१४ माघ २०८१

अन्तराष्ट्रिय समाचार

उत्तर कोरियाली नेता किम चीन भ्रमणमा

बेइजिङ, २४ पुस,, उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । उहाँको यो भ्रमणबारे यसअघि केही खुलाइएको थिएन । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ । किम चिनियाँ राष्ट्रपति सी...बाँकी अंश →


कोरियासँगको बैठकका लागि ठाउँ खोज्दै अमेरिका

वासिङटन, २३ पुस,, संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जानकारी दिनुभएको बताइएको छ । राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको आर्काे चरणको बैठकको तयारी भइरहेको जानकारी यसअघि नै भइरहेको बताइएको...बाँकी अंश →


खानी दुर्घटनामा भारतमा दुईको मृत्यु, १५ वेपत्ता

नयाँ दिल्ली, २३ पुस,,  भारतको दुर्गम उत्तरपूर्वी इलाकामा रहेको एक खानी दुर्घटनामा परी दुई व्यक्तिको मृत्यु भएको छ । प्रहरी स्रोतले सोमबार सो जानकारी दिएको छ । मेघालय राज्यमा गैरकानूनी रुपमा सञ्चालन हुदै आएको यस खानीमा फसेका १५ व्यक्तिको सुरक्षित उद्धारको लागि गत तीन हप्तादेखि कोशिस जारी रहेको छ ।...बाँकी अंश →


शेख हसिनाको आज प्रधानमन्त्रीमा शपथ

ढाका, २३ पुस,, बङ्गलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उहाँको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्रीमा नियुक्त हुन लाग्नुभएको हो । उहाँ लगातार तेस्रो कार्यकालको लागि पुनः प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।...बाँकी अंश →


इन्डोनेसियामा पहिरोबाट ३२ को मृत्यु

जकार्ता, २३ पुस,, इन्डोनेसियामा नयाँ वर्षको पूर्वसन्ध्यामा आएको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको अधिकारीहरुले जनाएका छन् । बेपत्ता व्यक्तिहरुको एक हप्ता लामो खोजी कार्यपछि सोमबार अन्त्य गरिएको छ । पहाडी इलाकामा गएको यस पहिरोबाट उद्धारकर्ताहरुले शव तानेर निकालेका थिए । इन्डोनेसियाको पश्चिमी प्रान्त जाभामा भारी वर्षापछि पहिरो गएको...बाँकी अंश →


सिरियाबाट सबै अमेरिकी सैनिक फिर्ता हुँदैनन् – बोल्टन

जेरुसलेम, २३ पुस,, संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सिरियामा तैनाथ अमेरिकी सेनाको फिर्तीका बारेमा विभिन्न पक्षसँग वार्ता शुरु भएको बताउनुभएको छ । उहाँले अमेरिकी सैनिक फिर्ती अघि सहयोगी मुलुकहरुको चासोलाई अमेरिकाले सुनिश्चित गर्ने स्पष्ट गर्नुभयो । इजरायल भ्रमणका क्रममा बोल्टनले व्यक्त गरेका धारणाले अमेरिकी सैनिक...बाँकी अंश →


व्यापार वार्ता गर्न अमेरिकी टोली चीनमा

बेइजिङ, २३ पुस,,  चीन र संयुक्तराज्य अमेरिकाबीच “व्यापार युद्ध”कै रुप लिएको व्यापार तनाव अन्त्य गर्ने उपायको खोजी गर्न अमेरिकी टोली चीन आइपुगेको छ । अमेरिकी व्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले वार्ताका बारेमा संवाददाताहरुलाई थप विवरण दिन अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौंदेखि जारी विवाद...बाँकी अंश →


अन्तर्राष्ट्रिय मुस्लिम समाज साउदी अरबको प्रथम एऐतिहासिक समुद्घाटन कार्यक्रम सम्पन्न

रियाद साउदी अरबिया  ५ जनवरी २०१९  गत ४ जनवरी २०१९ शुक्रबार का दिन साउदी अरब को राजधानी रियाद स्थित मुस्लिम समुदायले रियाद बथाह प्यारागन होटलमा  एक कार्यक्रम गरि  मोहम्मद जैनुल अब्दिन को अध्यक्षतामा २५ सदस्यीय समितिको गठन गर्दै अन्तर्राष्ट्रिय मुस्लिम समाज साउदी अरबको स्थापना गरेको छ । सबैमाझ चिरपरिचित, समाजसेवी,...बाँकी अंश →


बम निष्क्रिय गराउने क्रममा एक प्रहरीको मृत्यु

कायरो, २२ पुस,,  इजिप्टमा शनिबार एक चर्चको बाहिरी इलाकामा रहेको विस्फोट पदार्थ निष्क्रिय गर्ने क्रममा एक प्रहरीको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । इजिप्टको कायरो शहरको सीमा इलाकामा रहेको नासर शहरमा अवस्थित चर्चको बाहिरी इलाकामा रहेको उक्त विस्फोट पदार्थ निष्क्रिय गर्ने क्रममा भएको विस्फोटमा परी अन्य दुई प्रहरी...बाँकी अंश →


बन्द घरमा आगलागी हुदाँ पोल्याण्डमा पाँच किशोरीको मृत्यु

पोल्याण्ड, २२ पुस,, हिटरमा समस्या आएपछि पोल्याण्डमा भएको आगलागीमा परी पाँच किरोशीको मृत्यु भएको छ । पोल्याण्डको उत्तरी क्षेत्रमा रहेको एउटा घरको बन्द कोठाभित्र रहेका बेला हिटरमा समस्या उत्पन्न भएपछि भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अनुसन्धानकर्ताहरुले जनाएका छन् । कोस्जालिन सहरमा शुक्रबार यो आगलागीको घटना भएको हो । करिब...बाँकी अंश →


कङ्गोमा सम्भावित हिंसा रोक्न अमेरिकाले सेना पठायो

किनसासा, २२ पुस,, कङ्गोको राष्ट्रपतीय निर्वाचनको परिणामको विरुद्धमा हुन सक्ने सम्भावित हमला रोक्नका लागि संयुक्त राज्य अमेरिकाले सेना पठाएको छ । सो कुराको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको छ । उहाँले कङ्गोमा राष्ट्रपतीय निर्वाचन र त्यसको परिणामसँग सम्बन्धित हिंसालाई मध्यनजर गरी अमेरिकाले सेना पठाएको जानकारी दिनुभएको छ । उहाँले...बाँकी अंश →


आँधी र पहिरोमा परी फिलिपिन्समा एक सय २६ को मृत्यु

मनिला, २२ पुस,, क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । आँधीपछि आएको बर्षा र बर्षापछि आएको पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेहरुको संख्या १ सय २६ पुगेको अधिकारीहरुले जनाएका छन् । फिलिपिन्सको मध्य र पूर्वी क्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter