११ माघ २०८१

अन्तराष्ट्रिय समाचार

अल्जेरियाका राष्ट्रपति अयोग्य भएको सेना प्रमुखको भनाई

अल्जियर्स, १३ चैत ,,  अल्जेरियाका सेना प्रमुखले राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकालाई शासनका लागि अशक्त घोषणा गरेर पदबाट हटाउनु पर्ने मङ्गलबार बताउनुभएको छ । दुई दशकसम्म शासन गरेका अशक्त र रोगी नेता पद त्याग्नु पर्ने मागसहित केही हप्ता यता अल्जेरियामा प्रदर्शन जारी रहेको छ । जनरल अहमद गइद सलाहले एक टेलिभिजन सम्बोधनमा...बाँकी अंश →


रुस, भेनेजुएलाबीच २० वटा सम्झौताको तयारी

काराकास, १३ चैत ,,  रुस र भेनेजुएलाबीच ऊर्जा र शिक्षा समेतका विभिन्न क्षेत्रमा सहयोग सम्बन्धी २० वटा विषयमा सम्झौता हुन लागेको भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले बताउनुभएको छ । “अप्रिलमा रुस र भेनेजुएलाबीच अन्तरसरकारी सहयोग सम्बन्धी उच्चस्तरीय कार्यदलको बैठक बस्दैछ । बैठकले आर्थिक, व्यापारिक, सांस्कृतिक, ऊर्जा र शिक्षासम्बन्धी २० वटा दस्तावेजमा...बाँकी अंश →


अमेरिका र इजिप्टका विदेशमन्त्रीबीच भेटवार्ता

वासिङ्टन, १३ चैत ,,  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र इजिप्टका विदेशमन्त्री सामेह सोउकीबीच मङ्गलबार द्वीपक्षीय भेटवार्ता भएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ । पोम्पेओ र सोउकीबीच दुई देशको आपसी हित र क्षेत्रीय सुरक्षा तथा स्थायित्वका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता रोबर्ट पल्लाडिनोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।...बाँकी अंश →


अन्तरिक्षमा राखिएको भूउपग्रह खसाल्न भारत सफल– भारतीय प्रम मोदी

नयाँदिल्ली, १३ चैत ,, भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ । भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री मोदीले दाबी गर्नुभयो । संयुक्तराज्य अमेरिका, रुस र चीनसँग मात्र...बाँकी अंश →


क्यादी प्यासिफिकले एचके एक्सप्रेस खरिद गर्ने

हङकङ, १३ चैत ,,  हङकङको ध्वजाबाहक विमान कम्पनी क्यादी प्यासिफिकले बजेट एयरलाइनर एचके एक्सप्रेसलाई ६० करोड अमेरिकी डलरमा खरिद गर्न लागेको जनाएको छ । क्षेत्रमै न्यून लागतका उडान सेवाबाट उत्पन्न प्रतिस्पर्धासँग जुध्न यस्तो कदम चाल्नु परेको क्यादी प्यासिफिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ एयरलाइन्स खरिद गरेसँगै हवाई उड्डयन...बाँकी अंश →


बोइङ ७३७ म्याक्स आकस्मिक अवतरण

ओल्र्यान्डो, अमेरिका, १३ चैत ,, इन्जिनमा समस्या आएपछि साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ मोडेलको हवाई जहाज स्थानीय समयअनुसार मङ्गलबार आकस्मिक अवतरण गर्नु परेको छ । यही मोडेलका विमान इथियोपिया र इन्डोनेसियामा छ महिनाका अन्तरालमा दुर्घटनाग्रस्त भइसकेका छन् । एकपछि अर्को दुर्घटना भएसँगै विश्वका धेरै मुलुकमा बोइङ ७३७ म्याक्स विमानहरु...बाँकी अंश →


चीनमा भेटियो दुई हजार ५०० वर्ष पुरानो सग्लो अन्डा

नानजिङ, १२ चैत ,,  पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो । नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको...बाँकी अंश →


हमास र इजरायलबीच युद्धबिराम

गाजा सिटी, १२ चैत ,, इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेलगत्तै हमास समूहले इजरायल समक्ष युद्धबिराम भएको जनाएको छ । इजिप्टको मध्यस्थतामा भएको भनिएको यस युद्धबिरामका बारेमा इजरायल सरकारका तर्फबाट कुनै प्रतिक्रिया दिइएको छैन । युद्धबिराम हुनुअघि हमासका तर्फबाट तेल अभिभ नजिक लामो दूरीको क्षेप्यास्त्र प्रहार गरिएपछि इजरायलले प्रतिक्रिया स्वरुप...बाँकी अंश →


ट्रम्पको घोषणाप्रति साउदी अरेबिया क्रुद्ध

रियाद, १२ चैत ,,  गोलान हाइटस् इजरायलको सार्वभौमिक क्षेत्रमा पर्छ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइको साउदी अरेबियाले विरोध गरेको छ । सोमबार साउदी अरेबियाले उक्त भनाइप्रति आपत्ति जनाउँदै अमेरिकी राष्ट्रपतिको यो घोषणाले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको पनि बताएको छ । सिरियाको प्रभुत्व रहेको गोलान हाइटस् इजरायलको हो भनी गरिएको अमेरिकी...बाँकी अंश →


मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा

वासिङ्टन, १२ चैत ,, अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरिदिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपतकालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट सीमामा पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पको सीमा पर्खालका निम्ति संसदबाट बजेट स्वीकृत भएको छैन...बाँकी अंश →


किंग फैसल पुरस्कार: सबै मानिसहरूको लागि इनाम सेवा

रियाद: राजकुमार तुर्क अल-फैसलले का पिता, दिवंगत राजा फैसले, आकांक्षा र आशाको किरण थिेए। RIYADH: प्रिंस तुर्क अल-फैसल के पिता, दिवंगत राजा फैसल, आकांक्षा और आशा की किरण थे। राजा फैसल फाउन्डेशनको स्थापनामा राजा फैसलेको पुत्र र छोरीहरूले उनको स्मृति र दृष्टि को यादको लागि स्थापना गरे। वार्षिक राजा फैसले...बाँकी अंश →


युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित

किभ, १२ चैत ,, युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । सन् २०१८ को डिसेम्बर २८ बाट सन् २०१९ को...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter