११ माघ २०८१

अन्तराष्ट्रिय समाचार

नेटोको रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह

वार्सा, २६ फागुन ,,  उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)का महासचिव जनरल जेन्स स्टोल्टनबर्गले नेटोका लागि रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह गर्नुभएको छ । वार्सामा भएको युरोपेली युनियनको युरोपियन पिपुल्स पार्टी सम्मेलनमा बोल्दै उहाँले नेटोको रक्षा खर्च धेरै चाहिएकोले त्यसका लागि रकम वृद्धि गर्न अत्यावश्यक रहेको बताउनुभएको हो । युरोपमा...बाँकी अंश →


हेल्सिन्की–टाल्लिन सुरुङ बनाउन १६ अर्ब डलर ऋण

हेल्सिन्की, २४ फागुन ,,  – फिनइस्ट बे एरियाले फिनल्यान्डको राजधानी हेल्सिन्की र इस्टोनियाको राजधानी टाल्लिन जोड्ने रेलका लागि समुद्रमुनि सुरुङ बनाउन चीनको टचस्टोन क्यापिटल पार्टनर्ससँग वित्तीय सम्झौता भएको जनाएको छ । सुरुङ निर्माणका लागि टचस्टोनले १६ अर्ब ८० करोड डलर (१५ अर्ब युरो) उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ...बाँकी अंश →


सडक दुर्घटनामा २५ जनाको मृत्यु

मेक्सिको, २४ फागुन ,,  – मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । मध्य अमेरिकी आप्रवासीहरु बोकेको ट्रक बिहीबार दुर्घटनाग्रस्त भएको हो । सो घटनामा परी अरु ३२ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । छिमेकी मुुलुक ग्वाटेमालासँगको सीमा क्षेत्रमा पर्ने चियापास राज्यमा उक्त...बाँकी अंश →


टेस्लाले चीनमा विद्युतीय कार उत्पादन कारखाना निर्माण गर्ने

शाङ्घाई, २४ फागुन ,,  – विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्न चिनीया बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ । यो कारखाना शाङ्घाई नजिक निर्माण गरिने कम्पनीले जनाएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित उक्त कम्पनीले चीनमा कारखाना निर्माण गर्ने बताए पनि पुँजी जुटाउन...बाँकी अंश →


चीनको आयात, निर्यात दुबै घट्यो

बेइजिङ, २४ फागुन ,, – चीनको आयात निर्यात गत फेब्रुअरी महिनामा अपेक्षा गरेभन्दा बढी न्यून भएको छ । संयुक्तराज्य अमेरिकासँग व्यापार युद्ध गरिरहेको चीनमाथि आर्थिक वृद्धिमा आएको न्यूनताले थप चिन्तित बनाएको छ । चीनको भन्सार प्रशासनका अनुसार, संयुक्तराज्य अमेरिकासँगको व्यापार नाफा फेब्रुअरीमा १४ अर्ब ७० करोड डलर पुगेको छ ।...बाँकी अंश →


राजनीतिक सङ्कटबीच कतारले बेच्यो १२ अर्ब डलरको ऋणपत्र

दोहा, २३ फागुन ,,  – कतारले १२ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेको अर्थ मन्त्रालयले बिहीबार जनाएको छ । खाडी राष्ट्रको गठबन्धनले आर्थिक तथा कूटनीतिक सम्बन्ध बिच्छेद गरे पनि कतारले उत्साहप्रद किसिमबाट ऋणपत्र बिक्री गरेको छ । “कतारले अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफलता हासिल गरेको छ, र तीन पटक जारी गरिएको...बाँकी अंश →


इन्डोनेसियाको सुन खानी दुर्घटना, मृतकको संख्या २७ पुग्यो

जकार्ता, २३ फागुन ,,  – मध्य इन्डोनेसियाको एक सुन खानीमा भएको दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २७ पुगेको राष्ट्रिय विपद् एजेन्सीले जनाएको छ । एजेन्सीका अधिकारीहरुले अरु व्यक्तिको खोज तथा उद्धारको कार्य अन्त्य भएको पनि जनाएका छन् । उद्धारकर्मीलाई सुन खानीको भित्री भागमा पुगेर खोज तथा उद्धारका कार्य गर्न कठिनाई भएपछि...बाँकी अंश →


बस स्टेशनभित्र बम विस्फोट

श्रीनगर, २३ फागुन  ,, – भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा १८ व्यक्ति घाइते भएको भारतीय प्रहरीले जानकारी दिएको छ । जम्मु शहरमा रहेको मुख्य बस स्टेशनमा सो बम विस्फोट भएको थियो । जम्मु शहर भारत नियन्त्रित काश्मिरको शरदकालीन राजधानीको...बाँकी अंश →


हुवावेद्वारा अमेरिकी सरकार विरुद्ध मुद्दा दायर

शेनजेन, २३ फागुन (रासस/एएफपी) – सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनीया कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग गर्दै मुद्दा दायर गरेको छ । हुवावेले आफ्ना उपकरण मार्फत चीन सरकारका लागि जासुसी गरिरहेको आरोप लगाउँदै अमेरिकाले हुवावेका सामग्री खरिदमा प्रतिबन्ध लगाइरहेको छ...बाँकी अंश →


उत्तर कोरियाले रकेट ‘साइट’ निर्माण गरेको हो भने दुःखद– राष्ट्रपति ट्रम्प

वासिङटन, २३ फागुन ,,  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको हो भने सो घटना निकै दुःखद भएको बताउनुभएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने...बाँकी अंश →


पूर्वी अफगानिस्तान आक्रमणमा सोह्रको मृत्यु

जलालाबाद, २२ फागुन ,, – अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा एक निर्माणाधीन कम्पनीलाई लक्ष्य गरी बुधबार बिहान सबेरै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । यस युद्धगस्त देशमा यो पछिल्लो रक्तपातपूर्ण घटना भएको एक सरकारी अधिकारीले जानकारी दिनु भएको छ । प्रान्तीय...बाँकी अंश →


अमेरिका प्रवेश गर्ने आप्रवासीहरुको संख्या दोब्बरले बढ्यो

वासिङ्टन, २२ फागुन ,,  – संयुक्तराज्य अमेरिकाको दक्षिणपश्चिम सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ । सीमा अधिकारीहरुका अनुसार गत महिना अमेरिका–मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरु ७६ हजारभन्दा बढी देखिएको छ । गत वर्षको यही महिनाको तुलनामा यो दोब्बर बढी हो । केही महिनादेखि १००...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter