१९ माघ २०८१

मुख्य खबर

नयाँ कार्यविधिबाट अपाङ्गता परिचयपत्र

पोखरा, २८ चैत ,,  संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहमा प्रदान गरिएका अधिकारलाई उपयोग गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले आफ्नै कार्यविधि तयार गरी अपाङ्गता परिचयपत्र वितरण थालेको छ । गाउँपालिकाले आफ्नै अपाङ्ग परिचयपत्र वितरण कार्यविधि तयार गरी त्यसैका आधारमा परिचयपत्र वितरण गर्न शुरु गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।...बाँकी अंश →


छिमेकीको हत्या आरोपमा एक युवक पक्राउ

लहान, २८ चैत,, चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई पक्राउ गरेको छ । सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय राम अवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ गरेको हो । टाउकोमा चिर्पट प्रहार...बाँकी अंश →


दुर्घटनामा पूर्वसांसदसहित एक बालकको मृत्यु

तम्घास, २८ चैत ,, गुल्मीको मुसिकोट नगरपालिकामा आज बिहान जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारी र एक बालकको मृत्यु भएकोछ भने अन्य आठ घाइते भएका छन् । धुर्कोट गाउँपालिका–५ निवासी भण्डारी नेपाली काङ्ग्रेसका तर्फबाट गुल्मी क्षेत्र नं ३ बाट २०४८ मा प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । ६५ वर्षीय...बाँकी अंश →


ज्येष्ठ नागरिकलाई दाँत

बझाङ, २८ चैत ,,खप्तड छान्ना गाँउपालिका–४ की लक्ष्मी रोकायाका चार दाँत नहुँदा खाना खाँदा र बोल्दा समस्या झेल्नुपरेको थियो । अगाडिपट्टिका देखिने चार दाँत नभएका कारण उहाँले यो पीडा घरका सदस्यलाई समेत पटक–पटक भन्नुभयो । घरको आर्थिक अवस्था कमजोर भएका कारण दाँत हाल्ने चाहना हुँदाहुँदै पनि उहाँले दाँत हाल्नसक्नु भएन...बाँकी अंश →


महोत्तरीमा २६८ एचआइभी सङ्क्रमित

बर्दिवास, २८ चैत ,, महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २६८ पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएका जलेश्वर अस्पताल र नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले यस्तो तथ्याङ्क देखाएका हुन् । सन् २००७ देखि एचआइभी र विभिन्न यौनरोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र...बाँकी अंश →


हराएको झण्डै पाँच महिनापछि कङ्काल फेला

वालिङ, २८ चैत ,, हराएको झण्डै पाँच महीनापछि बुधबार यहाँको सामुदायिक वनमा कङ्काल फेला परेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ चिसापानी बेत्ताल सामुदायिक वनमा कङ्काल फेलापरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार उक्त कङ्काल पुतलीबजार नगरपालिका–१३ हिरापाटा बस्ने वर्ष ५२ का ड्यामबहादुर घर्तीको भएको खुल्न आएको...बाँकी अंश →


नयाँ वर्षको शुरुआतसँगै नगरवासीलाई स्मार्ट पार्किङ

काठमाडौँ, २८ चैत ,, नयाँ वर्षको शुरुआतसँगै नगरवासीले सवारी पार्किङ व्यवस्थापनको समस्याबाट मुक्ति पाउने भएका छन् । काठमाडौँ महानगरपालिकाले न्यूरोड आसपासका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्थापन शुरु गरेसँगै सर्वसाधारण नागरिक पार्किङ समस्याबाट मुक्त हुने भएका हुन् । सवारी साधनको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र शहरी सुविधाको...बाँकी अंश →


कारको ठक्करबाट युवकको मृत्यु

उर्लाबारी, २८ चैत ,,मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट गए राति मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३च ७९६२ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको को१५प ९९७८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय...बाँकी अंश →


दुर्घटनामा पोखरेली सङ्गीतकर्मी थुलुङको निधन

कास्की, २८ चैत ,, दुई दशकदेखि पोखरालाई कर्मक्षेत्र बनाउँदै आएका सङ्गीतकर्मी श्रीमान् थुलुङ राईको दुर्घटनामा परी निधन भएको भएको छ । बुधवार राति करीब साढे ९ बजे पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवीमा श्रीमतीसहित उहाँ सवार ग१२प ६७९ नंको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि थुलुङ सेती नहरमा खसेको...बाँकी अंश →


औषधि बरामद

भद्रपुर, २८ चैत (रासस) : झापाको दक्षिण सीमावर्ती नाका केचनाकवल पछिल्लो समय भारतीय औषधि नेपाल भित्र्याउने तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । बुधबार पनि नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डको रु ९० हजार मूल्य बराबरको औषधिसहित दुई जनालाई सोही नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सशस्त्र प्रहरी...बाँकी अंश →


सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

कञ्चनपुर, २८ चैत ,, कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) आबद्ध विद्यार्थीले बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेविसङ्घले तालाबन्दी गरेको जनाएको छ । तीन महीनादेखि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाई एकै विश्वविद्यालयमा दुई कुलपति नियुक्ति गरेकाले तालाबन्दीमा उत्रिनुपरेको नेविसङ्घ सुदूरपश्चिम...बाँकी अंश →


भ्रष्टाचार नियन्त्रणमा ट्रान्सपरेन्सी

रसुवा, २८ चैत ,, भूकम्पपछिको पुनःनिर्माणमा भएको अनियमितता र ढिलासुस्तीका सवालमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले रसुवा जिल्लाको अध्ययन कार्यलाई तीव्र बनाएको छ । ट्रान्सपरेन्सी रसुवाले बुधबार पत्रकार सम्मेलन गरी रसुवाको साविक १८ गाविस तथा हाल पाँच गाउँपालिकाअन्तर्गत २७ वडामा भएका पुनःनिर्माण सम्बन्धित गतिविधि स्थलगतरूपमा अध्ययन भइरहेको बताएको छ । केही गाउँपालिकामा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter