निजी शैक्षिक संस्थाले मनोमानी रुपमा लिइरहेको चर्को शुल्क बन्द गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाइएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का प्रतिनिधिले आज शिक्षा मन्त्रालयमा मन्त्री पोखरेललाई भेट गरी चर्को शुल्क बन्द गर्न माग गरेका हुन् । अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका कार्यवाहक...बाँकी अंश →
क्वामिस्ली, सिरिया, २९ चैत ,, सिरियाली कुर्दहरुले इराकबाट विस्थापित भएर उत्तरपूर्वी सिरियामा आइबसेका कम्तीमा ३१ हजार इराकी नागरिकलाई स्वदेश फर्काउने बारेमा एक सहमति भएको घोषणा गरेका छन् । बिहीबार घोषणा गरिएको सहमति अनुसार स्वदेश फर्काइने अधिकांश व्यक्तिमा महिला र बालबालिका छन् । इस्लामिक स्टेट विरुद्ध कुर्दिस फौजको अग्रसरतामा महिनौं चलेको...बाँकी अंश →
काठमाडौँ, २९ चैत उपत्यकामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह’ शुरु गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र त्यसअन्तर्गत रहेका विभिन्न सामुदायिक सेवा केन्द्रको आयोजनामा आजदेखि सप्ताहव्यापी ट्राफिक सप्ताहव्यापी सचेतना अभियान शुरु गरिएको हो । कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले...बाँकी अंश →
पोखरा, २९ चैत ,, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उहाँले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो । उहाँले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा...बाँकी अंश →
प्रहरीको टोलीले सिरहाको छुट्टाछुटै स्थानबाट आज बिहान अवैधरुपमा रहेको सुन र लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२१ स्थित पिप्रा टोलबाट ५० ग्राम अवैध सुनसहित सिरहाको धनगढीमाई नगरपालिका–२ निवासी २५ वर्षीय मोहमद अकरामुल राइनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ स६प...बाँकी अंश →
मुग्लिन, २९ चैत ,,: ऋणधन गरेर भए पनि निजी विद्यालयमा बालबालिका भर्ना गर्ने क्रम बढेपछि कतिपय सामुदायिक विद्यालय विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । सरकारी विद्यालयमा तालीमप्राप्त अनुभवी शिक्षक भए पनि अङ्गे्रजी माध्ययममा पढाइ हुनु नै निजी विद्यालयको आकर्षण बन्नु पहिलो कारण हो । चितवनको एक मात्र गाउँपालिका...बाँकी अंश →
वीरेन्द्रनगर, २९ चैत ,,वीरेन्द्रनगर नगरपालिकाले आमा तथा शिशु सुरक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले तयार गरेको ‘स्थानीय स्वास्थ्य सेवा विधेयक, २०७५’ मा गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्ने जनाइएको छ । विधेयकअनुसार कार्यपालिकाले योजना बनाई स्तनपान प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।...बाँकी अंश →
परासी, २९ चैत,, पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । निःशुल्क एम्बुलेन्स सेवा पाएपछि यहाँका अधिकांश गर्भवती महिला प्रसूतिगृहमै पुगेर प्रसूतिसेवा लिन थालेका छन् । नगरपालिकाले नगरका १३ वटै वडाका गर्भवतीलाई उनीहरुको घरबाटै प्रसूतिगृहसम्म ल्याउने र पु¥याउने गरेको छ । खर्च नहुँदा यहाँका विपन्न...बाँकी अंश →
दमौली, २९ चैत ,, नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा हुने अन्तर्राष्ट्रिय कवि सम्मेलनका सहभागीलाई भानु भूमिको माटो उपहार दिइने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा यही चैत ३० गते शनिबार भानु नगरपालिका–५ चुँदीरम्घामा हुनलागेको सम्मेलनमा आउने साहित्यकारलाई माटो उपहार दिन लागिएको हो ।...बाँकी अंश →
लम्की, २९ चैत ,,: कैलालीको टीकापुरस्थित मुक्त कमैया शिविरमा आयोजित निःशुल्क दन्त परीक्षण शिविरमा १७० को निःशुल्क उपचार गरिएको छ । शिविरमा दन्त परीक्षणका साथै आवश्यक औषधि, दन्त मञ्जन तथा ब्रस वितरण गरिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको आयोजनामा भएको शिविरमा मुक्त कमैया बस्ती नागरिकको...बाँकी अंश →
काठमाडौँ, २९ चैत,, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका छ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली २०१९ जनवरीमा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्व कपमा पुग्नेछ । छनोटमा नेपालसहित मलेशिया,...बाँकी अंश →
पाल्पा, २९ चैत ,,खरका छाना रहेका घरलाई जस्तापाता उपहार प्रदान गरिएपछि यहाँका विपन्न समुदायका नागरिकमा खुशी ल्याएको छ । तिनाउ गाउँपालिका–२ दोभानले दश घरपरिवारलाई नौ फिटका २४ जस्तापाता उपहार प्रदान गरेको हो । आर्थिकरूपमा अतिविपन्न समुदायका १० घरपरिवारका लागि जस्तापाता वडाले प्रदान गरिएको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । खरका छाना...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: