१२ फागुन २०८१

अन्तराष्ट्रिय समाचार

शिते इस्लामिक केन्द्रहरुमा फ्रान्सेली प्रहरीको छापा

लिल्ले, फ्रान्स, १६ असोज,,   उत्तरी फ्रान्सको शिते इस्लामिक केन्द्रका मुख्यालयहरु तथा यसका नेताहरुका घरमा करिब २०० फ्रान्सेली प्रहरीले छापा पारेको छ । सुरक्षा स्रोतहरुले यी शंकास्पद व्यक्ति र संस्थाहरुले आतङ्कवादी संस्थाहरुलाई मद्दत गरेको जनाएका छन् । आतङ्कवादी कृयाकलापबाट हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखी ग्रान्ड सिन्थेस्थित जाहरा सेन्टरको कार्यालयमा प्रहरीले...बाँकी अंश →


भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १ हजार २३४ पुग्यो ,इन्डोनेसियामा पुनः शक्तिशाली भूकम्पहरु

जाकार्ता, १५ असोज ,,   इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १ हजार २३४ पुगेको छ । यसअघि सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार मृतक सङ्ख्या ८४४ पुगेको थियो । तर स्थानीय समयानुसार मङ्गलबार अपराह्न १ बजेसम्म भूकम्प र यसपछिको सुनामीमा ज्यान गुमाउनेको...बाँकी अंश →


जापानका रक्षामन्त्री फेरिए

टोकियो, १६ असोज,,   जापानका प्रधानमन्त्री शिन्जो आबेले मन्त्रिपरिषद् पुनर्गठन गरी रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिनुभएको छ । मन्त्रिपरिषदका अन्य सदस्यहरुमा खासै हेरफेर गरिएको छैन । मुख्य सचिव योशीहिदे सुगाले मन्त्रिपरिषदको नयाँ नाम सार्वजनिक गर्नुभएको थियो । जापानका विदेशमन्त्रीमा तारो कोनो र अर्थमन्त्रीमा तारो आसो यथावत रहनुभएको छ । सन् २०१७...बाँकी अंश →


साइबर सेवाको ‘गलत प्रयोग गर्ने’ दक्षिण कोरियाका पूर्व प्रहरी प्रमुखविरुद्ध पक्राउ पूर्जी

सिओल, दक्षिण कोरिया, १५ असोज ,, दक्षिण कोरियाको प्रहरीले आफ्ना पूर्व प्रमुख चो ह्युन–ओलाई साइबरको प्रयोग गरी नागरिकको आम धारणालाई अनुदारवादीहरूको पूर्व सरकारलाई पक्षमा लान मुख्य भूमिका गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । सन् २०१० देखि २०१२ सम्म राष्ट्रिय प्रहरी संगठनको प्रमुख रहेका चोले प्रहरी अधिकारीलाई सञ्चालन गरी...बाँकी अंश →


इन्डोनेसियाका झण्डै दुई लाखलाई तत्काल सहयोगको आवश्यकता

जाकार्ता, १५ असोज ,,   इन्डोनेसियामा आएको भूकम्प र त्यसपछिको सुनामीबाट प्रभावित मध्ये एक लाख ९१ हजार जनालाई तत्काल सहयोगको आवश्यकता रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघले उनीहरूलाई अत्यावश्यक मानवीय सहायता तत्काल आवश्यक परेको अनुमान गरेको हो । इन्डोनेसियाको सुलावेसी क्षेत्रमा आएको भूकम्प र सुनामीका कारण त्यो भन्दा बढी प्रभावित भएको...बाँकी अंश →


भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान

पालु, इन्डोनेसिया, १५ असोज ,,   इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार एक हजार भन्दा बढी पुगेको छ । यस भूकमपछि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरिएको छ । खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने जनाइएको...बाँकी अंश →


इन्डोनेसिया भूकम्प र सुनामीबाट मृत्यु हुनेको संख्या १०३२ पुग्यो

एजेन्सी/जकार्ता । इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या बढेको छ । आइतबार यो समाचार तयार पार्दासम्म मृतकको संख्या १०३२  पुगेको इन्डोनेसियाली अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाएका छन् ।...बाँकी अंश →


‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना

बेइजिङ, चीन, १३ असोज ,,   चीन– अमेरिकाबीच भएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले शनिबार जनाएको छ । युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै यसले विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना...बाँकी अंश →


इन्डोनेसियामा भूकम्पका कारण झण्डै चार सयको मृत्यु

पालु, इन्डोनेसिया, १३ असोज ,,   इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ । सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढीरहेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अरु सयौँ जनाको अस्पताल उपचार भइरहेको उनीहरुको भनाई छ । घाइतेहरुको उद्धार गर्दै...बाँकी अंश →


मालदिभ्समा प्रजातन्त्र पुनस्र्थापनाको चर्चा

काठमाडौँ, १३ असोज ,,   मालदिभ्समा राष्ट्रपति पदको लागि भएको निर्वाचनमा त्यहाँको विपक्षी राजनीतिक दलका नेता इब्राहिम मोहमद सोलिह ५८.३ प्रतिशत मत प्राप्तगरी विजयी हुनुभएको छ । उहाँको यो विजयलाई भारत र अमेरिकाले मालदिभ्समा पुनः प्रजातन्त्र आएको टिप्पणी गरेका छन् । केही वर्षयतादेखि यहाँ प्रजातन्त्रका लागि भन्दै आन्दोलन र अभियानहरु सञ्चालनमा...बाँकी अंश →


इन्डोनेसियामा शक्तिशाली भूकम्प, ४८ को मृत्यु

जाकार्ता, १्३ असोज ,,   मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी अन्य ३६५ जना घाइते भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घाइतेहरुलाई विभिन्न अस्पताल भर्ना गरिएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो...बाँकी अंश →


पुटिन अर्को हप्ता भारत आउने

नयाँ दिल्ली, १२ असोज ,,   रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी हप्ता भारत भ्रमणमा आउनुहुने भएको छ । अक्टोबर ४ र ५ तारिखमा उहाँले भारतको औपचारिक भ्रमण गर्न लाग्नु भएको भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भारत—रुस बार्षिक द्विपक्षीय सम्मेलनमा सहभागीता समेत जनाउनु हुनेछ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter