जियाङ्सु, ११ चैत ,, पूर्वी चीनको जियाङसु प्रान्तमा रहेको एक रसायन कारखानामा विस्फोट हुँदा मृत्यु हुने व्यक्तिको सङ्ख्यामा सोमबारसम्म ७८ पुगेको छ । स्थानीय समयानुसार बिहीबार अपराह्न २ः५० बजे जियाङसु प्रान्तको याङचेङ शहरमा अवस्थित उक्त रसायन कारखाना विस्फोट भएको थियो । स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोट निकै शक्तिशाली थियो । यस...बाँकी अंश →
नाइस, फ्रान्स, ११ चैत ,, चीन राष्ट्रपति सी चिन फिङले ‘चीन र फ्रान्स विशेष मित्र’ भएको बताउनुभएको छ । फ्रान्सले नयाँ चीनसँग राजदूत स्तरीय कुटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो पश्चिमी मुलुक रहेको स्मरण फ्रान्स भ्रमणमा रहनुभएका सीले चीन–फ्रान्सबीचको सम्बन्धबारे फ्रान्सेली समकक्षीसँग चर्चा गर्ने क्रममा आइतबार बताउनुभएको हो । उहाँले फ्रान्स...बाँकी अंश →
वासिङटन, संयुक्त राज्य अमेरिका, ११ चैत ,, उक्त महान्यायाधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि तयार पारेका सारांशमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अभियान र रुसबीच साठगाँठ भएको प्रमाण नभेटिएको उल्लेख गरिएको बताइएको छ । गत राष्ट्रपतीय निर्वाचन अभियानसँग सम्बन्धित विवादबारे छानबिन गरेका अमेरिकी विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले कङ्ग्रेसमा बुझाएको प्रतिवेदनको सारांशमा...बाँकी अंश →
जेरुसेलम, ११ चैत ,, इजरायलको तेल अवीवको उत्तरमा पर्ने गाजा क्षेत्रमा रकेट प्रहार भएपछि अमेरिकाको भ्रमणमा रहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो भ्रमण छोट्याएर देश फर्किन लाग्नु भएको सोमबार बताइएको छ । रकेट आक्रमणमा परी कम्तिमा सात व्यक्ति घाइते भएका छन् । आफ्नो देशमा सुरक्षाको कारण सयुक्त राज्य अमेरिको भ्रमण...बाँकी अंश →
वासिङटन, ११ चैत ,, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वासिङ्टनमा सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सो भेटवार्ताको क्रममा गोलान हाइटस्मा रहेको यहुदीहरूको सार्वभौमितालाई अमेरिकी राष्ट्रपति ट्रम्पले औपचारिक रुपमा स्वीकार गर्ने अनुमान गरिएको छ । सिरियाले १९६७ मा छ दिनको युद्ध गरी आफ्नो कब्जामा लिएको गोलान...बाँकी अंश →
जलालाबाद, ११ चैत ,, अफगानिस्तानको पूर्वी प्रान्त नानगाहारको प्रान्तीय राजधानी जलालाबाद शहरका रहेको एक स्वास्थ्य शिवीरनजिकै सोमबार एक विस्फोट भएको छ । यसमा परी कम्तीमा आठ सर्वसाधारण घाइते भएका एक स्थानीय अधिकारीले जानकारी दिएका छन् । घाइते मध्ये तीन बालबालिका र तीन महिलालाई प्रान्तीय अस्पतालमा सारिएको प्रहरी र उद्धारकर्ताहरुको टोली...बाँकी अंश →
सियोल, दक्षिण कोरिया, ११ चैत ,, उत्तर कोरियाले आफ्ना कर्मचारीलाई अन्तर–कोरियाली सम्पर्क कार्यालयमा पुनः फिर्ता पठाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनामको हनोईमा भएको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि उत्तर कोरिया र अमेरिकाबीच अन्यौल बढिरहेका समय गत हप्ता प्योङयाङले एक तर्फीरूपमा आफ्ना कर्मचारीलाई उक्त कार्यालयबाट फिर्ता बोलाएको थियो । तर कर्मचारी...बाँकी अंश →
मुम्बई, ११ चैत ,, भारतमा सन् २०१८ मा क्षयरोगका संक्रमित नागरिकको संख्या २१ लाख ५० हजार जना रहेका छन् । भारतको स्वास्थ्य तथा परिवार स्वास्थ्यसम्बन्धी मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार भारतमा सन् २०१८ मा मात्र क्षयरोगका २१ लाख ५० हजार नागरिकमा संक्रमण भएको छ । आइतबार उक्त मन्त्रालयले प्रकाशन गरेको एक...बाँकी अंश →
जाकार्ता, १० चैत ,, इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ । भूकम्पपछिको तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले स्पष्ट पारेका छन् । स्थानीय समय अनुसार दिउसो १ बजेर ३७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु उत्तर पश्चिमी जैलोलोमा रहेको अधिकारीहरुले जनाएका छन् ।...बाँकी अंश →
कराँची, १० चैत ,, पाकिस्तानका लाखौँ नागरिकलाई कुपोषणको समस्या रहेको पाइएको छ । गरिवी र भोकका बारेमा अध्ययन अनुसन्धान गर्दै आएको इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । प्रतिवेदनका अनुसार औसतमा पाँच जना मध्ये एक जनामा अर्थात् पाकिस्तानका करिव दुई करोड जनामा कुपोषणको समस्या...बाँकी अंश →
सियोल, दक्षिण कोरिया, ,, अर्धसुचालक तथा पेट्रोकेमिकल सामग्रीका लागि अत्यधिक निर्भरताका कारण ओइसीडी सदस्य राष्ट्रका अन्य मुलुकको तुलनामा दक्षिण कोरियाको निर्यात दरमा भारी गिरावट देखिएको आइतबार सार्वजनिक एक तथ्याङ्कले देखाएको छ । आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) द्वारा सङ्कलन गरेको तथ्याङ्क अनुसार दक्षिण कोरियाको निर्यात दरमा अघिल्लो बर्षको तुलनामा...बाँकी अंश →
बैङ्कक, १० चैत ,, सन् २०१४ मा भएको सैन्य कु पछि थाइल्याण्डमा आइतबार पहिलो पटक निर्वाचन भएको छ । विद्यालय, मन्दीर, सरकारीकार्यालयलगायतका ठाउँमा विहानै देखि मतदान गर्नेहरुको भीड लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बहुप्रतिक्षित यस निर्वाचनप्रति थाइल्याण्डका धेरै जनता उत्साहित देखिएका छन् भने राजाले पनि आफ्नो असल नेता...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: