कर्नाटक, भारत, ७ चैत ,, भारतको कर्नाटक राज्यस्थित धारवादमा गत मङ्गलबार एक घर भत्किँदा मारिने व्यक्तिको संख्या सात पुगेको स्थानीय प्रशासनले जनाएको छ । धारवादकी उपआयुक्त दीपा चोलानले भवनमा पुरिएका ६१ जनाको जीवितै उद्धार गरिएको बताउनुभयो । भारतीय वायुसेनाले निर्माणाधीन घरले थिचेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि दुई वटा टोलीलाई...बाँकी अंश →
मनिला, ८ चैत ,, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले फिलिपिन्स सरकारले त्यहाँका विद्रोही कम्युनिष्ट गुरिल्लाहरुसँग वार्ता गर्न लागि भनेर गठन गरेको सरकारी तर्फको वार्ता टोली भङ्ग गरेको छ । राष्ट्रपति डुटेर्तेको कार्यालयले जनाएअनुसार सो वार्ता टोली गत मङ्गलबार भङ्ग गरिएको हो । फिलिपिन्सका श्रमसम्बन्धी सचिवको नेतृत्वमा रहेको सो वार्ता टोलीलाई भङ्ग...बाँकी अंश →
मेक्सिको सिटी, ५ चैत ,, मेक्सिको सरकारले यसै वर्ष मेक्सिको खाडी र त्यस वरपर नयाँ २० वटा तेल खानीको विकास गरिने घोषणा गरेको छ । सरकार नियन्त्रित पेट्रोलिओस मेक्सिकानोस (पेमेक्स)का महानिर्देशक ओक्टाभियो रोमेराले १६ वटा तेलकुवा गल्फ अफ मेक्सिकोको तटीय इलाकामा रहने जानकारी दिनुभयो । अरु तीन वटा तेलकुवा टाबास्को...बाँकी अंश →
दुबई, ५ चैत ,, संयुक्त अरब इमिरेट्सले यस वर्ष आफ्ना नागरिकका लागि निजी क्षेत्रमा ३० हजार रोजगारी सिर्जना गर्ने मानव संशाधन मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत वर्ष सन् २०१८ मा इमिरेटी नागरिकका लागि २० हजार २२५ रोजगारी सिर्जना गरिएको जनाएको छ । यो संख्या अघिल्लो वर्ष सन् २०१७ को...बाँकी अंश →
उट्रेख्ट, नेदरल्यान्ड्स, ५ चैत ,, नेदरल्यान्ड्स प्रहरीले उट्रेख्ट शहरमा रोकिराखेको ट्राममा अन्धाधुन्ध गोली चलाएर तीन जनाको हत्या गरेको आशंकामा एक जना मुख्य आक्रमणकारीलाई पक्राउ गरेको छ । टर्की मुलका ती अधवैंशे व्यक्तिले आतङ्कवादी आक्रमण गरेको आशंकामा छानबिन थालिएको प्रहरीको भनाई छ । उक्त आक्रमणमा अरु पाँच जना गम्भीर घाइते भएका...बाँकी अंश →
जाकार्ता, ५ चैत ,, इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयापुरा जिल्लामा गत शनिबार साँझदेखि आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब ९० पुगेको छ । इन्डोनेसिया पूर्वी प्रान्त पपुवामा जारी यस प्रकोपमा ८९ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७४ जना बेपत्ता रहेका र उद्धार प्रयास जारी रहेको इन्डोनेसियाली...बाँकी अंश →
बेयरा, मोजाम्बिक, ५ चैत ,, मोजाम्बिकमा यसै हप्ता आएका ‘इडाई’ नामक सामूद्रिक आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको छ । जिम्बाब्वेको छिमेकीमा रहेका नगरहरुमा सयौँको सङ्ख्याका व्यक्तिको मृत्यु हुनुको साथै अन्य २०० व्यक्ति वेपत्ता भएका छन् । त्यहाँका राष्ट्रपति फिलिपे नुसीले उक्त जानकारी दिनु भएको छ...बाँकी अंश →
वासिङ्टन, ५ चैत ,, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताउनुभएको छ । उहाँले एक अमेरिकी रेडियोलाई दिनुभएको अन्तर्वार्तामा अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः वार्ता गर्नसक्ने बताउनु भएको जनाइएको छ । उत्तर कोरियाको निशस्त्रीकरणको विषय अमेरिका र उत्तर कोरियाबीचको आपसी चासोको विषय...बाँकी अंश →
रबियाले सऊदी अरबमा विशेष प्रशिक्षण केन्द्रहरूको संख्या बढाउन योजनाहरूको पुष्टि गरे रियाद: सउदी स्वास्थ्य मंत्री, डॉ तौफीक बिन फावजान अल-रबियाले पेशेमा उपलब्धि पहिचान गर्न वार्षिक रूपमा "नर्सिङ उत्कृष्टता" नयाँ पुरस्कारको घोषणा गरेको छ। उनले भने कि पुरस्कार स्कूलहरू र विश्वविद्यालयहरूमा मानवताको खोजीको रूपमा नर्सिङ बढाउन मद्दत पुर्याउँन, र सउदी...बाँकी अंश →
वेलिङटन, ४ चैत ,, न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्दा एर्डेनले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा १० दिनभित्र बन्दुक सम्बन्धी कानूनमा सुधार गर्ने धारणा राख्नुभएको छ । बन्दुकसम्बन्धी नियममा सुधारगर्ने सम्बन्धमा संयुक्त गठबन्धन पार्टीहरु न्युजिल्याड लेबर पार्टी, न्युजिल्याण्ड फस्ट पार्टी र ग्रीन पार्टीबीच सहमती भएको एर्डेनले मन्त्रिपरिषदको बैठकपछि भएको एक प्रेस सम्मेलनमा बताउनु भएको...बाँकी अंश →
क्यानबेरा, ४ चैत ,, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले सो देशमा धार्मिक सम्प्रदायहरुका आफ्ना संस्कारसम्बन्धी कायक्रमहरुलाई सुरक्षित बनाउन भन्दै थप सुरक्षा व्यवस्थाको घोषणा गर्नुभएको छ । उहाँले सो प्रयोजनका लागि सोमबार करिब ३ करोड ९० लाख अमेरिकी डलर बराबरको सुरक्षा खर्चको घोषणा गर्नुभएको जनाइएको छ । न्युजिल्याण्डको एक चर्चमा हालैमात्र भएको...बाँकी अंश →
जाकार्ता, ४ चैत ,, इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ । यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको प्रयास जारी रहेको एक स्थानीय अधिकारीहले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । खोजी र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: