११ माघ २०८१

अन्तराष्ट्रिय समाचार

इजरायलद्वारा हमास लक्षित आक्रमण

जेरुसलेम, १ चैत । इजरायलले गाजा क्षेत्रमा गएराति हमास लक्षित एकसय भन्दा बढी हवाई आक्रमण गरेको छ । प्यालेस्टिनी क्षेत्रबाट आर्थिक राजधानी तेल अभिभ समेतका क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया स्वरुप इजरायलले हवाई आक्रमण गरिएको इजरायलले बताएको छ । “लडाकू विमान, हेलिकप्टर र अरु विमानको सहयोगमा गएराति १०० भन्दा बढी...बाँकी अंश →


मुम्बईमा पैदल यात्रु हिड्ने पुल भत्किदाँ छ पुग्यो

नयाँ दिल्ली, १ चैत ,, भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६ हुनुको साथै अन्य ३१ घाइते भएका प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । बिहीबार साँझ भएको यस घटनामा छ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३१ घाइते भएका एक प्रहरी...बाँकी अंश →


न्युजिल्याण्ड मस्जिद आक्रमणमा चालिस जनाको मृत्यु, बीस घाइते

क्राइस्टचर्च, न्युजिल्याण्ड, १ फागुन  ,,   न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराउनुभएको छ । उक्त आक्रमणमा परी २० जना घाइते भएका बताइएको छ । घाइते सबै जनालाई स्थानीय अस्पतालमा लगि उपचार शुरू गरिएको छ । घाइतेमध्ये...बाँकी अंश →


किमको हत्या आरोपी भियतनामीलाई रिहा गर्न अस्वीकार

शाहअलाम, मलेसिया, ३० फागनु ,,  उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा रहेकी भियतनामकी महिला तत्काल रिहा नहुने भएकी छन् । भियतनामी महिला डोन थि हौङलाई रिहा गर्न आग्रहसहित दर्ता गरिएको निवेदनको जवाफमा अदालतका अधिकारीहरुले रिहा गर्न अस्वीकार गरेका हुन् ।...बाँकी अंश →


हाफिजलाई प्रतिबन्ध लगाउने प्रस्ताव रोकेकामा भारतको असन्तुष्टी

नयाँदिल्ली, ३० फागुन   ,, भारतले पाकिस्तानमा आश्रय लिइरहेको लडाकू समूहका नेता मसूद अजहर र उनले नेतृत्व गरेको जैस–ए–मोहम्मद समूहलाई कालोसूचीमा राख्ने राष्ट्रसंघको प्रस्तावलाई चीनले अस्वीकृत गरेको भन्दै “निराशा” व्यक्त गरेको छ । यही समूहले फेब्रुअरी १४ मा भारत नियन्त्रित काश्मिरको पुलवामा बिस्फोट गराउँदा ४० जना भारतीय सिपाहीको मृत्यु भएको थियो...बाँकी अंश →


अफगानिस्तानको युद्ध अन्त्य गर्न अमेरिकी सांसदहरुको दवाव

वासिङ्टन, ३० फागुन  ,,  अमेरिकी संसदहरुले अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्न बुधबार दवाव दिएका छन् । अमेरिकाको आधुनिक इतिहासमा सबैभन्दा लामो अवधिसम्म चलेको मनिने अफगानिस्तान युद्ध झण्डै १८ वर्षदेखि जारी छ । “अफगानिस्तानमा भइरहेको युद्ध चाँडै नै अन्त्य गरिनु पर्दछ । लडाइँ शुरु हुँदाताका जन्मिएका अमेरिकी बालबच्चा अहिले त्यही लडाइँमा...बाँकी अंश →


बोइङ ७३७ उडान स्थगन गर्न ट्रम्पको आदेश

वासिङ्टन, ३० फागुन  ,,  संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आदेश जारी गर्दै बोइङ ७३७ म्याक्स सिरिजका विमानको उडान तत्काल स्थगन गर्ने बताउनुभयो । इथियोपियन एयरलाइन्सको विमान उडेको केही समयभित्रै दुर्घटना हुँदा त्यहाँ यात्रारत १५७ जनाको...बाँकी अंश →


सुडानी राष्ट्रपति विरुद्ध प्रदर्शन जारी, निकास निस्कने छाँट छैन

कायरो, ३० फागुन  ,,  सुडानका राष्ट्रपति ओमार अल–बासिरको राजीनामा माग गर्दै विगत तीन महिनादेखि जारी विरोध प्रदर्शनलाई अझ सशक्त बनाउने बताएका छन् । तर राष्ट्रपति बासिरले देशको शक्तिशाली सेनासँग सम्बन्ध सुदृढ बनाउनुका साथै विपक्षीका मागलाई स्वीकार्न नसकिने बताउनुभएको छ । तीन दशकदेखि गृहयुद्ध र प्रतिबन्ध सामना गरेको सुडानको सर्वोच्च नेतृत्वमा...बाँकी अंश →


उत्तर कोरियाका लागि मानवीय सहायता परियोजना स्वीकृत

सियोल, ३० फागुन ,, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाका लागि पाँच वटा प्रस्तावित मानवीय सहायता परियोजनाको कार्य अघि बढाउन स्वीकृति दिएको छ । राष्ट्रसंघ सुरक्षा परिषदले लगाएका प्रतिबन्धहरुमध्ये पोषण र औषधोपचार समेतका पाँच क्षेत्रमा लागेका प्रतिबन्धहरु आंशिक फुकुवा गरेको हो । फ्रान्सेली गैरसरकारी संस्थाहरु प्रिमियर अर्जेन्स इन्टरनेसनललाई बाल पोषण...बाँकी अंश →


ब्राजिलको एक विद्यालयमा गोली चल्दा दशको मृत्यु

साओ पाउलो, ब्राजिल, ३० फागुन  ,,  ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तीमा दश जनाको मृत्यु भएको छ । बुधबार भएको सो घटनामा परी अरु केही घाइते भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । गोली लागेर मृत्यु भएका मध्ये सात जना विद्यार्थी रहेका छन् भने एक...बाँकी अंश →


ओलम्पिकमा विशेष इतिहास बनाउने सउदी भेट्नुहोस्

तिनीहरू MENA  क्षेत्रमा पहिलो आयोजित हुने विश्व खेल अबू धाबी मा हजारौं एथलीटहरूमा सामेल हुनेछ र अर्को पहिलोमा, महिला खेलाडीहरू सउदी प्रतिनिधिमण्डलका भाग हुनेछन्, जुन 10 खेलमा भाग लिन सकिन्छ   ABU DHABI: एथलीटहरू आइपुगेका छन्, प्रतीकात्मक मशाल आइपुग्यो र संयुक्त अरब अमीरातको राजधानीमा सयौं हजार आगंतुकहरू उत्रिएका छन्। विशेष...बाँकी अंश →


हङकङमा सुनको मूल्य बढ्यो

हङकङ, २९ फागुन ,,  हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम (एक टायल) सुनको मूल्य १२ हजार २१० हङकङ डलर (करिब एक हजार ५५६ अमेरिकी डलर) मा किनबेच भएको छ । चिनीया सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार बुधबार प्रति ३७ ग्राम सुनको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter