१३ फागुन २०८१

अन्तराष्ट्रिय समाचार

एसियाली खेलका लागि दुई कोरियाको संयुक्त टोली बन्ने

सोल, ४ असार (रासस÷सिन्ह्वा) ः दक्षिण कोरिया र उत्तर कोरियाले आउदो एसियन खेलकुद प्रतियोगिताका लागि खेलाडीहरुको संयुक्त टोली बनाउने भएका छन् । आउँदो अगष्टमा इन्डोनेसियामा हुने प्रतियोगिताका विविध खेलहरु मध्ये केही खेलहरुमा उनीहरुले संयुक्त टोली बनाउने सहमति सोमबार गरेका हुन् । दुई देशका खेलकुद सम्बन्धी निकायका उच्च अधिकारीहरुको संयुक्त बैठकले...बाँकी अंश →


अमेरिकाको विश्वप्रख्यात गुप्तचर संस्था CIA द्वारा भारतका BJP समर्थक विश्व हिन्दु परिषद तथा बजरंग दल लाई आफ्नो World Fact Book मा धार्मिक आतंककारी संगठनको संज्ञा ।

CIA ले आफ्नो World Fact Book को हालैको संस्करणमा भारतको विश्व हिन्दु परिषद र बजरंग दल लाइ "राजनैतिक दबाब समूह" अन्तर्गत वर्गीकृत गरेको छ, जसका नेताहरु राजनीतिमा संलग्न छन् वा राजनीतिक दबाब दिन्छन्, तर चुनावको लागि खडा हुदैनन् । सीआईएले वार्षिक रूपमा विश्व तथ्याङ्क पुस्तिका प्रकाशित गर्दछ जसले विश्वका अन्य...बाँकी अंश →


ट्रम्प र पुटिनबीच जुलाईमा भेटवार्ता हुनसक्ने

वासिङटन, संयुक्त राज्य अमेरिका, ३ असार (रासस÷एएनआई) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी जुलाईमा यूरोपमा भेटवार्ता हुनसक्ने बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को आगामी जुलाई ११ र १२ गते हुने भनिएको सम्मेलनमा सहभागी हुन यूरोप आएका समय रूसी...बाँकी अंश →


कतारमा वृहत ईद मिलन कार्यक्रम सम्पन्न

करिम बक्स मियाँ ०३ असाढ/दोहा मुस्लिम समुदायको पर्वको अवसर पारेर कतारमा वृहत ईद मिलन कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज,कतारद्वारा कार्यक्रम आयोजना गरिएको हो। राष्ट्रिय मुस्लिम संघर्ष गठवन्धनका केन्द्रीय अध्यक्ष समिम मियाँ अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न ईद मिलन समारोहमा नेपाली राजदूताबास कतारका राजदुत प्रोफेसर रमेशप्रसाद कोइरालाको विशिष्ठ उपस्थिति...बाँकी अंश →


भारतको नयादिल्लीमा संवैधानिक संकट , आम आदमी पार्टीको लामो जुलुस प्रदर्शन

नयाँ दिल्ली: मुख्यमंत्री अरविन्द केजरीवाल दिल्ली को आईएएस अफसरहरु को स्ट्राइकका कारण  7 दिन देखि  एलजी हाउस मा धरनामा बसेका छन  र आज आम पार्टी पार्टी ले  PM हाउस को घेराव कालागी मांडी हाउस देखि लामो मार्च शुरू गर्यो। यसबाहेक, आईएस एसोसिएशनले बयान जारी गरेका अनुसार  उनीहरूले ईमानदारीसाथ काम गरिरहेका...बाँकी अंश →


कम्बोडियाली राजकुमार सडक दुर्घटनामा घाइते

नोम्पेन्ह, ३ असार (रासस÷सिन्ह्वा) ः कम्बोडियाली राजकुमार नोरोडन रानारिध र उहाँकी श्रीमती आइतबार बिहान सडक दुर्घटनामा परी घाइते हुनुभएको समाचार छ । उहाँहरुलाई विपरीत दिशाबाट आएको ट्याक्सीले धक्का दिएको बताइएको छ । उहाँहरुको अवस्था गम्भीर नरहेको र उपचाररत रहनुभएको स्वास्थ्य अधिकारीले जनाएका छन् । उहाँहरु कम्बोडियाको दक्षिणपश्चिमी पेराह सिंहानुक प्रान्तको...बाँकी अंश →


विद्यालयको कार्यक्रममा भागदौड हुदा १७ को मृत्यु

कराकस, ३ असार (रासस÷एएफपी) ः भेनेजुएलाको राजधानी कराकस नजिकैको एक माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्थानीय क्लबमा आयोजना गरेको खानपिन र सांस्कृतिक कार्यक्रमा अकस्मात एक युवकले अश्रुग्यास हानेपछि भएको भागदौडमा १७ जना मारिएका छन् । शनिबार सो दुर्घटना भएको थियो । आफ्नो परीक्षा सकिएको अवसरमा ती विद्यार्थीले उक्त क्लबमा खानपिनको आयोजना गरेका...बाँकी अंश →


तालिवान समूहको आक्रमणबाट २० अफगानी सर्वसाधारणको मृत्यु

जलालावाद, अफगानिस्तान, २ असार (रासस÷एएफपी) ः अफगानिस्तानमा तालीवान समूह, सुरक्षा बल र नागरिकहरूले अभूतपूर्व युद्धविरामको अनुभव गरिरहेका समय एक जना आत्मघाति आक्रमणकारीले वम विष्फोट गराउँदा शनिबार २० जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् । घटनामा कम्तीमा १६ जना घाइते भएका छन् । पूर्वी नानगाहर प्रान्तको रोदात जिल्लामा भएको घटनामा...बाँकी अंश →


यमनका लागि राष्ट्रसंघका राजदूत आपतकालीन वार्ताका लागि होडैडामा

साना, यमन, २ असार (रासस÷एएफपी) ः यमनका लागि राष्ट्रसंघका राजदूत आपतकालीन वार्ताका लागि विद्रोही नियन्त्रित यमनी राजधानी सानामा शनिबार आइपुग्नुभएको छ । क्षेत्रीय गठबन्धनसँग सँघर्ष गरिरहेका विद्रोही लडाकूसँग यमनमा मानवीय सहायताका लागि होडैडाको प्रमुख बन्दरगाहमा थप लडाइँ नहोस भन्नका लागि यमनका लागि राष्ट्रसंघका राजदूत ग्रीफीत साना पुग्नुभएको हो । ग्रीफीतले...बाँकी अंश →


ट्रम्पका निर्वाचन अभियानका पूर्व अध्यक्ष मानाफोर्ट नजरबन्दमा

वासिङ्टन डि सी, संयुक्त राज्य अमेरिका, २ असार (रासस÷एएनआई) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपतीय निर्वाचन अभियानका पूर्व अध्यक्ष पाउल मानाफोर्टले साक्षीहरूलाई प्रभावित तुल्याउन खोजेको आरोपमा नजरबन्दमा राख्न संघीय अदालतले आदेश दिएको छ । वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश बर्मन ज्याकसनले मानाफोर्टलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उहाँ अलेक्सान्ड्रिया,...बाँकी अंश →


नाकाबन्दी भएको कतारमा अर्को विश्वकप होला कि नहोला

काठमाडौँ, २ असार (रासस) ः विश्वको ध्यान अहिले केही दिनअघि सुरु भएको विश्वकप फुटबल प्रतियोगितातर्फ तानिएको छ । पहिलो पटक विश्वकप आयोजना गरेको रुसले यही जुन १४ अर्थात् जेठ ३१ देखि एक महिनासम्म हुने फुटबल महासंग्रामलाई भव्य र अविश्मरणीय बनाउन अनेक उपाय गरेको छ । फिफा विश्वकपको २१औँ संस्करणको व्यग्र...बाँकी अंश →


एक अमेरिकी महिलालाई २५ वर्ष जेल

फोनिक्स, संयुक्त राज्य अमेरिका ,२ असार (रासस÷सिन्ह्वा) ः एकजना अमेरिकी महिलालाई एक चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि एकजना चिनियाँ विद्यार्थीको हत्या गरेको आरोप छ । अमेरिकाको एरिजोना राज्यकी ती महिलालाई क्षमा दिन नमिल्ने र २५ वर्ष अघि उनको कारबाही घटाउन पनि नमिल्नेगरी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter