जलालाबाद, २२ फागुन ,, अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा बुधबार बिहान सबेरै शृंखलाबद्ध बम विस्फोट हुँदा ठूलो मानवीय तथा सम्पत्तीको क्षति भएको आशङ्का गरिएको एकजना सरकारी अधिकारीले जानकारी दिनु भएको छ । दुइजना आत्मघाती आक्रमणकारी र अरु दुई गरी चार जनाको अफगान सुरक्षाकर्मीले गरेको सुरक्षा कारबाहीमा ज्यान...बाँकी अंश →
सियोल, २२ फागुन ,, – भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा हुनुभएको छ । सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय दिएको थियो । उहाँले अदालतको...बाँकी अंश →
वासिङटन, २२ फागुन ,, संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने, संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने जानकारी दिनुभएको छ । उहाँले एक अन्तर्वार्तामा सो धारणा राख्नुभएको हो । उहाँले निशस्त्रीकरणको विषयमा उत्तर कोरिया के कति गम्भीर छ भनेर...बाँकी अंश →
पेरिस, २१ फागुन ,, – प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजना गरिने एक चिकित्सा सम्मेलनमा मङ्गलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिँदैछ । एचआईभी–सङ्क्रमित ती व्यक्तिलाई दश वर्षपछि रोगमुक्त...बाँकी अंश →
बेइजिङ, २१ फागुन ,, – संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार वार्ता निकै जटिल र कठिन मोडमा पुगेको चीनका एक उच्च अधिकारीले जनाएका छन् । चीनको वाणिज्य मन्त्रालयले दुई देशबीचको व्यापारका विषयमा अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट गरेको छ । मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गरी व्यापार वार्तामा केही विवादित...बाँकी अंश →
प्योङयाङ, २१ फागुन ,, – भियतनाम भ्रमणमा रहनुभएका उत्तर कोरियाली नेता किम जोङ–अन मङ्गलबार बिहान रेलबाट स्वदेश फर्कनु भएको यहाँको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जानकारी दिएको छ । नेता किमलाई प्योङयाङ रेलवे स्टेशनमा कोरियाली वर्कर्स पार्टीका वरिष्ट अधिकारी, सरकारका उच्च अधिकारीहरु र सशस्त्र फौजका वरिष्ट अधिकारीहरुले स्वागत गरेका...बाँकी अंश →
नयाँदिल्ली, २१ फागुन ,, – संयुक्तराज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट गरेको छ । संयुक्तराज्य अमेरिकातर्फ भारतबाट वार्षिक करिब ८० अर्ब डलर बराबरका सामान निर्यात हुने गरेको छ । भारतका वाणिज्य सचिव अनुप...बाँकी अंश →
जेरुसेलम, २० फागुन ,, – संयुक्तराज्य अमेरिकाले इजरायलको जेरुसेलमस्थित आफ्नो महाबाणिज्यदुतावास कार्यालय औपचारिक रुपमा बन्द गरेको छ । साथै, अमेरिकाले प्यालेस्टिनीहरुको मुख्य कुटनीतिक मिसनको दर्जालाई घटाएको छ । दशकौंसम्म यो महाबाणिज्यदुतावासले प्यालेस्टिनीहरुका लागि अनौपचारिक दुतावासको रुपमा कार्य गरिरहेको थियो । अब, राजदूतावासकै एक अङ्गका रुपमा यो महाबाणिज्यदुतावासले प्यालेस्टिनी मामिला इकाईका...बाँकी अंश →
टाल्लिन, २० फागुन ,, – बाल्टिक क्षेत्रबाट युरोपेली युनियनमा आबद्ध मुलुक इस्टोनियामा आइतबार सम्पन्न आमनिर्वाचनमा विपक्षी उदारवादी रिफर्म पार्टीले विजय हासिल गरेको छ । प्रधानमन्त्री जुरी रातासको सेन्टर पार्टीले भने चुनावमा पराजय व्यहोरेको छ । पूर्व युरोपेली सांसद काजा काल्लासको नेतृत्वमा रहेको रिफर्म पार्टीले २८ दशमलब ८ प्रतिशत मत प्राप्त...बाँकी अंश →
वासिङ्टन, २० फागुन ,, – अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानबिन गर्न लागेका हुन् । अमेरिकी संसदको न्यायिक समितिका...बाँकी अंश →
अलाबामा, अमेरिका, २० फागुन ,, – अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन् । आँधीले धनजनको ठूलो क्षति भएको छ । “पछिल्लो विवरण अनुसार २२ जनाको मृत्यु भएको छ । दुर्भाग्यवस, यो...बाँकी अंश →
मस्को, १९ फागुन وو – भेनेजुएलामा बढ्दै गएको राजनीतिक तथा मानवीय सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको रुसले जनाएको छ । संयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार दुई देशका लागि समन्वयकारी भूमिका खेल्न तयार रहेको रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले शनिबार बताउनु भएको हो । विदेश मन्त्री लाभरोभले जारी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: