१९ माघ २०८१

मुख्य खबर

छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते

मुग्लिन, ५ वैशाख,,  चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । भरतपुरमा बुधबार साँझ ७ बजे ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ आउँदै गरेको बा४ख ८१७६ नंको ट्रकले सडक पार गर्दै गरेको बा४६प ७८३० नंको मोटरसाइकललाई...बाँकी अंश →


वीरगंजको बहुअरीमा “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन” को तयारी अन्तिम चरणमा

वीरगंज ४ बैशाख । मरकजी जमियते अहले हदीस नेपालको आयोजनामा यहि बैशाख ६ गते देखी वीरगंजको बहुअरीमा “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन” गर्ने भएको छ । सम्मेलन स्थलमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलन संयोजक अजिजुर्रहमान तुरबत मदनीले बैशाख ६,७ र ८ गते तीन दिने सम्मेलनको आयोजना गर्ने र सम्मेलनको तयारी अन्तिम...बाँकी अंश →


वंशजको नागरिकता लिन बिहानैदेखि घुइँचो

भद्रपुर, ४ वैशाख,,  जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका आमा र बाबुका सन्तानलाई वंशजको नागरिकता दिन सर्वोच्च अदालतले मङ्गलबार फैसला गरेपछि आज नागरिकता लिन झापाको जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि घुइँचो लागेको छ । झापा जिल्ला प्रशासन कार्यालयको मूलगेट खुल्नु अगावै बिहान ८ बजेदेखि बाहिर सेवाग्राही लामबद्ध भएका छन् । विसं...बाँकी अंश →


चिलीमा हवाई दुर्घटना, छ जना मारिए

पुर्टोमोन्ट, ४ बैशाख ,, चिलीस्थित आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज स्थानीय समय अनुसार मङ्गलबार बिहान दुर्घटना हुँदा बिमानमा यात्रारत छ जनाको मृत्यु भएको छ । चिली नागरिक उड्डयन प्राधिकरणले आइल्यान्डर बीएन–२बी–२७ सङ्केत रहेको उक्त बिमानमा अरु पनि यात्रु रहेको हुनसक्ने जनाएको छ । पुर्टोमोन्ट शहरका प्रमुख ह्यारी जुर्गेन्सेनले उक्त...बाँकी अंश →


इजिप्टका राष्ट्रपतिको शासन लम्ब्याउन संसदमा मतदान

कायरो, ४ बैशाख ,, इजिप्टको संसदले राष्ट्रपति अब्देल फताह अल–सिसीको शासनकाल सन् २०३० सम्म लम्ब्याउन सक्ने गरी संविधान संशोधन प्रस्ताव पारित गरेको छ । राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार, संसदले देशको सेनालाई मुलुकको राजनीतिक मामिलामा प्रवेश गराउने तथा न्यायपालिकामाथि राष्ट्रपतिले बढी नियन्त्रण गर्न पाउने प्रावधान समेत पारित गरेको छ ।...बाँकी अंश →


हावाहुरी र चट्याङका कारण एकको मृत्यु

गाईघाट, ४ वैशाख ,, गएराति रातभरि आएको भीषण हावाहुरी र चट्याङको कारण उदयपुर जिल्लाको कटारी नगरपालिका–८ बबलामा एकजनाको मृत्यु भएको छ, भने विभिन्न स्थानमा फल लाग्दै गरेको लिची र आँपमा करोडौँको क्षति भएको छ । रातको १० बजेदेखि १२ बजेसम्म दुई घण्टा आएको भीषण हावाहुरी र चट्याङका कारण कटारी नगरपालिका–८...बाँकी अंश →


यमन गृहयुद्धमा साउदी सहभागिता, अमेरिकी राष्ट्रपतिले लगाए भिटो

वासिङ्टन, ४ बैशाख ,, साउदी अरेबीयाको अग्रसरतामा यमनमा भइरहेको सैनिक कारबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदी अरबीयालाई अमेरिकी सैनिक सहयोग रोक्न अमेरिकी संसद कङ्ग्रेसले पारित गरेको प्रस्तावविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकालमा प्रयोग गर्नुभएको यो दोस्रो विशेषाधिकार हो । अमेरिकी...बाँकी अंश →


गृहमन्त्री थापाद्वारा सुरक्षा गोष्ठी उद्घाटन

हेटौँडा, ४ वैशाख,,  गृहमन्त्री रामबहादुर थापाले संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको बताउनुभएको छ । गृहमन्त्रायद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको आज उद्घाटन कार्यक्रममा पत्रकारहरुसँग उहाँले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ...बाँकी अंश →


कुखुरापालकलाई जैविक सुरक्षा सचेतना

काभ्रेपलाञ्चोक, ४ वैशाख,, केन्द्रीय राजधानी काठमाडौँलगायत छिमेकी जिल्ला मकवानपुर र भक्तपुरमा बर्डफ्लुजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रले कुखुरापालक किसानलाई जैविक सुरक्षा (बायो सेक्युरिटी) सचेतना अभियान थालेको छ । प्राविधिक संलग्न सचेतना टोलीले व्यावसायिक कुखुरापालन गर्दै आएका जिल्लाका किसानका फार्ममा पुगेर जैविक–सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै आएको...बाँकी अंश →


एक सय गोही राप्तीमा छाडियो

चितवन, ४ वैशाख ,, चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ । यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ । विगत १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार पटक–पटक...बाँकी अंश →


ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ, ४ वैशाख ,, काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई सबै प्रकारका रोगको निःशुल्क परीक्षण शुरु गरेको छ । कामपाको वडा नं १५ बाट मेयर निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरिएको यस कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई २० प्रतिशतसम्म औषधिमा समेत छुटको व्यवस्था गरी शुरु गरेको जानकारी...बाँकी अंश →


दुर्घटनामा महिलाको मृत्यु

पोखरा, ४ वैशाख,, ट्र्याक्टर दुर्घटनामा परेर मङ्गलबार बेलुकी पोखराको चाउथेमा एक महिलाको मृत्यु भएको छ । पोखराको सोही ठाउँ बस्ने ५५ वर्षीया रमादेवी खड्का ग१त ३१५७ नंको ठक्करबाट गम्भीर घाइते भएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सो ट्र्याक्टरले अर्को ट्र्याक्टरलाई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter