१८ माघ २०८१

अन्तराष्ट्रिय समाचार

रोहिङ्ग्या शरणार्थीलाई चाँडै स्वदेश फर्काउ – प्रधानमन्त्री हसिना

संयुक्त राष्ट्रसंघ, १२ असोज ,,   बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्नो देशमा रहेका म्यान्मारका रोहिङ्ग्या शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन आग्रह गर्नुभएको छ । उहाँले संयुक्त राष्ट्रसंघको महासभामा म्यान्माली शरणार्थीहरुलाई जतिसक्दो चाँडै घर फर्काउने वातावरणका लागि धारणा राख्नुभएको न्युयोर्कबाट प्राप्त भएको समाचारमा जनाइएको छ । र्षदिन बितीसक्दा पनि म्यानमार पक्षबाट...बाँकी अंश →


बी–५२ को विवादित क्षेत्रमा उडान ‘उत्तेजना फैलाउने’ काम ,, चीन

बेइजिङ, चीन, ११ असोज ,,  अमेरिकी बी–५२ नामक वमबर्षक विमानको साउथ चाइना सी र इस्ट चाइना सीमा यस हप्ता भएका उडानहरूको चिनियाँ रक्षा मन्त्रालयले बिहीबार आलोचना गर्दै उक्त कार्य ‘उत्तेजना फैलाउने’ मनसायबाट भएको जनाएको छ । दुई विश्व शक्तिराष्ट्रबीच एक अर्काका सामानमा कर बढाई व्यापार युद्ध चलिरहेका समय अर्को विवादले...बाँकी अंश →


भारतद्वारा क्षेप्यास्त्रको सफल परीक्षण

नयाँदिल्ली, ११ असोज,,    भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । भारतीय वायू सेनाको एसयू–३० लडाकू बिमानबाट उक्त क्षेप्यास्त्र परीक्षण गरिएको थियो । परीक्षण...बाँकी अंश →


नौ विद्यार्थीका हत्यारालाई मृत्युदण्ड

सिआन, चीन, ११ असोज,,   चीनको शान्जी प्रान्तको एक माध्यामाकि विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थीको हत्या गर्ने एक चिनियाँ नागरिकलाई बिहीबार फाँसीको सजाय दिइएको छ । स्थानीय अदालतले सो जानकारी दिएको छ । झाओ जेवेइ नाम गरेका ती व्यक्तिलाई युलिनको प्रान्तीय अदालतले यसअघि नै मृत्युदण्डको सजाय सुनाएकोमा बिहीबार सान्जी प्रान्तमा अवस्थित...बाँकी अंश →


इरानी आणविक विवाद, स्वीकार्य छैन– ट्रम्प, हामी प्रतिबद्ध छौं– म्याँक्रो, मे

संयुक्त राष्ट्रसङ्घ, ११ असोज,,  संयुक्त राष्ट्रसङ्घको चालू ७३ औं महासभामा इरानको आणविक कार्यक्रमको विषयमा विश्व दुई ध्रुवमा बाँडिएको छ । राष्ट्रसङ्घको सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्रहरुबीचमा समेत आणविक कार्यक्रमको विषयमा मतभिन्नता देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभाको बैठक र त्यसलगत्तै बसेको सुरक्षा परिषदको बैठकमा सम्बोधन गर्दै सिंगो...बाँकी अंश →


अमेरिकाले व्यापार युद्ध हार्नेछः युरोपेली बैंक

फ्रान्कफर्ट, १० असोज,,    संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (इसीबी)का अनुसन्धाताहरुले बताएका छन् । इसीबीका अध्यक्ष मारिओ ड्रागी र विश्व व्यापार संगठनका प्रमुख रोबर्टो आज्भेडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको “अमेरिका प्रथम” नीतिले विश्व अर्थतन्त्रमा संरक्षणवादको विजारोपण...बाँकी अंश →


चीन–अमेरिका व्यापार वार्ता अन्यौलमा

काठमाडौँ, १० असोज,,   चीन र अमेरिकाले विगत केही समयदेखि समस्याका रूपमा देखिँदै आएको संरक्षणवादी व्यापार नीतिले आर्थिक दृष्टिकोणले विश्वका दुई शक्तिशाली मुलुकले एक आपसमा आरोप प्रत्यारोप गर्दै अघि बढेको प्रष्ट देखिन थालेको छ । अमेरिकी र चिनियाँ सरकारले एकअर्काको देशबाट आयात गरिने सामानमा भन्सार शुल्क बढाएका छन् । विश्वका दुई...बाँकी अंश →


राष्ट्रसङ्घमा प्यालेष्टिनी राष्ट्रपतिको वक्तव्य शान्तिका लागि महत्वपूर्ण : प्रवक्ता

रामाल्ला, ९ असोज (रासस÷सिन्ह्वा) :  प्यालेष्टिनी राष्ट्रपति मोहम्मद अब्वासद्वारा राष्ट्रसङ्घको महासभामा दिइने वक्तव्य शान्तिका लागि गरिने महत्वपूर्ण अनुरोध हुने उहाँका प्रवक्ताले मङ्गलबार जनाएका छन् । उहाँले यो सम्बोधन नै प्यालेष्टिनी शान्तिका लागि अन्तिम मौका भएको बताउनुभयो । “राष्ट्रपति महमुद अव्वसद्वारा राष्ट्रसंघीय महासभामा आगामी बिहीबार गर्ने सम्बोधनले हाम्रा जनताले भोग्दै आएको...बाँकी अंश →


राष्ट्रसंघमा ट्रम्पकाे सम्बाेधनः इरानमाथिको प्रतिबन्ध सही कदम – राष्ट्रपति ट्रम्प

न्यूयोर्क, ९ असोज ,,   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको न्यूयोर्क मुख्यालयमा आयोजित ७३औं महासभामा मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले हरेक मुलुकले आफ्नो देशलाई पहिलो बनाउने गरी काम गर्न आग्रह गर्नुभयो । राष्ट्रपति ट्रम्पले विश्वले इरानको आणविक कार्यक्रमलाई...बाँकी अंश →


चीनद्वारा सोलिहलाई बधाई

बेइजिङ, चीन, १० असोज,,    मालदिभ्सका प्रतिपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपतिको निर्वाचनमा ५८ प्रतिशत मतसहित विजय भएकोमा चीनले उहाँलाई बधाई दिँदै आगामी दिनमा बेइजिङले मालेसँगको सहकार्यलाई थप सुमधुर बनाउने बताएको छ । निर्वाचनमा चीनको निकट मानिने अब्दुल्लाह यमीन भारी मतका साथ पराजीत हुनुभएको थियो । प्रमुख प्रतिपक्षी दलको...बाँकी अंश →


सैन्य परेडमा आक्रमण गर्ने जिहादी पृथकतावादीहरु

तेहरान, इरान, ९ असोज ,,   इरानमा सैन्य कवाज (परेड) मा गत शनिबार भएको आक्रमणमा जिहादी पृथकतावादीको हात रहेको इरानको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । इरानको दक्षिणपश्चिम शहर आभाजमा एक सैन्य परेडमा यो आक्रमण भएको थियो । खुजेस्तान प्रान्तमा सैन्य परेड भइरहेका स्थलमा एक्कासी आतङ्कवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका...बाँकी अंश →


राष्ट्रसङ्घको कुम्भमेला न्यूयोर्कमा शुरु, चर्चाको शिखरमा आतङ्कवाद

काठमाडौं, ८ असोज । संयुक्त राष्ट्रसङ्घको ७३औं महासभाको बैठक राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्यूयोर्कमा बस्दैछ । राष्ट्रसङ्घका अनुसार यसवर्ष नेपालका प्रधानमन्त्री सहित विश्वका १३० देशका सरकार वा राष्ट्रप्रमुख महासभामा सहभागी हुँदैछन् । विश्वमा शान्ति, भ्रातृत्व र समतामूलक समाज स्थापना गर्ने मुख्य लक्ष्यका साथ सन् १९४५ अक्टोबर २४ मा स्थापना भएको संयुक्त...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter