सिड्नी, २३ असोज,, अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ । बिशाल अस्ट्रेलियाको बस्ती छरिएर रहेको भएपनि अस्ट्रेलियाको जनसंख्या वृद्धिदर वार्षिक १।६ प्रतिशत रहेको छ । यो जनसंख्या वृद्धिदर आर्थिक सहयोग तथा विकास...बाँकी अंश →
जिक्वान, चीन, २३ असोज,, चीनले जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट दुईवटा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक मङ्गलबार प्रक्षेपण गरेको छ । चिनीया अधिकारीहरुका अनुसार यी दुबै उपग्रहहरु लङ मार्च–२सी रकेटको प्रयोग गरी अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । यी उपग्रहहरु इलेक्ट्रोम्याग्नेटिक वातावरण सर्भेक्षण र यससँग सम्बन्धित अन्य प्रविधि परीक्षणमा उपयोग गरिने छ ।...बाँकी अंश →
कीभ, २३ असोज ,, युक्रेनको उत्तरी भेगमा रहेको एक सैनिक हतियार भण्डारमा मङ्गलबार बिहानै भएको बिस्फोट र आगलागीका कारण झण्डै १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारिएको छ । स्थानीय अधिकारीहरुले राजधानी कीभबाट करिब १७० किलोमिटर उत्तर इचन्या सहर नजिक भएको उक्त दुर्घटनाबाट कसैको मृत्यु वा घाइते भएको विवरण भने प्राप्त नभएको...बाँकी अंश →
बेइजिङ, २२ असोज ,, एसियाली शक्तिराष्ट्रको घरेलु तथा अन्तराष्ट्रिय नीतिलाई लिएर अमेरिकी पक्षबाट लगाइएको आरोपलाई लिएर एसिया भ्रमणको शिलशिलामा चीन पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच सोमबार तातो बहस भएको छ । उत्तर कोरियाली आणविक निशस्त्रीकरणको बिषयलाई लिएर एसिया भ्रमणको अन्तिम दिन चीन आएका अमेरिकी...बाँकी अंश →
काबुल, २२ असोज,, अफगानिस्तानका लागि शान्ति तथा मेलमिलाप सम्बन्धी अमेरिकी विशेष दूत जाल्मे खलिलजादले अफगानिस्तानका राष्ट्रपति मोहम्मद अस्राफ घानीसँग भेट गर्नुभएको छ । अफगानिस्तानमा दिगो शान्ति स्थापनाको सम्भावना पहिल्याउन खलिलजाद काबुल आइपुग्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उहाँहरुबीच अफगान–नेतृत्व र अफगान–स्वामित्वमा शान्ति कायम गर्ने सम्भावनाका बारेमा छलफल भएको छ ।...बाँकी अंश →
बेइजिङ, २२ असोज ,, चीनका विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी माइक पोम्पेओलाई चीन–लक्षित भड्किला कार्यहरु रोक्न आग्रह गर्नुभएको छ । चीनको विश्वव्यापी र घरेलु नीतिमाथि संयुक्तराज्य अमेरिकाले कटुतापूर्ण भत्र्सना गरेलगत्तै चीनको यस्तो प्रतिक्रिया आएको हो । बेइजिङमा अमेरिकी विदेशमन्त्री र चिनीया विदेशमन्त्रीबीच भएको वार्तामा दुवै नेताबीच एकअर्काका नीतिमाथि कडा...बाँकी अंश →
नयाँदिल्ली, २२ असोज ,, भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भा.रु. ८२.०३ (नेरु.१३१.२५) र डिजेलको मूल्य भा.रु. ७३.८२ (नेरु ११८.११) पुगेको छ । मुम्बईमा पेट्रोलको मूल्य भा.रु....बाँकी अंश →
बेइजिङ, २२ असोज ,, गत महिना चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईले राजीनामा दिएको चिनीया अधिकारीहरुले सोमबार घोषणा गरेका छन् । चिनीया कानुनको उल्लङ्घनको कथित आरोपमा मेङमाथि अनुसन्धान भइरहेको बताइएको छ । विगतमा सार्वजनिक सुरक्षा उपमन्त्रीको समेत कार्यभार सम्हालेका मेङ होङवेईका सम्बन्धमा सूचना दिन बेइजिङले...बाँकी अंश →
मैदान शार, अफगानिस्तान, २१ असोज,, तालिवान लडाकूहरुको आक्रमणमा परी पूर्वी वारदाक प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित छ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले आफगानिस्तानको पूर्वी प्रान्त वारदाकको जिल्ला प्रहरी कार्यालयमा तालिवान लडाकूहरुले रातभरी भीषण आक्रमण गरेका थिए । हजारौ तालिवान लडाकूहरुले साइद अबाड जिल्लामा शनिबार अबेर राति आक्रमण...बाँकी अंश →
वासिङ्टन, २१ असोज ,, विरोधका बीच अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभाना नियुक्त हुनुभएको छ । अमेरिकी संसदमा भएको मतदानमा क्याभानाको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । न्यायाधीश क्याभानाको संसदीय अनुमोदन लगत्तै सर्वोच्च अदालतमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ गराइएको छ । सर्वोच्च अदालतमा उक्त...बाँकी अंश →
मेक्सिको सिटी, २१ असोज ,, हैटीमा शनिबार राति गएको ५.९ म्याग्नीच्यूडको भूकम्पका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । एकजना सरकारी प्रवक्ताले भूकम्प आएलगत्तै आपतकालीन उद्धार टोली खटाइएको जानकारी दिएका छन् । स्थानीय समयअनुसार राति ८ बजेर १० मिनेट जाँदा भूकम्प गएको थियो । अमेरिकी भूगर्भ...बाँकी अंश →
पालु, इन्डोनेसिया, २० असोज ,, इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार ५७१ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घर सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिनुभयो । भूकम्पमा फसेका व्यक्तिको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: