१० माघ २०८१

अन्तराष्ट्रिय समाचार

अल्जेरिया र पोर्चुगलबीच दश वर्षे ग्यास खरिद सम्झौता

अल्जियर्स, २९ जेठ   ,,   अल्जेरिया र पोर्चुगलका दुई ग्यास उद्योगबीच आगामी दश वर्ष पोर्चुगललाई ग्यास बिक्री गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा अल्जेरियाको सोनाट्राक र पोर्चुगलको गाल्पबीच मङ्गलबार हस्ताक्षर भएको हो । सम्झौता अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरियाले आगामी १० वर्षसम्म पोर्चुगललाई वार्षिक २ अर्ब ५० करोड क्युबिक...बाँकी अंश →


मेक्सिकोमा पत्रकारको हत्या

मेक्सिको, २९ जेठ   ,,   मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या गरिएको छ । प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो । उनले टाबास्को राज्यका अरु सञ्चार माध्यममा समेत कार्य गरेकी थिइन् । मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी...बाँकी अंश →


डुङ्गा दुर्घटनामा सात आप्रवासीको मृत्यु

एथेन्स, २८ जेठ   ,,  ग्रिकको लेस्बोस द्वीपमा आप्रवासी सवार रहेका एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको तटीय सुरक्षाकर्मीले जानकारी दिएका छन् । मारिएका व्यक्तिहरुमा चार महिला, एक पुरुष र दुई युवती छन् । खोजीका क्रममा यस दुर्घटनामा परेका अरु ५७ व्यक्तिलाई जीवितै उद्धार गरिएको तटीय सुरक्षाकर्मीले जानकारी...बाँकी अंश →


सडक किनाराको बम विस्फोटमा परी छको मृत्यु

कान्दाहार, २८ जेठ   ,,   आफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको दान्द जिल्लाको एक सडकमा राखिएको बम विस्फोटमा परी ६ सर्वसाधारणको मृत्यु भएको छ । सो प्रान्तमा प्रहरी अधिकृत जमाल नसिरले सो घटनाको पुष्टि गर्नु भएको छ । आतङ्ककारीहरुले दान्द जिल्लाको सडक किनारमा राखेको बममा एक कार ठोक्किँदा दुई पुरुष, दुई महिला र...बाँकी अंश →


युक्रेनको मानसिक अस्पतालमा आगलागी, छ जनाको मृत्यु

किभ, २८ जेठ   ,,   युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी छ जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । एक तले यस भवनमा सोमबार साँझ आगलागी भएको आकस्मिक सेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आगलागीको कारण भने पत्ता लागेको छैन । यस आगलागीमा...बाँकी अंश →


खडेरी प्रभावित केन्याली नागरिकलाई चीनको सहयोग

नैरोबी, २८ जेठ   ,,   चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेको केन्याका लागि ११ हजार ८३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् । केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त सहयोगको पहिलो खेप सुख्खा प्रभावित इलाकामा वितरण भइसकेको र बाँकी चामल पनि वितरणको क्रममा रहेको बताउनुभयो । राजदूत पेङले...बाँकी अंश →


व्यवसायका लागि अफ्रिकामा प्रशस्त अवसर

आदिस अबाबा, २८ जेठ   ,,  अफ्रिकी यूनियन (एयू) का पूर्वाधार तथा ऊर्जा आयुक्त अमानी अबुजाइदले अफ्रिकामा विदेशी व्यवसाय र साझेदारीका लागि अत्यन्त उपयुक्त अवसर रहेको बताउनुभएको छ । रुसको सेन्टपिटर्सबर्गमा हालै आयोजित रुस–अफ्रिका संवाद कार्यक्रममा सम्बोधन गर्दै आयुक्त अबुजाइदले पूर्वाधार, ऊर्जा, डिजिटलाइजेसन, कृषि, शिक्षा र विज्ञान प्रविधिका क्षेत्रमा लगानीका अवसर...बाँकी अंश →


आँधीबाट आठको मृत्यु

नयाँ दिल्ली , २८ जेठ  ,,  पूर्वी भारतीय राज्य बिहारमा बिभिन्न भागमा आएको आँधी र चट्याङमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् । राज्यद्वारा सञ्चालित सञ्चार माध्यम अल इन्दिया रेडियो (एआरआइ) ले मङ्गलबार सो जानकारी दिएको छ । आँधी र चट्याङको सोमबार साँझ...बाँकी अंश →


चौथो वातावरण साहित्य गोष्ठी सम्पन्न

काठमाडौँ, २८ जेठ  ,,  विश्व वातावरण दिवसको अवसरमा हालै बेलायतको राजधानी लन्डनमा चौथो वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ । बेलायतमा रहेका १४ ओटा नेपाली साहित्य संस्थाको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत तथा साहित्यकार डा दुर्गाबहादुर सुवेदीले गर्नुभएको थियो । सो अवसरमा करीब ३५ जना...बाँकी अंश →


प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन

काठमाडौँ, २८ जेठ  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभएको छ । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले...बाँकी अंश →


कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित

नूरसुल्तान, २७ जेठ    ,,   कजाखस्तानको राष्ट्रपतिमा कासिम–जोमार्ट टोकायेभ ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार नवनिर्वाचित राष्ट्रपति टोकायेभले ७०.७६ प्रतिशत र उहाँका निकटवर्ती अमिरझान कोसानोभले १६.२ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । टोकायेभले कजाखस्तानका राष्ट्रपिता नूरसुल्तान नजरबायेभले समर्थन गर्नुभएको थियो । पूर्वराष्ट्रपति समेत...बाँकी अंश →


लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी – जापान

टोकियो, २७ जेठ    ,,   जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो । मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित रहेका कार्यक्रम पुनः शुरु गर्न लागिएको जनाएको छ । रक्षा मन्त्रालयले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter