१९ माघ २०८१

मुख्य खबर

नौ महीनामा २५ लाख राजश्व सङ्कलन

छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रु २५ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलङ्गाको सीमा क्षेत्रमा अवस्थित उक्त कार्यालयले गत साउनदेखि चैतसम्म रु २५ लाख तीन हजार राजश्व सङ्कलन गरेको हो । उक्त कार्यालयमा निर्यातभन्दा पनि आयातका सामानबाटै राजश्व सङ्कलन...बाँकी अंश →


उपभोक्ताको स्वास्थ्यलाई खेलवाड गर्ने हत्यारासरह हुन्–मुख्यमन्त्री राउत

जनकपुरधाम, ३ वैशाख ,,प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित उपभोक्ताको मानवअधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले फर्मालिन (शवलाई गन्हाउन नदिने) औषधिको प्रयोग गरी वस्तु बिक्री गर्ने व्यक्ति मानव...बाँकी अंश →


नेपालले मलेसियालाई २३० रनको चुनौती दियो

काठडमाडौँ, ३ वैशाख,,उन्नाइस वर्षमुनिको आइसिसी (यु १९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आजको खेलमा नेपालले ओमानलाई २३० रनको विजय लक्ष्य हासिल गर्न चुनौती दिएको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा आज भएको चौथो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९...बाँकी अंश →


चालक र सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच

काठमाडौँ, ३ वैशाख ,,गोङ्गबुस्थित नयाँ बसपार्कमा चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको आयोजना तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल प्रहरी अस्पतालको सहकार्यमा आज चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण गरिएको हो । उपत्यकालगायत देशका विभिन्न भागमा चालकको लापरबाहीबाट दुर्घटना बढ्न...बाँकी अंश →


करेन्ट लागेर एकको मृत्यु

चितवन, ३ वैशाख,,भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मिलनचोकस्थित चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै...बाँकी अंश →


उत्तरी अफगानिस्तानमा छ जना लडाकू मारिए

काबुल, ३ बैशाख ,,अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा सेनाको गोप्य कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् । अफगान रक्षा मन्त्रालयका अनुसार प्रान्तीय राजधानी कुन्दुजको बाहिरी इलाकाको काकारमा सेनाको गोप्य कारबाहीबाट ती लडाकू मारिएका हुन् । उक्त कारबाहीका क्रममा तालिबान लडाकूका तर्फबाट पनि...बाँकी अंश →


प्रदेश नं ३ मा सुरक्षासम्बन्धी गोष्ठी

हेटौँडा, ३ वैशख,गृहमन्त्रालय काठमाडौँद्वारा आयोजित प्रदेश नं ३ को प्रदेशस्तरीय सुरक्षासम्बन्धी दुईदिने गोष्ठी आज हेटौँडामा शुरु भएको छ । उक्त सुरक्षा गोष्ठीमा प्रदेश नं ३ को १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग जिल्लाका प्रमुखका साथै सशस्त्र प्रहरी र नेपाली सेनाका उच्च अधिकृतको सहभागिता रहने...बाँकी अंश →


एएफसी छनोट खेल्ने महिला टोली घोषणा

काठमाडौँ, ३ वैशाख ,, एशियाली फुटबल महासङ्घ (एएफसी) छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको आज बिहान घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार सरु लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो । टोलीमा गोलकिपर अन्जनाराना मगर, रेविका राई, उषा नाथ, डिफेण्डरमा निशा...बाँकी अंश →


नेपालमा कफी उत्पादन : किसानका लागि रोजगारी

काठमाडौँ, ३ वैशाख ,,  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कृषि क्षेत्रमा विविधीकरण, यान्त्रिकीकरण तथा औद्योगीकरण तथा आधुनिकीकरण गर्नुपर्नेमा जोडदिनुभएको छ । नेपाल चिया तथा कफी विकास बोर्डले सोमबार आयोजना गरेको नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलन–२०७६ को यहाँ उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा १२ लाख हेक्टर जमीनमा कफीखेतीको...बाँकी अंश →


सामुदायिक वन डढेलोको उच्च जोखिममा

भद्रपुर, ३ वैशाख,, झापाका सामुदायिक वन आगलागीको उच्च जोखिममा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । डिभिजन वन कार्यालय झापाका अनुसार चालू आर्थिक वर्षको पाँच महीनाको अवधिमा मात्र १० सामुदायिक वनमा आगलागी भएको छ । चालू आर्थिक वर्षको मङ्सिरदेखि चैत मसान्तसम्ममा १० सामुदायिक वनमा आगलागी हुँदा ५८.७५ हेक्टर वनक्षेत्र प्रभावित बनेको...बाँकी अंश →


मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने

मुग्लिन, ३ वैशाख ,, चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माका...बाँकी अंश →


जबर्जस्ती करणीको अभियोगमा चार पक्राउ

पोखरा, ३ वैशाख ,,पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । सोमबार ती युवतीमाथि जबर्जस्ती...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter