१४ माघ २०८१

अन्तराष्ट्रिय समाचार

उत्तर कोरियासँगको आगामी बैठकप्रति ट्रम्प आशावादी

वासिङ्टन, ९ फागुन (रासस/सिन्ह्वा)- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले वार्ताका बारेमा प्रतिक्रिया दिँदै आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर कोरियाली नेतासँगको बैठकप्रति आफू निकै आशावादी रहेको बताउनुभयो । यसको अर्थ आगामी बैठक नै अन्तिम भन्ने त होइन तर पनि...बाँकी अंश →


सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

सानफ्रान्सिस्को, ९ फागुन ,,– दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ । तीब्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थालेपछि चिन्तित देखिएको सामसुङले नयाँ विशेषता सहितको नयाँ फोन...बाँकी अंश →


बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी, ७० जनाको मृत्यु

ढाका, ९ फागुन ,, बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ । राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो । राति भएको सो भीषण आगलागीमा परी ७० जनाको ज्यान गएको छ भने अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।...बाँकी अंश →


अमेरिकी राष्ट्रिय ऋणको भार उच्च, रिपब्लीकन पार्टी मौन

वासिङ्टन, ८ फागुन ,, – अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अझ वृद्धि भएर २२ हजार अर्ब (२२ ट्रिलियन) अमेरिकी डलर पुगेको छ । विगतमा ऋणभार र सरकारी वित्त घाटाका बारेमा जोडतोडले आवाज उठाउने रिपब्लीकन पार्टी अहिले चुपचाप छ । जटिल बन्दै आएको घाटा र ब्याज भुक्तानीमा भइरहेको...बाँकी अंश →


कायरो विस्फोटको लिबियाद्वारा निन्दा

त्रिपोली, ८ फागुन ,, इजिप्टको राजधानी कायरोमा सोमबार भएको बम विस्फोटको लिबियाका विदेशमन्त्रीले मङ्गलबार निन्दा गर्नु भएको छ । यस आक्रमणमा परी तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौँ व्यक्ति घाइते भएका जनाइएको छ । इजिप्टको अल दार्ब अल जिल्लामा भएको यस आतङ्ककारी आक्रमणको इजिप्टको विदेश मन्त्रालयले पुष्टि गरेको जानकारी...बाँकी अंश →


विमानस्थल नजिक ड्रोन उडाउन निषेध

लन्डन, ८ फागुन ,, – बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र (ड्रोन) उडाउन निषेध गरिएको बेलायत सरकारले जनाएको छ । अघिल्लो महिला बेलायतका अतिव्यस्त हिथ्रो र ग्याटविक विमानस्थल नजिक ड्रोन उडाइएपछि हवाई सेवा नराम्रोसँग प्रभावित भएको थियो । “ड्रोनको दुरुपयोगबाट बेलायती हवाई मैदानलाई सुरक्षित गर्न ड्रोन निषेध क्षेत्रलाई...बाँकी अंश →


होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५०० रोजगारी जोखिममा

टोकियो, ७ फागुन ,, – कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको रोजगारी गुम्ने सम्भावना रहेको जनाएको छ । इङ्ल्यान्डको दक्षिणपश्चिम स्वीन्डोनमा रहेको प्लान्ट होन्डाको युरोपेली युनियनमा रहेको एक मात्र...बाँकी अंश →


सन् २०१८ मा एचएसबीसीको नाफा २० अर्ब डलर

हङकङ, ७ फागुन ,, – विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । बैंकद्वारा मङ्गलबार जारी वक्तव्यमा उक्त नाफा करबाहेकको रकम रहेको जनाइएको छ । वर्षको अन्तिम चौमासिक अवधिमा चुनौतीपूर्ण बनेको बाह्य वातावरणका बाबजूद बैंकको नाफा सकारात्मक रहेको...बाँकी अंश →


अमेरिका–चीन व्यापार वार्ता मङ्गलबारदेखि शुरु हुन्छ – ह्वाइट हाउस

वासिङ्टन, ७ फागुन ,, – संयुक्तराज्य अमेरिका र चीनबीच करवृद्धिको विवाद अन्त्य गर्नेगरी व्यापार वार्ता वासिङ्टनमा मङ्गलबारदेखि शुरु हुने ह्वाइट हाउसले घोषणा गरेको छ । बेइजिङमा यसअघि भएको वार्ता विना सहमति टुङ्गिएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता “अत्यन्त सकारात्मक” रुपमा अघि बढेको बताउँदै आगामी मार्च १ तारिखको...बाँकी अंश →


सुरक्षा कारबाहीमा नौ जनाको मृत्यु

जलालाबाद, ७ फागुन ,, – अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा तालिबान लडाकू समूहलक्षित सोमबार भएको सुरक्षा कारबाहीमा कम्तीमा नौ लडाकू मारिएका छन् । प्रान्तीय सरकारद्वारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा सोमबार राति भएको यस कारबाहीको क्रममा तालिबान लडाकूका प्रमुख शिविर ध्वस्त भएको जनाइएको छ । यस कारबाहीका बारेमा तालिबानी समूहले भने...बाँकी अंश →


थाईल्याण्डमा निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवार

बैङ्कक, ७ फागुन ,, थाइल्याण्डमा आगामी मार्चमा हुने निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । स्थानीय संचार माध्यमहरुले मंगलबार दिएको जानकारीअनुसार संसदीय निर्वाचनका लागि देशभरीका निर्वाचन क्षेत्रमा गरेर यति ठूलो संख्यामा उम्मेदवारी परेको हो । थाईल्याण्डमा लामो समयपछि आउदो मार्च महिनाको २४ तारिखका दिन संसदीय निर्वाचन...बाँकी अंश →


अमेरिकामा गोली हानी तीन बालबालिकासहित चारको हत्या

शिकागो, ७ फागुन ,, अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ । सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मिचिगन राज्यको उत्तरी भागमा पर्ने केन्ट काउन्टीमा यो घटना...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter