१० माघ २०८१

अन्तराष्ट्रिय समाचार

राहुल गान्धी दुई ठाउँबाट चुनाव लड्ने

नयाँ दिल्ली, १७ चैत ,,  भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ट नेता एके एन्टोनीले पार्टी अध्यक्ष राहुल गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने बताउनुभएको छ । केरलाको वायानाड निर्वाचन क्षेत्रबाट पनि गान्धीले लोकसभाका लागि प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो । उहाँ यसअघि उत्तर प्रदेशको अमेठीबाट पनि निर्वाचन लड्ने घोषणा भइसकेको छ । गान्धी दुई...बाँकी अंश →


युक्रेनमा राष्ट्रपतिको निर्वाचन

किभ, युक्रेन, १७ चैत ,, युक्रेनमा राष्ट्रपतिका लागि मतदान शुरु भएको छ । यसपटक वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध एक जना लोकप्रिय हास्यकलाकार र पूर्व प्रधानमन्त्रीले कडा चुनौती दिनुभएको छ । करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका छन् । पछिल्ला...बाँकी अंश →


सउदी अरबले ग्लोबल आतंकवाद विरुद्ध लडाइँमा संयुक्त प्रयासहरूलाई आग्रह गर्दछ

सरकारले असमानता र रिसको कारणले अन्धा आँखालाई रोक्न, दूतावास संयुक्त राष्ट्रलाई बताउँछ न्यूयार्क: संयुक्त राष्ट्रसंघमा सऊदी अरबका राजदूत अब्दुल अल-मौलिमीले न्यूयॉर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषदमा "आतंकवादी गतिविधिले उत्पन्न अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि खतरा" मा भाषण दिएका छन्। 1 9 67 मा गिलान हाइट्सको इजरायली प्रभुत्वमा रहेको इजरायली सार्वभौमिकताको मान्यता...बाँकी अंश →


फिएट क्रिस्लरले १५०० कामदार कटौती गर्ने घोषणा

मोन्ट्रियल, १५ चैत ,,  फिएट क्रिस्लर अटोमोबाइल्स (एफसीए) ले क्यानाडाको विन्डसरस्थित कारखानामा कार्यरत करिब एक हजार ५०० कामदार हटाउने घोषणा गरेको छ । इटालियाली–अमेरिकी कार निर्माताले उक्त कम्पनीले आगामी सेप्टेम्बरको अन्त्यदेखि कामदार कटौती योजना लागू हुने जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा विश्व बजारमा कारको मागलाई ध्यानमा राखेर यस्तो...बाँकी अंश →


कङ्गोबाट आएको ९ टन हात्तीका दाँत भियतनाममा बरामद

हनोई, १५ चैत ,,  भियतनामको भन्सार प्रशासनले काठमा लुकाई छिपाई ल्याइएको ९ टन हात्तीको दाँत बरामद गरेको छ । हात्तीका ती दाँत अफ्रिकी मुलुक कङ्गोबाट ल्याइएको अधिकारीहरुले बताएका छन् । भियतनाममा हात्तीको दाँत खरिद बिक्री गर्न निषेध गरिए पनि कानुनको कमजोर कार्यान्वयनका कारण विश्वव्यापी रुपमै निषेध गरिएका यस्ता वस्तुहरु कालो...बाँकी अंश →


बंगलादेशमा भीषण आगलागी, २५ जनाको मृत्यु

ढाका, १५ चैत  ,,  बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन् । राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीबार अपराह्न आगलागी शुरु हुँदा टावरमा रहेका कार्यालयहरुमा सयौं...बाँकी अंश →


उत्तर कोरियाबारे वार्ता गर्न राष्ट्रपति मून अमेरिका जाने

सियोल, १५ चैत ,, दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि आगामी अप्रिल १० मा वासिङ्टन डिसी जानुहुने भएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार दुई नेताबीचको भेटवार्तामा मुख्यरुपमा हाल अबरुद्ध रहेको उत्तर कोरियासँगको आणविक निःशस्त्रीकरणका विषयमा छलफल हुनेछ । उत्तर कोरियाका विषयमा अमेरिकी राष्ट्रपतिसँग...बाँकी अंश →


काश्मिर आत्मघाती हमलामा हाम्रो संलग्नता छैन – पाकिस्तान

इस्लामाबाद, १४ चैत ,,  पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ । उक्त आक्रमणपछि भारतले पाकिस्तानी अधिकारीहरुलाई शंकास्पद ९० जना व्यक्ति तथा २२ वटा शंकास्पद तालिम केन्द्रहरुको सूची पठाएको थियो । तर पाकिस्तानी विदेश मन्त्रालयले...बाँकी अंश →


हेलिकप्टर दुर्घटनामा १३ जनाको मृत्यु

अल्माटी, १४ चैत ,, कजाखस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । कजाखस्तानका नवनिर्वाचित राष्ट्रपति कास्सिम जोमार्ट टोकायेभले घटनाको छानबिन गर्न आदेश दिनुभएको छ । एमआई हेलिकप्टरहरु यात्रुहरु र दुर्गम...बाँकी अंश →


गाजा क्षेत्र युद्ध र गरिबीबाट आक्रान्त

गाजा शहर, १४ चैत ,, प्यालेस्टिनीहरुको बाक्लो बसोबास रहेको गाजा क्षेत्रमा इस्लामिक क्रान्तिकारी संगठन हमासले प्रशासन चलाउन थालेको केही वर्ष भइसकेको छ । यो ठाउँ गरिबीबाट आक्रान्त हुनुका साथै इजरायल र इजिप्टको नाकाबन्दीले थप सङ्कटमा छ । पृथ्वीमै सर्वाधिक जनघनत्व रहेका स्थानमध्ये एक गाजा क्षेत्रमा २० लाख प्यालेस्टिनीको बसोबास छ...बाँकी अंश →


सडक दुर्घटनामा तीसको मृत्यु

ग्वाटेमाला सिटी, १४ चैत ,, ग्वाटेमाला शहरको एक राजमार्गमा बुधबार राती भएको सडक दुर्घटनामा परी कम्तीमा ३० ग्वाटेमाली नागरिकको मृत्यु भएको छ । एक यात्रुबाहक बस अर्को एक सानो ट्रकसँग ठोक्ँिकदा सो दुर्घटना भएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । उक्त दुर्घटना पश्चिमी शहर नहुआला शहरको प्रवेशद्धारमा भएको थियो । उक्त...बाँकी अंश →


अमेरिका–चीन व्यापार वार्ता बेइजिङमा शुरु

बेइजिङ, १५ चैत ,, संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा बिहीबार शुरु हुँदैछ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै देशका वरिष्ट अधिकारीहरुको वार्ता घनिभूत रुपमा अगाडि बढेको छ । अमेरिकी प्रमुख व्यापार प्रतिनिधि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter