११ माघ २०८१

अन्तराष्ट्रिय समाचार

पश्चिम अफगानिस्तानमा भिडन्त, एघार सुरक्षा अधिकारीको मृत्यु

काबुल, २८ फागुन ,,  अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चार माध्यम टोलो टेलिभिजन च्यानलले जनाएको छ । प्रान्तीय राजधानी कला–ए–नाउबाट उत्तरमा पर्ने यस इलाकामा सोमबार राति दर्जनांै...बाँकी अंश →


दक्षिण कोरिया र ब्रुनाईबीच आर्थिक सहयोग बारे सम्झौता

बन्दरसेरी बेगवान, २७ फागुन ,, – दक्षिण कोरिया र ब्रुनाईका नेताहरुबीच सोमबार ब्रुनाईको ऊर्जा उद्योगमा सहयोग विस्तार गर्ने तथा नयाँ प्रविधि क्षेत्रमा साझेदारी बढाउने सहमति भएको छ । ब्रुनाईको राजधानीमा आयोजित द्विपक्षीय शिखर बैठकमा उत्तर कोरियाका राष्ट्रपति मून जाए–इन र ब्रुनाईका सुल्तान हसनाल बोल्कियाले विगत ३५ वर्षमा दुबै देशबीच पूर्वाधार...बाँकी अंश →


इरानी राष्ट्रपति रौहानी इराक भ्रमणमा

बग्दाद, २७ फागुन  ,,   इरानका राष्ट्रपति हसन रौहानी तीन दिने औपचारिक भ्रमणको क्रममा सोमबार इराकको राजधानी बग्दाद पुग्नुभएको छ । अमेरिकाले इराकलाई छिमेकीहरुको सम्बन्ध सीमित राख्न दबाब दिइरहेका अवस्थामा रौहानीको औपचारिक भ्रमण भएको छ । तेहरानबाट प्रस्थान गर्नुअघि रौहानीले इरान र इराकबीच “विशेष सम्बन्ध” रहेको बताउनुभयो । उहाँले इरान र...बाँकी अंश →


जम्मु काश्मिरमा तीन जना लडाकू मारिए

ट्राल, जम्मु काश्मिर, २७ फागुन ,, – सुरक्षा फौजको कारबाहीमा आइतबार पुलवामा जिल्लाको ट्राल नगरमा तीन जना काश्मिरी पृथकतावादी लडाकूहरु मारिएका छन् । घटनास्थलबाट दुई वटा एके–४७ राइफल र एउटा पिस्तोल बरामद भएको छ । खोजी कार्य जारी रहेको सेनाले जनाएको छ । आतङ्कवादी कृयाकलापमा संलग्न व्यक्तिहरु रहेको आशंकामा सेनाले...बाँकी अंश →


ट्रम्प र किमबीच तेस्रो शिखर वार्ताको सम्भावना छ – बोल्टन

वासिङटन, २७ फागुन ,,  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–अनसँग तेस्रो शिखर वार्ता गर्न आफू खुल्ला रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सहल्लाकार जोन बोल्टनले आइतबार अमेरिकी टेलिभिजन च्यानल एबीसीलाई दिनुभएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले किमसँग व्यक्तिगत सम्बन्ध विकास गर्नका लागि लामो समय खर्चिनु भएको बताउँदै...बाँकी अंश →


ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग

वासिङ्टन, २७ फागुन ,, – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न आठ अर्ब ६० करोड अमेरिकी डलर आवश्यक रहेको भन्दै उक्त रकम उपलब्ध गराउन अमेरिकी कङ्ग्रेस समक्ष आग्रह गर्नुभएको छ । यो बजेट मागसँगै राष्ट्रपति ट्रम्प र कङ्ग्रेसबीच पुनः सङ्घर्ष चर्किने खतरा बढेको छ । सोमबार सार्वजनिक...बाँकी अंश →


दुई वटा दुर्घटना भएसँगै बोइङ ७३७ म्याक्सको सुरक्षामाथि प्रश्नचिन्ह

वासिङ्टन, २७ फागुन ,,  – छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ । दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो । अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको प्राविधिक सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठाउन थालिएको छ । बोइङको...बाँकी अंश →


केन्यामा १५७ यात्रु बोकेको जहाज दुर्घटनग्रस्त

नैरोबी, २६ फागुन ,,  इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको छ । आडीस अबाबाबाट नैरोबी आउदै गरेको विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका बताइएको छ । इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका परिवारप्रति दुःख व्यक्त गरेको छ । “दुर्घटनामा परेका...बाँकी अंश →


कारबाहीमा साठी तालिबान लडाकू मारिए

अफगानिस्तान, २६ फागुन ,,  अफगानी सुरक्षाकर्मीले गत चौबिस घण्टाको अवधिमा तालिबान लडाकूविरुद्ध गरेको कारबाहीमा परी कम्तीमा ६० जना लडाकू मारिएका छन् । विषेश सुरक्षा बलले गरेको सो कारबाहीका क्रममा ती तालिबान लडाकूहरु मारिएका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । स्रोतहरुलाई उद्धृत गर्दै खामा प्रेसले जनाएअनुसार २९ जना तालिबान लडाकूहरु बाराकी...बाँकी अंश →


भारतमा निर्वाचनको मिति आज घोषणा हुने

नयाँ दिल्ली, २६ फागुन ,,  भारतमा हुन लागेको आम निर्वाचनका लागि आइतबार मतदानको मिति घोषणा हुने भएको छ । विश्वकै सवै भन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा हुने राष्ट्रिय निर्वाचनमा अर्बौ मतदाताले सहभागीता जनाउने छन् । निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेको र सोही सम्मेलनमा निर्वाचनको मिति सार्वजनिक हुने अपेक्षा...बाँकी अंश →


आक्रमणमा परी म्यानमारमा नौ प्रहरी मारिए

याङ्गुन, २६ फागुन ,,  प्रहरी कार्यालयमा भएको आक्रमणमा परी म्यानमारमा कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ । म्यानमारको राखिन राज्य अन्तर्गत पर्ने पोन्नाग्युनमा रहेको प्रहरी कार्यालयमा शनिबार आक्रमण भएको अधिकारीले आइतबार जनाएका छन् । स्थानीय समयानुसार बिहान ११.२० मा भएको यस आक्रमणमा परी अरु दुई जना घाइते भएका प्रहरीको भनाइ...बाँकी अंश →


मेक्सिको रात्रि क्लबमा आक्रमण पन्ध्रको मृत्यु

मेक्सिको सिटी, २६ फागुन ,,  मेक्सिकोको एउटा रात्रि क्लबमा शनिबार भएको आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । शनिबार भएको यस घटनामा परी अरु तीन जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा रहेको ‘ला प्लाया’ नामक रात्रि क्लबमा हतियारधारी व्यक्तिहरुको समूहले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter