सोलुखुम्बु, ८ वैशाख ,, सगरमाथा सरसफाइ अभियानअन्तर्गत यस क्षेत्रमा सङ्कलन गरिएको एक हजार किलो फोहर काठमाडाँै लगिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौँ र एक हजार किलो फोहर ओखलढुङ्गा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । विभिन्न भागमा वर्गीकरण गरी सङ्कलन...बाँकी अंश →
राष्ट्रिय जनता पार्टी नेपालको तेस्रो वार्षिक समारोह आज मिति २०७५/०१/०७ शनिवारका दिन कालिका स्थानको अमृतभोगमा भेटघाट तथा जलपान कार्यक्रम गरि सम्पन्न भएको हो ।कार्यक्रममा पार्टीका अध्यक्ष मण्डलका संयोजक तथा प्रतिनिधिसभा सदस्य शरत सिह भण्डारी, त्यसतै अध्यक्ष मण्डलका सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र महतो, महन्त ठाकुर, अनिल कुमार झा , राजकिशोर...बाँकी अंश →
धादिङ, ६ वैशाख ,, धादिङवेंशीबाट काठमाडौँतर्फ आउँदैै गरेको यात्रुबाहक बसले आज कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ ससाह चौतारामा एक जनालाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । बा ४ ख ८६६७ न.ं को बसले नीलकण्ठ नगरपालिका–८ निवासी ५० वर्षीय ज्ञानबहादुर दाहालको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...बाँकी अंश →
सुन धितो लिएर चर्को ब्याज असुल्ने पक्राउ घोराही, ६ वैशाख ,, गत असोजमा तुलसीपुरकी १९ वर्षीया विपना रेग्मीले तुलसीपुर उपमहानगरपालिका –६ का तुलसीराम गुप्तालाई आफ्नो भएको सुनको गहना धितो राखेर ऋण लैजानुभयो । उहाँले वार्षिक १५ प्रतिशत ब्याज दिने शर्तमा ६० वर्षीय गुप्तासँग रु ४० हजार ऋण लैजानुभएको थियो ।...बाँकी अंश →
काभ्रेपलाञ्चोक, ६ वैशाख ,, नयाँ शैक्षिक सत्रदेखि तेमाल गाउँपालिकाले निवेदन र सूचना बिना बिदामा बस्ने शिक्षकको तलब कट्टा गर्नेभएको छ । नयाँ शैक्षिक सत्रदेखि यस्तो नियम लागू गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन लामाले बताउनुभयो । उहाँका अनुसार गत शैक्षिक सत्रमा गरिएको अनुगमनका आधारमा यस्तो नियम बनाइएको हो । लामाले भन्नुभयो,...बाँकी अंश →
भरतपुर, ६ वैशाख ,, सामुदायिक विद्यालयको अवस्था निरन्तर खस्ँिकदै गएपछि चितवनको रत्ननगर नगरपालिकाले नगरभित्रका सरकारी शिक्षक र कर्मचारीले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने भन्दै परिपत्र गरेको छ । वैशाख २ गते परिपत्र गर्दै नगरपालिकाले सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधिलगायत सरकारी तलब भत्ता सुविधा लिने सम्पूर्णले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्देशन...बाँकी अंश →
धनगढीमा निर्माणाधीन मोहना–अत्तरिया छ लेन सडकमा फैलिने धुलो र धुवाँले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि सडक आसपासका बासिन्दा आक्रोेशित भएका छन् । सडकबाट उडेको धुलोले छेउछाउका पसल र घरमा बस्नै कठिन भएकाले धनगढी उपमहानगरपालिका–२, ३, १३ लगायतका बासिन्दा वडाका स्थानीयवासी आक्रोेशित भएका हुन् । हिजोआज धनगढीमा गर्मी बढेसँगै दिउँसो...बाँकी अंश →
बेझाड, पाल्पा, ६ वैशाख ,, पाल्पा जिल्लामा एक अस्पताल र अरु नौ वटा स्वास्थ्य चौकीका भवन निर्माणाधीन छन् । चालु आर्थिक वर्षमा दुई वटा स्वास्थ्य चौकीको निर्माण सम्पन्न हुँदैछ । निस्दी गाउँपालिकाको वडा नं ६ अर्चलेमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम लगभग अन्तिम चरणमा पुगेको छ । रु एक करोड...बाँकी अंश →
काठमाडौँ, ६ वैशाख ,, सरकारले आज र भोलि जन्मेको ६ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए, जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदैछ भने ती उमेर समूहका बालबालिकाको पाखुराको नापसमेत लिदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम रहेको छ । सङ्घीयता कार्यान्वयन...बाँकी अंश →
काठमाडौँ, ६ वैशाख ,, सडक कालोपत्र भएको एक वर्षमै गौरीघाट–टुसाल सडकमा खाल्डाखुल्डी हुन थालेको छ । सडक कालोपत्र गर्दा गुणस्तरीय काम नभएकाले एक वर्षमै जीर्ण भएको स्थानीयवासीको गुनासो छ । तोकिएको समयभन्दा बढी समय लगाएर बनेको सडक निर्माण भएको एक वर्षमै जीर्ण बन्दा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या रहेको...बाँकी अंश →
जोहानेसबर्ग, ६ बैशाख ,, दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी अधिकारीहरुले ठूलो वर्षापछि उत्तरी डर्बानको डाङ्गुबो नगरमा स्थानीय समयअनुसार बिहीबार साँझ दुर्घटना भएको बताएका छन् । प्रान्तीय मामिला विभागका प्रवक्ता लेनोक्स माबासोले १३ जनाको मृत्यु भइसकेको...बाँकी अंश →
सिरहाको मिर्चैया नगरपालिकास्थित एक प्लाइउड उद्योग नजीकै ठूलो परिमाणमा प्रतिबन्धित कर्मा जातको गोलिया काठ बरामद गरिएकोे छ । प्लाइउड उद्योगभन्दा एक किलोमिटर दक्षिणमा थुपारेको अवस्थामा वन कर्मचारीको टोलीले करीब २०० क्यू.फिट काठ बरामद गरेको हो । डिभिजन वन कार्यालयबाट जमदार लखन झाको नेतृत्वमा खटिएको टोलीले काठ बरामद गरेको उक्त कार्यालयका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: