१० माघ २०८१

अन्तराष्ट्रिय समाचार

नाइजेरियामा छ हजार शिक्षक आवश्यक

लेगोस, २७ जेठ   ,,  नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शिक्षाको गुणस्तर सुधार गर्न करिब छ हजार थप शिक्षक आवश्यक रहेको नाइजेरियाका शिक्षा अधिकारीहरुले बताएका छन् । नाइजेरियाली शिक्षक युनियन (एनयूटी) का अध्यक्ष जिब्रिल मुहम्मदले सरकारले बोर्नो राज्यमा राम्रा र सुविधायुक्त विद्यालयहरु निर्माण गरिरहेको भएपनि शिक्षकको चरम अभाव रहेको बताउनुभयो । उहाँले...बाँकी अंश →


भारतीय प्रधानमन्त्री मोदी श्रीलङ्का भ्रमणमा

कोलम्बो, २६ जेठ  ,,   भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी मुलुक श्रीलङ्काको भ्रमणमा आउनु भएको छ । श्रीलङ्कामा गत अप्रिल २१ तारिखका दिन २५० भन्दा बढीको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणपछि पहिलो विदेशी नेताको भ्रमण भएको हो । प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमणका रुपमा माल्दिभ्स पुगेर...बाँकी अंश →


नाइजेरियामा भिषण सडक दुर्घटना

लेगोस, २६ जेठ  ,,   नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको भिषण सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो । विपरीत दिशाबाट आइरहेको सामान बोक्ने लरीसँग यात्रुबाहक बस जुधेको थियो । उक्त दुर्घटनापछि बसमा आगलागी समेत...बाँकी अंश →


अफगानिस्तानको फराहमा भिडन्त

फराह, २६ जेठ   ,,   अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकूहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् । प्रवक्ता मोहिबुल्लाह मोहिबका अनुसार शनिबार राति अनार डारा जिल्लाको जियारात अबगर्म गाउँमा गरिएको सेनाको कारबाहीमा ती लडाकू मारिएका हुन् । सैनिक कारबाहीमा अरु पाँच जना लडाकू घाइते...बाँकी अंश →


पश्चिम बंगालमा चुनावी असर बाँकी, चार कार्यकर्ताको हत्या

कोलकाता, २६ जेठ   ,,  भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) समर्थक तीन जना र अर्को एउटा क्षेत्रीय पार्टी त्रिणमुल कङ्ग्रेस पार्टीका एक जना गरी चार जना मारिएका हुन् । पश्चिम बङ्गालमा भएको सो घटनामा परी अरु १८ जना...बाँकी अंश →


प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थान

काठमाडौँ, २६ जेठ  : प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रि«य श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीले सोमाबार जेनेभामा आयोजना हुने आइएलओको शतवार्षिकी...बाँकी अंश →


बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा

लण्डन, २४ जेठ   ,,   बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गर्नु भएको छ । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताउनुभएको थियो । मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा...बाँकी अंश →


कलेजको प्रवेश परीक्षामा एक करोड सहभागी

बेइजिङ, २४ जेठ  ,,  चीनमा उच्च शिक्षा आर्जन गर्न चाहने करिब एक करोड विद्यार्थी शुक्रबार प्रवेश परीक्षामा सामेल भएका छन् । चीनमा एकैसाथ हुने यो परीक्षा दुई दिन चल्नेछ । चीनको शिक्षा मन्त्रालयका अनुसार केही प्रान्तीय इलाकामा भने यो परीक्षा आइतबारसम्म पनि हुनेछ । प्रवेश परीक्षामा सामेल हुन चाहने विद्यार्थीको...बाँकी अंश →


पूर्वी अफगानिस्तानमा १८ जना लडाकू मारिए

काबुल, २४ जेठ  ,,   अफगानिस्तानको पूर्वी लोगाड प्रान्तमा शुक्रबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतङ्कवादी कारबाहीका क्रममा १८ जना तालिबानी लडाकू मारिएका छन् । प्रान्तीय सरकारले जारी गरेको वक्तव्यमा मुहम्मद आघा जिल्लास्थित विशेष प्रहरी बलले शुक्रबार बिहानै कारबाही गरेको र त्यसक्रममा विगतमा आतङ्कवादी अपराधमा संलग्न व्यक्तिहरु मारिएको उल्लेख छ । सुरक्षाफौजले तीन...बाँकी अंश →


चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

सेन्ट पिटस्बर्ग, २४ जेठ  चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उहाँहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति चिनफिङ हाल रुस भ्रमणमा रहनुभएको छ । त्यस भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले उक्त शहरको सुन्दरताको बयान गर्नुभएको...बाँकी अंश →


इजिप्टमा १४ जना आतङ्की मारिए

कायरो, २३ जेठ  ,,  इजिप्टको सिनाईमा सरकारी फौजमाथिको आक्रमणमा संलग्न रहेका शंकास्पद १४ जना आतङ्ककारी मारिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा आरिश शहरमा आक्रमण गरी भागेका आतङ्ककारी नै मारिएको उल्लेख छ । उनीहरु अल–मासाइद जिल्लास्थित एक खाली घरमा लुकेर बसेको अवस्थामा भेटिएको सुरक्षाफौजले जनाएको छ । उक्त...बाँकी अंश →


अफ्रिकाको भोकमरी, युएनद्वारा सहयोगको घोषणा

नैरोबी, २३ जेठ  ,,   संयुक्तराष्ट्र संघले अफ्रिकामा उत्पन्न भोकमरीमा परेका सर्वसाधारणलाई सघाउन चार करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने बुधबार घोषणा गरेको छ । राष्ट्रसंघका आपतकालीन सहायता संयोजक एवं उपमहासचिव मार्क लोककले सोमालिया, इथियोपिया र केन्याका सुख्खाग्रस्त क्षेत्रका जनतालाई उक्त सहयोग गरिने बताउनुभयो । अफ्रिकाका यी देशका कतिपय भेगमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter