११ माघ २०८१

अन्तराष्ट्रिय समाचार

कोलकातामा नेपालको ‘उपियाँ’ मञ्चन हुने

काठमाडौँ, ३१ जेठ (रासस) ः भारतको पश्चिम बंगाल राज्यको कोलकातामा ‘अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’मा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठद्वारा लिखित तथा निर्देशित नाटक ‘उपियाँ’ निवन्ध मञ्चन हुने भएको छ । उक्त नाटक आगामी असार चार गते कोलकातास्थित ‘पश्चिम बंगाल एकेडेमी अफ फाइन आर्ट’को हलमा मञ्चन हुनेछ । कोलकातामा प्रेरणा विद्याश्रमका...बाँकी अंश →


निशस्त्रीकरणको काम छिट्टै हुने अपेक्षा छ– अमेरिकी विदेशमन्त्री

सोल, ३१ जेठ (रासस÷एएफपी) ः अमेरिकी विदेशमन्त्री माइक पम्पेओले उत्तर कोरियाले निशस्त्रीकरणको काम छिट्टै सम्पन्न गर्ने अपेक्षा अमेरिकाले गरेको जानकारी दिनुभएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएका विदेशमन्त्री पम्पेओले भन्नुभयो– यो कुरा दक्षिण कोरियाली नेता किम जोङ उनलाई पनि थाहा छ, यो काम जतिसक्दो चाँडै हुनेछ । अमेरिका...बाँकी अंश →


माल्दीभ्सका पूर्वनेतालाई १९ महिना जेल सजाय

माले, ३० जेठ (रासस÷एएफपी) ः माल्दीभ्सको एउटा अदालतले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ । आतंकवादलाई सहयोग गरेको आरोप लागेका ८० वर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार १९ महिना जेल बस्नु पर्नेछ । गयुमसँगै प्रधानन्यायाधीश अब्दुल्ला साइद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलाई पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिइएको...बाँकी अंश →


युद्ध रोक्न कास्मिरका मुख्य मन्त्रीको आह्वान

नयाँदिल्ली, ३० जेठ (रासस÷सिन्ह्वा) ः भारत नियन्त्रित कास्मिर प्रदेशका मुख्य मन्त्री मेहबुब मुफ्तीले भारत र पाकिस्तानको सीमा क्षेत्रमा भइरहेको द्वन्द्वको अन्त्य गर्न आह्वान गर्नुभएको छ । द्वन्द्वग्रस्त क्षेत्र र द्वन्द्वमा संलग्नहरूको जीवन र सम्पत्ति जोगाउनका लागि आपसी लडाई अन्त्य गर्नुपर्ने मुख्य मन्त्रीको भनाई छ । मुस्लीम समुदायको महान पर्व इदको...बाँकी अंश →


युगाण्डामा भएको सडक दुर्घटनामा ११ को मृत्यु

कम्पला, ३० जेठ (रासस÷सिन्ह्वा) ः युगाण्डामा बुधबार राति भएको बस दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । युगाण्डाको किर्यान्डोङगो जिल्लामा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् । यहाँको एक स्थानीय प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । घटनामा परी...बाँकी अंश →


सिङ्गापुर वार्ताबारे दक्षिण कोरियाली अखबारमा आशावादी शीर्षक

काठमाडौँ, ३० जेठ (रासस÷एएफपी) ः सिङ्गापुरमा मङ्गलबार सम्पन्न अमेरिका र उत्तर कोरिया शिखर वार्ताप्रति दक्षिण कोरियाली अखबारहरु आशावादी देखिएको समाचार छ । दक्षिण कोरियाली प्रमुख दैनिक पत्रपत्रिकाहरुले सिङ्गापुरमा सम्पन्न वार्ता र त्यसमा भएका सहमतिको कार्यान्वयन हुने अपेक्षा गरेका छन् । ती पत्रिकाहरुमा बुधबार छापिएका शीर्षकहरुले सो वार्ताको प्रशंसा गर्दै त्यसमा...बाँकी अंश →


शिखर बैठकमा किमको प्रदर्शनबाट उत्तर कोरियामा खुशीयाली

प्योङयाङ, ३१ जेठ (एपी÷रासस) – उत्तर कोरियाको सत्तारुढ वर्कर्स् पार्टीको मुखपत्रको पहिलो पृष्ठमा नेताका लस्करै तस्वीर कुनै दिन छापिएलान् भन्ने एक दुई महिना अघिसम्म पनि सायदै कसैले अड्कल गरेका थिए । कल्पनै नगरेको कुरा, उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोशिलो किसिमले हात मिलाएका तस्वीरले...बाँकी अंश →


ट्रम्प–किम सम्मेलन अनुमान गरिएभन्दा सफल ः ट्रम्प

सिङ्गापुर, २९ जेठ (रासस÷सिन्ह्वा) ः अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले प्योङयाङलाई सुरक्षा प्रत्याभूत गराएको बदलामा पूर्ण परमाणु–निरस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने एउटा संयुक्त सहमतिमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले हस्ताक्षर गनुभएको छ । सहमतिपत्रले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयाँ सम्बन्ध विस्तार, स्थायी शान्ति,...बाँकी अंश →


कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरणका लागि ट्रम्प किम सम्मेलन ‘कोशेढुङ्गा’ ः राष्ट्रसंघ प्रमुख

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, २९ जेठ (रासस÷एएफपी) ः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको शिखर सम्मेलनको स्वागत गर्नुभएको छ । उहाँले सम्मेलन कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्नका लागि कोशेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो । महासचिव गुथ्रेसले...बाँकी अंश →


पहिरोमा परी तेह्रको मृत्यु

ढाका, २९ जेठ (रासस÷सिन्ह्वा) ः दक्षिणपश्चिमी बङ्गलादेशको दुई वटा जिल्लामा भारी वर्षापछि गएको पहिरो परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । मङ्गलबार बिहान सबेरै दक्षिणपश्चिमी बङ्गलादेशका दुईवटा जिल्ला यो प्रकोप सुरु भएको प्रहरी अधिकारीहरुले बताएका छन । पहिरोमा परी ढाकाबाट २९२ किलोमिटर टाढा रहेको रनगामती जिल्लामा ११ व्यक्तिको मृत्यु...बाँकी अंश →


सिङ्गापुर वार्तामा धेरै प्रगति भयो– राष्ट्रपति ट्रम्प

सिङ्गापुर, २९ जेठ (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको विश्वले नै तीब्र रुपमा प्रतिक्षा गरेको शिखर वार्ता मङ्गलबार बिहान सिङ्गापुरमा सम्पन्न भएको छ । उहाँहरु दुवै जनाबीच अनुवादक मात्र राखेर सिङ्गापुरको एक होटलमा एक्लाएक्लै गरिएको सो वार्ता निकै सकारात्मक रुपमा सम्पन्न भएको अमेरिकी...बाँकी अंश →


ट्रम्प मङ्गलबार नै अमेरिका फर्कने

सिंगापुर, २८ जेठ (रासस÷एएफपी) ः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किनुहुने भएको छ । अपेक्षा गरिएभन्दा चाडो उहाँ वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ । ट्रम्प र किमबीच मङ्गलबार सिंगापुरमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter