वासिङटन, संयुक्त राज्य अमेरिका, १५ वैशाख (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग शनिबार उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिनुभएको छ । ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटर सन्देशमा भन्नुभयो, “दक्षिण कोरियाली नेता मुनसँग भर्खरै लामो कुराकानी भएको छ । सबैकुरा राम्रोसँग अघि बढेका छन्...बाँकी अंश →
ङगोन, म्यानमार, १५ वैशाख (रासस÷एएफपी) ः म्यानमारको दुर्गम उत्तरी क्षेत्रमा सेना र जातीवादी विद्रोहीबीच भएका झडपका कारण हजारौँ सर्वसाधारण नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् । राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का प्रमुख मार्क कट्सले शुक्रबार राति एएएफपीसँगको कुराकानीमा भन्नुभयो, “चीनको सीमा क्षेत्र नजिकै रहेको म्यान्मारको कचिन...बाँकी अंश →
लिमा, १५ वैशाख (रासस÷एएफपी) ः पेरुमा पुरातत्वविद्ले उत्खननका क्रममा भेटिएका प्रमाणअनुसार ठूलो संख्यामा बालबालिका बलि दिएको हुनसक्ने ‘नेसनल जियोग्राफिक’ बिहीबार जानकारी दिएको छ । नेसनल जियोग्राफिकको अग्रतामा गरिएको यस अनुसन्धानको क्रममा करिब पाँच सय पचास वर्ष अघि पेरुको उत्तरी तटीय क्षेत्रमा एउटै समयमा १४० जना बालबालिकाको बलि दिइएको पुरातत्वविद्ले बताएका...बाँकी अंश →
संयुक्त राष्ट्रसंघ, १५ वैशाख । (रासस÷एएफपी) ः संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले बंगलादेशमा रहेका ठूलो संख्याका म्यान्माली रोहिंग्या शरणार्थीहरुका लागि कम्तीमा पनि २५ करोड डलर सहायता चाहिएको बताएका छन् । उनीहरुले बंगलादेशमा रहेका रोहिंग्याहरुको खानपिन तथा अन्य आधारभूत आवश्यकताकै लागि सो रकम चाहिएको बताएका हुन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिहरुले बंगलादेशको...बाँकी अंश →
बेइजिङ, चीन, १४ वैशाख (रासस÷एएफपी) ः चीनका राष्ट्रपति सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार चीनको हुवेइ प्रान्तस्थित उहान शहरमा भेटवार्ता भएको छ । चीन भ्रमणमा रहनुभएको भारतीय प्रधानमन्त्री मोदीलाई राष्ट्रपति सीले शहरको एक सङ्ग्रहालयमा स्वागत गर्नुभएको छ । उक्त अवसरमा दुवै देशका नेताले भारत र चीनबीचको सीमा...बाँकी अंश →
वासिङ्टन, संयुक्त राज्य अमेरिका, १३ वैशाख (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाली नेता किम जङ अनसँगको महत्वपूर्ण शिखर सम्मेलनका लागि विभिन्न तीन वा चार सम्भावित मितिबारे छलफल भइरहेको जनाउँनुभएको छ । अमेरिकी नेता ट्रम्पले यसपहिले उत्तर कोरिया र दक्षिण कोरियाली नेताहरूबीच शुक्रबार हुने वार्ताको केही हप्ताभित्र अर्थात्...बाँकी अंश →
यराभान, अर्मेनिया, १३ वैशाख (रासस÷एएफपी) ः अर्मेनियामा विगत केही समयदेखि जारी राजनीतिक सङ्कटको समाधानका लागि बिहीबार यहाँको संसदले आगामी मे महिनामा प्रधानमन्त्रीको निर्वाचन गर्नेगरी कार्यक्रम तयार गरेको छ । संसदमा पकड रहेकाले नयाँ निर्वाचनबाट पनि आफ्नो नेतृत्व सुरक्षित देखेपछि निवर्तमान प्रधानमन्त्रीको सत्ताधारी दल रिपब्लिकन पार्टीले प्रधानमन्त्रीको निर्वाचन गर्नेगरी पहल थालेको...बाँकी अंश →
मानागुवा, १३ वैशाख (रासस÷सिन्ह्वा) ः विगत एक हप्तादेखि भइरहेको सरकार विरोधी आन्दोलनका क्रममा निकारागुवामा ३४ जनाको मृत्यु भएको छ । राष्ट्रपति डानियल ओर्टेगा र सामाजिक सुरक्षा पुनरावलोकनसम्वन्धी कानूनका विरुद्धमा भइरहेको आन्दोलनका क्रममा उनीहरुको मृत्यु भएको हो । यही अप्रिल १८ देखि निकारागुवाका विभिन्न ठाउँमा ठूलाठूला प्रदर्शन भएका सञ्चार माध्यमले जनाएका...बाँकी अंश →
इस्लामावाद, पाकिस्तान, १३ वैशाख (रासस÷एएफपी) ः पाकिस्तानी अदालतले बिहीबार एक फैसलामार्फत पाकिस्तानी विदेश मन्त्री खावाजा असिफलाई पदमा रहिरहन अयोग्य घोषणा गरेको छ । अदालतको पछिल्लो फैसलासँगै पाकिस्तानी सत्ताधारी दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) पार्टी ले अर्को ठूलो चोटको सामना गर्नुपरेको छ । यसै वर्षको निर्वाचन गर्न राष्ट्रव्यापी तयारीमा जुटेको सरकारका...बाँकी अंश →
यराभान, अर्मेनिया, १२ वैशाख (रासस÷एएफपी) ः अर्मेनियामा प्रधानमन्त्रीसेर्ज सार्गस्यानले सोमबार राजिनामा दिएपनि सत्ताधारी दल रिपब्लिकन पार्टीले सत्तालिप्सा देखाएको भन्दै बुधबार पनि अर्मेनियाली प्रतिपक्षी समूह समर्थक दशौँ हजार नागरिकले राजधानी लगायत देशका प्रमुख शहरमा विरोध जुलुस गरेका छन् । हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख...बाँकी अंश →
वासिङटन, १३ बैशाख (रासस ÷एएफपी) ः फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिकी संसद्का दुवै सदनलाई गर्नु भएको सम्बोधनको क्रममा आफ्ना समकक्षी डोनाल्ड ट्रम्पका केही नीतिहरूलाई सशक्त रूपमा चुनौती दिनु भएको छ । उहाँले पेरिस सम्भौताबाट अमेरिका अलग हुन नमिल्ने र सो सम्झौतामा अमेरिका फर्किनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ ।...बाँकी अंश →
वासिङ्टन, संयुक्त राज्य अमेरिका, ११ वैशाख (रासस÷एएफपी) ः इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच वासिङ्टनमा उक्त एजेण्डामा छलफल हुनु केही घण्टापूर्व रुहानीको यस्तो चेतावनी आएको हो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: