द हेग, १२ भदौ ,, संयुक्तराज्य अमेरिकाले इरानका विरुद्धमा पछिल्लोपटक लगाएको प्रतिबन्ध पक्षपातपूृर्ण रहेको भन्दै राष्ट्रसंघको उच्च अदालतमा इरानले गरेको उजूरीमाथि सुनुवाई शुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन साताअघि इरानमाथि एकपक्षीय कडा प्रतिबन्धहरुको घोषणा गर्नुभएको थियो । सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट अमेरिका अलग भएको...बाँकी अंश →
रामल्ला, प्यालेस्टाइन, १० भदौ ,, अमेरिकालाई प्यालेस्टिनी शरणार्थीको बिषयमा हस्तक्षेप नगर्न प्यालेष्टिनी दुई उच्च अधिकारीले आइतबार चेतावनी दिएका छन् । अमेरिकी सरकारले लाखौँ प्यालेस्टिनी शरणार्थी घर फर्किन पाउने अधिकारलाई अस्वीकार गरेको भन्ने इजरायली सञ्चारमाध्यममा खबर आएको एक दिनपछि प्यालेस्टाइन लिवरेसन अर्गनाइजेसन (पिएलओ)का कार्यकारी समिति सदस्य वासेल अबु यूसेफ तथा अहमद...बाँकी अंश →
टोक्यो, १० भदौ ,, जापानका प्रधानमन्त्री सिन्जो आबेले सत्तारुढ पार्टीको नेतृत्वको चुनावमा पुनः उम्मेदवार हुने आइतबार घोषणा गर्नुभएको छ । पार्टी नेतृत्वमा विजयी भएमा उहाँ जापानको इतिहासमा सबैभन्दा लामो अवधिसम्म प्रधानमन्त्रीको पदमा रहनुहुनेछ । आबेले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को प्रमुखमा सहजै पुनः विजयी हुने अपेक्षा गरिएको छ किनभने उहाँको...बाँकी अंश →
तेहरान, १० भदौ ,, अर्थतन्त्रमा एकपछि अर्को सङ्कट खेप्नु परेको इरानको संसदले अर्थमन्त्री मसूद कार्बासिएनलाई अर्थतन्त्र खस्किदै गएको भन्दै आइतबार अभियोग लगाएको छ । कार्बासिएनलाई अभियोग लगाउने प्रस्तावमाथि संसदमा भएको मतदानमा प्रस्तावको पक्षमा १३७ जना र विपक्षमा १२१ जनाले मतदान गरेका थिए भने दुई जना अनुपस्थित भएका थिए । राष्ट्रपति...बाँकी अंश →
काबुल, १० भदौ ,, अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले गृहमन्त्री, रक्षामन्त्री र गुप्तचर निकायका प्रमुखले दिएको राजीनामा आइतबार अस्वीकृत गर्नुभएको छ । मुलुकमा पछिल्लो समय छापामार आक्रमण बढेसँगै सरकारको व्यापक आलोचना भइरहेको बेला उनीहरुले राजीनामा दिएका थिए । शनिबार राजीनामा दिनेहरुमा रक्षामन्त्री तारिक शाह बाहरामी, गृहमन्त्री वाइस अहमद बार्माक र...बाँकी अंश →
वासिङ्टन, १० भदौ ,, अमेरिकाको राष्ट्रपतीय उम्मेदवार रहिसकेका चर्चित राजनीतिज्ञ सिनेटर जोन म्याक्केनको मस्तिष्क क्यान्सरका कारण शनिबार निधन भएको छ । उहाँ ८१ वर्षका हुनुहुन्थ्यो । भियतनाममा अमेरिकी सेनाका तर्फबाट युद्ध लडेका म्याक्केन सैनिक जीवनबाट अवकाश लिएसँगै राजनीतिमा आउनुभएको थियो । अमेरिकी राजनीतिमा आक्रामक स्वभाव भएका रिपब्लीकन पार्टीका वरिष्ठ नेता...बाँकी अंश →
तेहरान, १० भदौ ,, इरान–इराक सीमानजिक आइतबार बिहानै गएको ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । अमेरिकी भूगर्भीय सर्भेका अनुसार, भूकम्पको केन्द्र इरानको कर्मान्शाह प्रान्तको जभानरुड सहरबाट २६ किलोमिटर पश्चिततर्फ थियो । गत वर्ष यही स्थानमा गएको शक्तिशाली...बाँकी अंश →
कोक्स बजार, बङ्गलादेश, ९ भदौ ,, म्यानमारको सैनिक दमनका कारण ठूलो सङ्ख्यामा बङ्गलादेशलगायतका मुलुकमा पुगेका शरणार्थीहरूले ‘न्याय’को माग गर्दै सैनिक दमन भएको पहिलो बर्ष पुगेको सन्दर्भमा शनिबार (अगस्ट २५ मा) विरोध प्रदर्शन गरेका छन् । आफन्तहरूमाथि भएको बर्बर हत्या, बलात्कार र अपहरणका घटनाको स्मरण गर्दै कैयौँले आफुहरु रहेका शिविरहरूमा आफ्ना...बाँकी अंश →
कराची, ८ भदौ ,, पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिनुभएको छ । पुर्व क्रिकेटर समेत रहनुभएका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिनुभएको हो । पुर्वप्रधानमन्त्री नवाज शरीफको पक्षमा सन् २०१३ मा भएको निर्वाचनमा धाँधली गर्न सहयोग गरेको आरोप खानले सेथीलाई लगाउनु भएको छ ।...बाँकी अंश →
दुबई, ८ भदौ ,, पश्चिमी यमनमा बिहीबारको क्षेप्यास्त्र प्रहारबाट ठूलो संख्यामा सर्वसाधारण नागरिक हताहत भएका छन् । विद्रोही हुथी समूह र साउदी गठबन्धनले उक्त आक्रमणका बारेमा एकअर्कामाथि दोषारोपण गरेका छन् । हुथी विद्रोहीद्वारा सञ्चालित समाचार संस्था साबाले गुडिरहेको बस र घरमा भएको क्षेप्यास्त्र आक्रमणबाट यात्रारत कम्तीमा ३१ जना महिला र...बाँकी अंश →
दुबई, ७ भदौ ,, साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग गरिएको छ । सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित पाँच जनाका विरुद्धमा मृत्युदण्डको माग गरिएको हो । सुन्नीको नियन्त्रणमा रहेको र तेलको पर्याप्त खानी रहेको पुर्वी प्रान्त शिया क्षेत्रमा विरोध प्रदर्शन गरेकाहरूलाई मानवअधिकार उलङ्घन गरेको आरोप लगाइएको...बाँकी अंश →
बेइजिङ, ७ भदौ ,, संयुक्तराज्य अमेरिका र चीनले एकअर्का मुलुकका सवारीसाधन, कारखाना उपकरण तथा अन्य सामग्रीमा बिहीबार अर्बौं डलरको करबृद्धिको घोषणा गरेका छन् । दुई महिनाको बीचमा दुबै मुलुकका उच्च अधिकारीको दोस्रो बैठक बसेलगत्तै दुबै मुलुकले करमा २५ प्रतिशत वृद्धि गरेका छन् । बुधबार मात्र आरम्भ भएको दुईदिने वार्ताको विस्तृत...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: