११ माघ २०८१

अन्तराष्ट्रिय समाचार

रुसी राष्ट्रपति पुटिन चीनमा, राष्ट्रपति सिसँग भेटवार्ता हुने

बेइजिङ, २५ जेठ (रासस÷एएफपी) ः चिनियाँ राष्ट्रपति सि चिनफिङ र उहाँका रुसी समकक्षी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार भेटवार्ता हुने भएको छ । शुक्रबारै रुसी राष्ट्रपति पुटिन बेइजिङ पग्नुभएको हो । दुई नेताबीच अमेरिकासँगको कूटनीतिक सम्बन्ध र आर्थिका चुनौतिको विषयमा वार्ता हुनसक्ने अनुमान गरिएको छ । यद्यपि सो भेटवार्तामा हुने...बाँकी अंश →


उत्तरपूर्वी सिरियामा भएको हमलामा ३८ सर्वसाधारण मारिए

बेरुत, २५ जेठ (रासस÷एएफपी) ः उत्तरपश्चिमी सिरियाको एक आवासीय क्षेत्रमा रुसआवद्ध हवाई कारबाहीमा परी कम्तीमा ३८ सर्वसाधारण मारिएका छन् । बेलायल आवद्ध मानवअधिकारीवादी संस्थाले शुक्रबार सो जानकारी दिएको छ । बिहीबार अवेर राति भएको उक्त कारबाहीमा परी पाँच बालबालिकासहित ३८ व्यक्तिले ज्यान गुमाएका छन् । आक्रमणबाट क्षतविक्षत भएको संरचनाको थुप्रोबाट...बाँकी अंश →


राष्ट्रपति ट्रम्प क्यानाडाबाटै सिङ्गापुर जाने

वासिङटन, २५ जेठ (रासस÷सिन्ह्वा) ः अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जानुहुने बिहीबार ह्वाइट हाउसले जानकारी दिएको छ । क्यानाडामा हुन गइरहेको जि७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान लाग्नुभएका राष्ट्रपति ट्रम्प सिधै त्यहाँबाट सिङ्गापुर जान लाग्नु भएको हो । उत्तर कोरियाली नेता किम जोङ उनसँग अर्काे हप्ताको...बाँकी अंश →


ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने ९९ पुगे

आलोटेनाङ्गो, ग्वाटेमाला, २४ जेठ (रासस÷एएफपी) ः ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बिहीबार बिहानसम्म ९९ पुगेको समाचार छ । बुधबार राति थप व्यक्तिहरुको शव प्राप्त भएपछि उक्त प्राकृतिक प्रकोपमा परी ज्यान जानेको सङ्ख्या ९९ पुगेको बिहीबार जानकारी दिइएको छ । यस प्रकोपको कारण अझै पनि करिब १९८...बाँकी अंश →


शिखर वार्ताअघि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

वासिङ्टन, २४ जेठ (रासस÷एएफपी) ः यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता अघि जापानी प्रधानमन्त्री सिन्जो आबे बिहीबार अमेरिका जान लाग्नुभएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा जापानी प्रधानमन्त्री आबे अमेरिका जान लाग्नुभएको समाचारमा जनाइएको छ । उक्त शिखर वार्ताको ६...बाँकी अंश →


‘नाकाबन्दीले कतार कमजोर होइन, झन् बलियो’

एजेन्सी / दोहा कतारका विदेशमन्त्री मोहम्मद विन अब्दुल्लाह रहमान अल थानीले आफ्ना विरुद्धमा छिमेकी देशले नाकाबन्दी लगाएर संकट सिर्जना गर्न खोजेपनि कतार कमजोर नभएको बरु झन बलियो भएको बताएका छन् ।   खाडी राष्ट्र कतारविरुद्ध साउदी अरब, यूएई, बहराइन, इजिप्टलगायतका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । यसलाई खाडी...बाँकी अंश →


ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने ७५ पुगे

आलोटेनाङ्गो, ग्वाटेमाला, २३ जेठ (रासस÷एएफपी) ः ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बुधबार बिहानसम्म ७५ पुगेको समाचार छ । यस प्रकोपको कारण अझै पनि करिब २०० व्यक्ति वेपत्ता रहेका उद्धारमा खटिरहेका अधिकारीले जानकारी दिएका छन् । राजधानी शहरनजिकैको एक स्थानमा भएको यो ज्वालामूखी विस्फोट एक शताब्दियता कै...बाँकी अंश →


‘‘माफी आवश्यक छैन तर म आफैँलाई माफी दिन सक्छु,’’

अन्तरराष्ट्रिय आलेख सेवा –एरिक टकर वासिङटन, २३ जेठ (रासस÷एपी) ः राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग आफैँलाई माफी दिने पूर्णअधिकार भएको दाबी गर्नुभएको छ । यो कार्यकारी अधिकारीको असाधारण उन्मुक्त दृष्टिकोण हो, जुन अधिक मात्रामा अदालतमा परीक्षण भएको छैन । यसले हाल उहाँमाथि अनुसन्धान गरिरहेका अभियोक्तासँग उहाँको सङ्घर्षलाई अझै लम्ब्याउन सक्ने सङ्केत...बाँकी अंश →


कतार संकटको एक वर्ष, कतारका विदेशमन्त्रीद्वारा वार्ताका लागि आह्वान

दोहा, २३ जेठ (रासस÷एएफपी) ः कतारका विदेशमन्त्री मोहम्मद विन अब्दुल्लाहरहमान अल थानीले आफ्ना विरुद्धमा छिमेकी देशहरुले नाकाबन्दी लगाएर संकट सिर्जना गर्न खोजेपनि कतार कमजोर नभएको बरु झन बलियो भएको बताउनुभएको छ । कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । यसलाई खाडी क्षेत्रमा...बाँकी अंश →


इन्धनको मुल्य वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत

दुबई, संयुक्त अरब इमिरेट्स, २२ जेठ (रासस÷एएफपी) ः इन्धनको मुल्यमा भएको वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ । आर्थिक विश्लेषकहरूले बताएअनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटबाट आर्थिक मन्दीको सामना गर्नु परेको साउदी अरबलाई इन्धनमा गरिएको मूल्यवृद्धिबाट सन् २०१८ को पहिलो चार महिनामा राहत मिलेको छ । पूँजी विश्लेषकहरूको...बाँकी अंश →


सिरियामा अमेरिकी नेतृत्वमा हवाई कारबाही

दमासकस, २२ जेठ (रासस÷एएफपी) ः अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार हवाई कारबाही गरेको समाचार छ । त्यस आक्रमणमा परी केही सर्वसाधारण तथा विद्रोहीको पनि मृत्यु भएको जनाइएको छ । लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी मध्याह्न हवाई आक्रमण सुरु भएको हो । सिरियाली सरकारी...बाँकी अंश →


ट्रम्प र किमका केही समानता र असमानता

सोल, २२ जेठ (रासस÷एएफपी) ः अगामी हप्ता सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच वार्ता हुने भएको छ । यसलाई शिखर वार्ता वा ‘समिट’ नाम दिइएको छ । यो शिखर वार्तालाई विश्वको राजनीतिक इतिहासमा नै एक असम्भव कूटनीतिक बैठक वा सम्मेलनको रुपमा पनि लिइएको छ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter