११ माघ २०८१

अन्तराष्ट्रिय समाचार

बर्षाका कारण भारतमा ७९ जनाको मृत्यु

नयाँदिल्ली, २८ जेठ (रासस÷सिन्ह्वा) ः भारतका विभिन्न ठाँउमा अत्यधिक बर्षाका कारण भएका घटनामा परी विगत दुई दिनमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये १६ जनाको भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । “भारी बर्षाका कारण गत दुई दिनमा यस राज्यका...बाँकी अंश →


शिखर वार्ताका लागि ट्रम्प र किम सिङ्गापुरमा

विश्व समुदाय भन्छ— सकारात्मक प्रयास सिङ्गापुर, २८ जेठ (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन विश्वको सर्वाधिक चासो रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार सिङ्गापुर पुग्नुभएको छ । उहाँहरु दुवैजना आइतबार सिङ्गापुर पुगेको समाचार विश्वका सञ्चारमाध्यमहरुको प्रमुख समाचार बनेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले...बाँकी अंश →


युद्धविरामपछि पनि आक्रमणमा १८ को मृत्यु

नयाँदिल्ली, २७ जेठ (रासस÷सिन्ह्वा) ः मुस्लीम समुदायको महत्वपूर्ण पर्व रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएपनि आक्रमण र हिंसाका घटना भइरहेका छन् । भारत नियन्त्रित काश्मिरमा गोली लागेर पाँच जना लडाकू मारिएको भारतीय सेनाले आइतबार जनाएको छ । युद्धविराम घोषणा भएपछिको यो चौथो घटना हो । यसक्रममा कम्तीमा १६ जना लडाकू मारिएका...बाँकी अंश →


रोनाल्डोसहितको पोर्चुगल टोली रुस पुग्यो

मस्को, २७ जेठ (रासस÷एएफपी) ः विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन् । पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप प्रतियोगितामा सहभागी हुन शनिबार रुस आइपुगेको समाचारमा जनाइएको छ । युरोपियन च्याम्पीयन बनेको उनको टोलीले विश्वकपको सुरुमा स्पेन विरुद्ध यही जुन १५ मा खेल्ने कार्यक्रम रहेको छ...बाँकी अंश →


ट्रम्पले चाहे पुटिन जुनसुकै बेला भेट्न तयार

मस्को, २७ जेठ (रासस÷एएफपी) ः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताउनुभएको छ । अमेरिकाले चाहेमा म जुनसुकै बेला पनि भेट्न तयार छु, आइतबार उहाँले भन्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्तागर्न आफू तयार रहेको उहाँले आइतबार जानकारी दिनुभएको रुसी...बाँकी अंश →


शिखर वार्ताका लागि राष्ट्रपति ट्रम्प र सर्वाेच्च नेता किम आइतबार सिङ्गापुर पुग्दै

सिङ्गापुर, २७ जेठ (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुग्दै हुनुहुन्छ । अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी रहेको जी सेभेन समूहको बैठकका लागि शनिबार नै क्यानाडा पुग्नुभएको छ । उहाँ त्यतैबाट आइतबार सिङ्गापुर जाने तयारीमा हुनुहुन्छ । राष्ट्रपति ट्रम्पले आफ्नो...बाँकी अंश →


जि सेभेन को विज्ञप्ति अनुमोदन नगर्नु– राष्ट्रपति ट्रम्प

वासिङ्टन, २७ जेठ (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा जारी रहेको ठूला औद्योगिक राष्ट्रहरुको समूह जि सेभेन को सम्मेलनले निकालेको निष्कर्ष र त्यसपछि जारी हुने संयुक्त विज्ञप्ति अनुमोदन नगर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो– हामीले उक्त सम्मेलनको निष्कर्ष स्वीकार गर्न सक्दैनौँ र त्यस सम्मेलनपछि जारी गर्ने भनिएको संयुक्त प्रेस...बाँकी अंश →


नेपाली मुस्लिम समाज कतार को इफ्तार कार्यक्रम

केयर खबर :२७ जेठ नेपाली मुस्लिम समाज कतार र यहाँका सक्रिय् जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा दशौं ब्रिहत इफ्तार कार्यक्रम संस्थाका अध्यक्ष जनाव मो. ई अयुब हक को सभापतित्वमा गत शुक्रबार ८ जुन भब्य्ताका साथ सम्पन्न भयो । ५०० जना भन्दा बेसी रोजेदारको बाक्लो शाहभागीता रहेको यस कार्यक्रमका प्रमूख अतिथी नेपाल...बाँकी अंश →


जापानी युवराज दम्पत्तिले वैवाहिक रजत वर्ष मनाउँदै

टोकियो, २६ जेठ (रासस÷एएफपी) ः जापानका युवराजको वैवाहिक जिवनको रजत महोत्सव शनिबार देशभर भव्यताका साथ मनाइएको समाचार छ । जापानी राजकीय संस्कारअनुसार जापानी राजा अकिहितोले अर्को वर्ष आफ्ना पिताबाट राजाको रुपमा उत्तराधिकारी प्राप्त गर्दै हुनुहुन्छ । युवराज नारुहितोलाई आउदो मे महिनामा राजाले राजगद्दी हस्तान्तरण गर्ने तय भएको समाचारमा जनाइएको छ...बाँकी अंश →


(रासस अन्तर्राष्ट्रिय आलेख सेवा) सबैका आँखा सिङ्गापुरतिर

काठमाडौँ, २६ जेठ (रासस) ः शुक्रबार क्यानाडाका लागि प्रस्थान गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्रकारहरुले ह्वाइट हाउसमा सोधे— तपाईँको सिङ्गापुर बसाई कति लामो हुन्छ ? राष्ट्रपति ट्रम्पको जवाफ थियो— किमसँगको वार्ता कस्तो हुन्छ, त्यसमा भरपर्छ । राष्ट्रपति ट्रम्प जि७ को बैठकका लागि शुक्रबार क्यानाडा जाने तयारीमा हुनुहुन्थ्यो । उहाँ त्यतैबाट...बाँकी अंश →


चीनको भूमिका महत्वपूर्ण ः अमेरिकी विदेशमन्त्री

वासिङ्टन, २६ जेठ (रासस÷सिन्ह्वा) ः अमेरिकी विदेशमन्त्री माइक पेम्पेओले कोरियाली प्रायद्धीपको विषयमा चीनको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । केही विदेशी सञ्चारमाध्यमलाई दिनुभएको अन्तरवार्तामा उहाँले भन्नुभएको छ— यस विषयमा चीनको भूमिका महत्वपूर्ण हुनेछ, उसले खेल्ने भूमिकाको बारेमा हामीले प्रसस्त मात्रामा कुरा गर्ने सक्नेछौँ । अमेरिका र उत्तर कोरियाबीच आगामी मङ्गलबार...बाँकी अंश →


शंकास्पद रूसी हवाई आक्रमणबाट सिरियामा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

बेरुत, २५ जेठ (रासस÷एएफपी) ः विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी जनाको मृत्यु हुनेको सङ्ख्या ४४ पुगेकोे छ । आक्रमणमा कैयौँ नागरिक सख्त घाइते भएको बताउँदै मृतक सङ्ख्यामा केही वृद्धि हुनसक्ने बताइएको छ । शंकास्पद रूसी सेनाले गरेको आक्रमणमा परी ती नागरिकहरूको मृत्यु भएको बेलायतमा कार्यालय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter