१८ माघ २०८१

अन्तराष्ट्रिय समाचार

विवादास्पद सैनिक फिर्ती आदेशमा हस्ताक्षर

वासिङटन, ९ पुस,,  सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने आदेशमा हस्ताक्षर भइसकेको अमेरिकी सैनिक अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानबीच सैनिक रिक्तता हुन नदिने सहमति भएसँगै उक्त आदेशमा हस्ताक्षर भएको हो । गृहयुद्धबाट तहसनहस भएको सिरियाबाट एकाएक अमेरिकी फौज फिर्ता लैजाने अमेरिकी राष्ट्रपतिको...बाँकी अंश →


इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या २८१

कारिता, इन्डोनेसिया, ९ पुस,, इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ । ज्वालामुखी विस्फोटपछि भीषण रुपमा आएको सामूद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ । इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको...बाँकी अंश →


बंगलादेशको आमनिर्वाचनः प्रधानमन्त्री हसिनाको अग्निपरीक्षा, रनभूल्लमा विपक्षी

ढाका, ९ पुस,, यसै साता बंगलादेशमा संसदका लागि आमनिर्वाचन हुँदैछ । प्रधानमन्त्री शेख हसिनाको दल ऐतिहासिक जिततर्फ अग्रसर रहेको अड्कलबाजी गरिएका छन् । उहाँकी चिर प्रतिद्वन्द्वी खालेदा जिया ढाकाको जेलमा बन्दी हुनुहुन्छ । तैपनि दुबै नेतृहरु चुनावमा विजयी हुने आशामा छन् । बंगलादेशका “झगडालु बेगम”हरु विगत तीन दशकदेखि एकअर्काविरुद्ध लडिरहेका...बाँकी अंश →


सिरियाका इस्लामिक स्टेट लडाकूलाई टर्कीले परास्त गर्छ – ट्रम्प

वासिङटन, ९ पुस,, संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा युद्धरत इस्लामिक स्टेट (आइएस) समूहका बाँकी लडाकूलाई परास्त गर्ने टर्कीका राष्ट्रपतिले विश्वास दिलाएको बताउनुभएको छ । टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानसँगको भेटपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भन्नुभयो, “टर्कीका राष्ट्रपतिले सिरियामा जेजति आइएसका लडाकू छन् उनीहरुलाई टर्कीले नै परास्त गर्न सक्षम रहेको...बाँकी अंश →


इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या १६८

जकार्ता, ८ पुस,, mइन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या १६८ पुगेको छ । इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण आइतबार बिहानसम्म १६८ व्यक्तिको मृत्यु हुनको साथै ३० सर्वसाधारण वेपत्ता भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले...बाँकी अंश →


क्यानाडाली प्रधानमन्त्री मालीमा

ओटावा, ८ पुस,,  क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्र्युडे माली पुगेर त्यहाँ संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत क्यानाडेली सैनिकसँग भेट तथा परामर्श गर्नुभएको छ । उहाँ शनिबार माली पुग्नुभएको बताइएको छ । माली पुगेर उहाँले त्यहाँ शान्ति मिसनमा खटिरहेका क्यानाडाली सैनिक कार्यरत क्षेत्रमा गई आफ्ना सैनिकसँग वार्ता तथा परामर्श गर्नुभएको थियो ।...बाँकी अंश →


इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या ६२ पुग्यो, कैयौँ व्यक्ति बेपत्ता

जकार्ता, ८ पुस,, इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६२ पुगेको समाचार छ । आइतबार बिहान इन्डोनेसियाको समुद्रीतटमा आएको सुनामीका कारण धेरै नागरिकको ज्यान गएको बताइएको छ । सो सुनामीका कारण कम्तीमा पनि ६२ जनाको मृत्यु भएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको...बाँकी अंश →


अमेरिकाको सिरिया र अफगानिस्तानबाट बहिर्गमन, समर्थन र आलोचना (आलेख सेवा)

काठमाडौं, ७ पुस,,  सन् २०११ मा शुरू भएको सिरियाको गृहयुद्धमा विपक्षीहरूलाई सहयोग गर्दै आएको अमेरिकी सेनाले सिरियाली जनताका माग सम्बोधन नगराई आफ्नो सेनालाई फर्काउने विषयले यो साता निकै स्थान पाएको छ । आठ वर्षको समयमा पाँच लाख भन्दा बढी सिरियालीले ज्यान गुमाएका छन् । एक करोड ८३ लाख जनसङ्ख्या रहेको...बाँकी अंश →


लन्डन बिमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ

ग्याटविक, बेलायत, ७ पुस,, बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक बिमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इसाईहरुको ठूलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका लाखौं यात्रु ड्रोनका कारण बिमानस्थल बन्द गरिएपछि बिमानस्थलमै अलपत्र परेका थिए । ग्याटविक बिमानस्थल तीन दिनसम्म बन्द भएका कारण झण्डै एक...बाँकी अंश →


चीनमा मृत्युदण्डको सजाय ‘घट्दो’

बेइजिङ, चीन, ६ पुस,,  चीनमा मृत्युदण्डको सजाय हुने क्रम ‘घट्दो अवस्थामा’ रहेको छ तर यो प्रावधान हट्न अझै टाढाको बिषय देखिन्छ किनकि मृत्युदण्डको प्राबधानप्रति चिनियाँहरूको अझै धेरै समर्थन रहेको छ, चीनको सर्वोच्च अदालतका एक न्यायाधीशले बताउनुभयो । मानव अधिकारवादी समूहहरूका अनुसार बेइजिङले अन्य प्रजातान्त्रिक मुलुकको तुलनामा हरेक बर्ष मृत्युदण्ड दिने...बाँकी अंश →


‘फेसबुकबाट प्रेम नगर्नुस् ’

मुम्बई, भारत, ६ पुस,, “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताउनुभयो । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान...बाँकी अंश →


जापानको प्रतिरक्षा बजेटमा ठूलो वृद्धि

टोकियो, ६ पुस,, जापान सरकारले अर्को आर्थिक वर्षका लागि ४७ अर्ब डलरको प्रतिरक्षा बजेट सार्वजनिक गरेको छ । जापानको आधुनिक इतिहासमा यो सबैभन्दा ठूलो बजेट रकम हो । चीनको बढ्दो सैन्य शक्तिलाई ध्यान दिएर जापानले उन्नत क्षेप्यास्त्र प्रणाली र स्टील्थ लडाकू बिमान खरिद गर्न लागेपछि रक्षा बजेटमा वृद्धि भएको हो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter