलपत्र

सुर्खेत, २४ चैत्र ,,शनिबार बेलुकाको भारी असिना वर्षाले आएको बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएको छ । दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा समस्या आएको हो । दैलेखबाट गएको जेसिबीले शनिबार दहीखोलाको पहिरो हटाउन सकेन । पहिरो हटाउन नसक्दा...बाँकी अंश →


राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव

काठमाडौँ, २२ चैत ,, सङ्घीयता कार्यान्वयनसँगै गाउँ गाउँमा सिंहदरबार पुगेको भनिए पनि राजधानीकै नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थामा कर्मचारी र निःशुल्क औषधि नभेटिएको सेवाग्राहीको गुनासो छ । गोकर्णेश्वर नगरपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्यचौकी र एक शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि र कर्मचारीको अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले...बाँकी अंश →


कोरियाको उत्तरपश्चिममा डढेलो, एक व्यक्तिको मृत्यु (संशाेधित समाचार)

सोल, २२ चैत ,, दक्षिण कोरिया सरकारले देशको उत्तरपूर्वी क्षेत्रको जङ्गलमा बिहीबार राति सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएपछि शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । डढेलोका कारण एक जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका थिए । राष्ट्रिय राजधानी सोलबाट करिब २ सय...बाँकी अंश →


मध्यभोटेकोशी आयोजना सम्पन्न गर्न दबाब

मेलम्ची, २२ चैत ,, सिन्धुपाल्चोकको निमार्णाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम अत्यन्त सुस्त भएपछि यहाँका स्थानीय तहका जनप्रतिनिधिले काम छिटोसक्न दबाब दिएका छन् । भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा निर्माण भइरहेको १०२ मेघावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको सन् २०१३ मा निर्माणकार्य शुरु गरिएको थियो । सन् २०१६ सम्ममा काम सम्पन्न गर्ने...बाँकी अंश →


व्यापार वार्ता चार हप्तामा टुङ्ग्याउन ट्रम्पको निर्देशन (अपडेट)

वासिङ्टन, २२ चैत ,, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिका र चीनबीच एक महिनाभित्रै महत्वपूर्ण व्यापार सम्झौता हुने बताउनुभएको छ । दुबै मुलुकबीच नौ महिनादेखि जारी व्यापार युद्धले विश्व अर्थतन्त्रमै समस्या निम्त्याएको छ । अमेरिका र चीन सहित विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकहरुको आर्थिक वृद्धि घट्दै गएको विभिन्न अध्ययनहरुले देखाएका...बाँकी अंश →


तेह्रौँ साग निर्धारित मितिमै ः अध्यक्ष श्रेष्ठ

कास्की, २२ चैत ,, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले सन् २०१९ मा आयोजना हुने दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताको मिति अब सार्न नसकिने बताउनुभएको छ । खेलकूद पत्रकारमञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले डिसेम्बर १ देखि १० गतेसम्मका लागि नेपालमा तय भएको साग...बाँकी अंश →


विपन्न विद्यार्थीलाई शैक्षिक सामग्रीसहित छात्रवृत्ति

काठमाडौँ, २२ चैत ,,सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका २० छात्रछात्रालाई जनक खड्का छात्रवृत्ति कोषले सहयोग गरेको छ । गोकर्णेश्वर नगरपालिका–२ मा रहेको बालसुधार माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका जेहेन्दार छात्रछात्रालाई छात्रवृत्तिस्वरुप आज सहयोग हस्तान्तरण गरिएको हो । विद्यालयमा मजदूरका छोराछोरी मात्र अध्ययन गरिरहेका प्रधानाध्यापक विन्दुराज खनालले जानकारी दिनुभयो । आर्थिक...बाँकी अंश →


यमन युद्धमा सैनिक सहयोग रोक्न कङ्ग्रेमा सहमति, ट्रम्प विपक्षमा

वासिङ्टन, २२ चैत ,, अमेरिकी सांसदहरुले साउदी अरेबियाको अग्रसरतामा सञ्चालित रक्तपातपूर्ण यमन युद्धमा अमेरिकी सैनिक सहयोग अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति विपरीत संसदमा रिपब्लीकन र डेमोक्र्याट पार्टीका सांसदहरुले बहुमतबाट यमन युद्धमा अमेरिकी संलग्नता अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका हुन् । उक्त प्रस्तावलाई राष्ट्रपतिले...बाँकी अंश →


विश्वकप फुटसल : नेपाल तीनै खेलमा पराजित

काठमाडौँ, २२ चैत ,, अर्जेन्टिनामा जारी १२आँै संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ । समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो । नेपालका लागि एक मात्रै गोल सुजन बलामीले गरेका थिए । यो हारसँगै नेपाल समूह ‘डी’ मा जितविहीन बन्दै...बाँकी अंश →


सदरमुकाम जोड्ने सडक निर्माण

राँझा, २२ चैत ,, बाँकेको जानकी गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने मुख्य सडक निर्माण कार्य शुरु गरिएको छ । वडा नं ६ गनापुरस्थित पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहरचोक हुँदै नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी सडक निर्माणकार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताउनुभयो । “गनापुरको भित्रसम्म उद्योग खुलेका छन्,...बाँकी अंश →


शान्तिनगरका ९४ गाउँमा सडक पुग्यो

लमही, २२ चैत ,, दाङको शान्तिनगर गाउँपालिकाले सडक विस्तारलाई प्राथमिकता दिएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीका अनुसार गाउँपालिकाका ९७ गाउँमध्ये ९४ गाउँमा सडक पुगेको बताउनुभयो । “हामीले सडक विस्तारलाई प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म ९४ गाउँमा सडक पुगिसकेको छ ।” बाँकी रहेका तीन गाउँलाई पनि चालू आवमै सडकसँग...बाँकी अंश →


राजश्व सङ्कलनको दायरा बढ्दै

भीमदत्तनगर, २२ चैत ,, आन्तरिक राजश्व कार्यालय कञ्चनपुरले यहाँका चार जिल्लाका व्यापारी÷व्यवसायीलगायत करदाताबाट सङ्कलन गरिने राजश्व सङ्कलन बढाउँदै लगेको छ । चालू आर्थिक वर्षमा रु एक अर्ब ६१ करोड ७४ लाख वार्षिक राजश्व सङ्कलनको लक्ष्य लिएको राजश्व कार्यालयले गत फागुनसम्म रु एक अर्ब २१ करोड राजश्व सङ्कलन गरिसकेको छ ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter