२० माघ २०८१

मुख्य खबर

आठौँ खेलकूदको समापन उपराष्ट्रपतिले गर्नुहुने

नेपालगञ्ज, १० वैशाख ,,  आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेहुने भएको छ । प्रतियोगितको भोलि बुधबार भव्य समारोहका बीच नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा उपराष्ट्रपति पुनले समापन गर्ने प्रदेश नं ५ का प्रदेश खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिनुभयो । उहाँका अनुसार समापन समारोहमा फुटबल प्रतियोगितको फाइनल...बाँकी अंश →


मौसम परिवर्तनले बिरामी बढे, औषधि अभाव

बैतडी, १० वैशाख  ,,  मौसममा आएको परिवर्तनसँगै बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । जिल्ला अस्पताल बैतडीमा दैनिक बिरामीको चाप बढ्दै गएको अस्पतालका स्वास्थ्य सहायक खेमराज भट्टले जानकारी दिनुभयो । मौसमी ज्वरो, रुघाखोकी, झाडापखालालगायतका बिरामीको सङ्ख्या बढेको उहाँले बताउनुभयो । यी रोगबाट अन्यको तुलनामा बालबालिका बढी प्रभावित...बाँकी अंश →


शीतभण्डार स्थापना

नवलपरासी, १० वैशाख  ,, समग्र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सहीमा शीतभण्डार स्थापना गर्ने कामको शुरुआत भएको छ । स्थानीय तहको २५ प्रतिशत रु एक करोड २५ लाख र बाँकी ७५ प्रतिशत रकम प्रदेश सरकारको लगानीमा शीतभण्डार स्थापनाका लागि काम अघि बढाइएको हो । पाँच सय...बाँकी अंश →


विप्लव समूहका जिल्ला जनपरिषद् प्रमुखसहित दुई पक्राउ

गोरखा १०, वैशाख ,,  नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन् । प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ ।...बाँकी अंश →


आगलागीबाट इलेक्ट्रोनिक्स पसल ध्वस्त

राँझा, १० वैशाख ,, नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल गए राति आगलागीबाट ध्वस्त भएको छ । धु्रव दाहालले सञ्चालन गरेको सौगात इलेक्ट्रोनिक्समा आगलागी भएको हो । कोही नभएको बेलामा भएको आगलागीबाट पसलमा रहेको एलइडी टिभी, फ्रिजलगायतका सामग्री जलेर ध्वस्त भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । उहाँले विद्युत्...बाँकी अंश →


रात्रिबस दुर्घटनामा ६ घाइते

दमौली, १० वैशाख ,,  सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा छ घाइते भएका छन् । ना५ख ५३३० नंको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा छ यात्रु घाइते भएका हुन् । घाइते हुनेमा भारत उत्तर प्रदेश घर भई हाल बागलुङ...बाँकी अंश →


कर्मचारी अभावका कारण काममा समस्याः मुख्यमन्त्री पौडेल

हेटौँडा, ८ वैशाख ,,  प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावका कारण प्रदेश र स्थानीय सरकारले काम गर्न नसकेको बताउनुभएको छ । प्रशासकीय अदालत र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति काठमाडौँद्वारा आज यहाँ आयोजित “प्रशासकीय न्याय र सेवा प्रवाह” विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “कर्मचारीका अभावका...बाँकी अंश →


कैदीको रगतले सुत्केरीको ज्यान बच्यो

सल्यानमा कैदीले दान दिएको रगतबाट एक सुत्केरीको ज्यान जोगाइएकोे छ । रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–७की २१ वर्षीया मनिषा केसी ओलीको यहाँस्थित जिल्ला अस्पतालमा उपचारको समयमा रगत अभाव भएपछि कैदी पूजा घर्तीले रक्तदान गर्नुभएको हो । “अस्पतालमा रगत अभावका कारण सुत्केरीको उपचार हुन समस्या भएको समाचार सुनेपछि मैले रक्तदान गरेकी हूँ,...बाँकी अंश →


नेकपाः पार्टी एकताका बाँकी काम अन्तिम निष्कर्षमा

काठमाडौँ, ८ वैशाख ,,  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेकपा एकताका बाँकी काम अन्तिम निष्कर्षमा पुग्न लागेको बताउनुभएको छ । नेकपाको ७० आँै स्थापना दिवसका अवसरमा प्रदेश नं ३ सङ्गठन कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “आज साँझ बस्ने पार्टी सचिवालय बैठकले पार्टी...बाँकी अंश →


सहकारीको भूमिका महत्वपूर्ण : प्रचण्ड

चितवन, ८ वैशाख  ,,पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादोन्मुख राज्यका निम्ति सहकारीको भूमिका बढाउनुपर्ने बताउनुभएको छ । जिल्ला सहकारी सङ्घ चितवनले यहाँ निर्माण गरेको साझा पेट्रोल पम्पको आज उद्घाटन कार्यक्रममा उहाँले समुदायमा सहकारीले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । तीन खम्बे...बाँकी अंश →


दुर्घटनामा दुईको मृत्यु

धादिङ, ८ वैशाख ,, पृथ्वीराजमार्गको नौबिसे मुग्लिन सडकखण्डअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । काठमाडौँबाट मनकामना दर्शनका लागि जाँदै गरेको ना ४ ख १४१५ नम्बरको बस उछिन्ने क्रममा सडकबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा मृत्यु हुनेमा दोलखाका हरिवंश केशीर र सोहि...बाँकी अंश →


मृत्यु भएकाको नामबाट समेत सामाजिक सुरक्षाभत्तामा

सरकारले नागरिकलाई उपलब्ध गराएको सामाजिक सुरक्षाभत्तामा अनियमितता रहेको पाइएको छ । स्थानीय तहले नामै नभएका, मृत्यु भइसकेका तथा कुनै विवरण नै नभएकालाई समेत सामाजिक सुरक्षा भत्ताका नाममा रकम खर्च उपलब्ध गराएको पाइएको हो । महालेखापरीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको मूल अभिलेख नभएको, भरपाई परीक्षण गर्दा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter