साङघाइ, २७ पुस,, चीनको पूर्वी क्षेत्रमा कम्तीमा एकसय ४५ जना बालबालिकालाई म्याद गुज्रेको पोलियो खोप दिइएको पत्ता लागेको छ । चीन सरकारले आधारभूत स्वास्थ्य सेवामा व्यापक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेपनि नयाँ तथ्य बाहिर आएको छ । जियाङ्सु काउन्टी सरकारका अनुसार, यसै साता उक्त घटना सार्वजनिक भएलगत्तै जियाङ्सु प्रान्तका तीनजना...बाँकी अंश →
बेरुत, २७ पुस,, सिरियामा तैनाथ अमेरिकी नेतृत्वको सैनिकहरु फिर्ता हुनेक्रम शुरु भएको छ । गठबन्धनका एकजना प्रवक्ताले सैनिक फिर्तीको स्थान वा समय तालिकाका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेका छन् । प्रवक्ता कर्णेल सीन रायानले जारी गर्नुभएको विज्ञप्तिमा सिरियाबाट अमेरिकी सेना फिर्ता हुन थालेको बताउनुभएको छ । “सुरक्षाका कारण कुनै...बाँकी अंश →
म्याकएलेन, अमेरिका, २७ पुस,, संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमाक्षेत्रलाई लक्षित गरी राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने पुनः चेतावनी दिनुभएको छ । मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल निर्माण गर्न संसदले बजेट पारित नगरेपछि सङ्घीय सरकारी कार्यालयहरु लगातार बन्द भएको २१ दिन पुगिसकेको छ । राष्ट्रपति ट्रम्पले पर्खालका लागि संसदले बजेट पारित...बाँकी अंश →
अल अनाद एयर बेस, यमन २७ पुस,, यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरुले गरेको मानवरहित विमान (ड्रोन) आत्रमणमा परी सरकार समर्थक छ सैनिकको मृत्यु भएको छ । सो ड्रोनले सैन्य परेड भइरहेको स्थानमा आक्रमण गरेको बताइएको छ । संयुक्त राष्ट्र सङ्घको उपस्थितिमा स्विडेनका गत महिना हुथी विद्रोही र साउदी अरेबियाको...बाँकी अंश →
लन्डन, २६ पुस,, बेलायती कम्पनी जागुअर ल्यान्ड रोभरले कम्तीमा पाँच हजार कर्मचारी कटौती गर्ने तयारी गरेको बिबिसीले जनाएको छ । चीनमा ल्यान्ड रोभरको बिक्री घटेको तथा युरोपेली युनियनबाट बेलायत अलग्गिने (ब्रेक्जिट) सम्झौताका कारण कम्पनीले कर्मचारी कटौती गर्ने तयारी गरेको हो । बेलायतको लोकप्रिय कार निर्माता यस कम्पनीमा हाल ४० हजारभन्दा...बाँकी अंश →
जेरुसेलम, २६ पुस,, इजरायलका एकजना पूर्व मन्त्रीलाई इरानको लागि जासूस गरेको आरोपमा एघार वर्षको जेल सजाय सुनाउने तयारी भएको त्यहाँको न्याय मन्त्रालयले बुधबार जानकारी दिएको छ । गोनेन सेगेभ नामक यी मन्त्रीले गम्भीर रुपमा गुप्तचरी गर्दै सूचनाहरु इरानलाई दिएको मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । जेल सजाय आगामी फेब्रुअरी ११...बाँकी अंश →
किन्सासा, २६ पुस,, प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विपक्षी नेता फेलिक्स शिकेकेडी राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो । राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना हुँदै आएका थिए । निर्वाचित भएलगत्तै नवनिर्वाचित राष्ट्रपति...बाँकी अंश →
टोलुुज, फ्रान्स, २६ पुस,, फ्रान्सको दक्षिणपश्चिम शहर टोलुजमा रहेको चार तले एक अपार्टमेन्टमा आगलागी हुँदा १९ व्यक्ति घाइते भएको फ्रान्सेली आगलागी नियन्त्रण सेवाले जनाएको छ । यस आगलागी पीडितमध्ये दुई जनाको अवस्था गम्भीर भएको जनाइएको छ । आगलागीका कारण सो अपार्टमेन्टको केही भाग भत्किएको छ । आगलागी भएको यस भवनको...बाँकी अंश →
जोहानेस्बर्ग, २५ पुस,, दक्षिण अफ्रिकामा मङ्गलबार बिहान भएको एक रेल दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६२० जना घाइते भएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । दक्षिण अफ्रिकाको ग्रामीण इलाकामा रेल सेवा दिइरहेका दुई ओटा रेल एक आपसमा ठोक्किँदा यो दुर्घटना भएको बताइएको छ । दुबै...बाँकी अंश →
वासिङ्टन, २५ पुस,, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा सुरक्षा र मानवीय सङ्कट बढेको बताउनुभएको छ । बढ्दो मानवीय तथा आप्रवासी सङ्कट समाधान गर्न मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका लागि बजेटको व्यवस्था गर्नुपर्ने विषयमा विवाद उत्पन्न भएपछि राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो । अमेरिकी संसदले पर्खाल...बाँकी अंश →
सियोल, २४ पुस,, सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ । विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट हो । चिनीया स्मार्टफोन निर्माताहरुबाट सिर्जित बढ्दो प्रतिस्पर्धा र स्मार्टफोनको मूल्यमा भारी गिरावट आएका कारण सामसुङको नाफा घटेको बताइएको छ । गत अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा कम्पनीको सञ्चालन खर्च करिब...बाँकी अंश →
याङ्गुन, २४ पुस,, म्यान्मारको दक्षिण क्षेत्रमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई महिला घाइते भएका गृह मन्त्रालयद्धारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा जनाकारी दिइएको छ । सोमबार क्याउङ कोने नगर क्षेत्रमा सो दुर्घटना भएको थियो । पन्ध्र यात्रु सवार रहेका याङ्गुनबाट पाथेइनतर्फ गईरहेकोे बस छ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: