कोलम्बो, ३१ वैशाख (रासस÷सिन्ह्वा) श्रीलंकाका दक्षिणी जिल्ला गल्ले र कलेतारामा आइतबार भारी वर्षापछि आएको बाढीका कारण आठ हजार भन्दा बढी स्थानीय नागरिक प्रभावित भएका बताइएको छ । यहाँको प्रकोप व्यवस्थापन केन्द्रले सोमबार जारी एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ । प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता प्रदीप कोदिप्पीलीले सोमबार आएको भारी वर्षाका...बाँकी अंश →
नयाँदिल्ली, ३१ वैशाख (रासस÷सिन्ह्वा)ः भारतीय राज्य उत्तर प्रदेश, पश्चिम बंगाल, आध्र प्रदेश र राष्ट्रिय राजधानी नयाँ दिल्लीसमेतमा गएरातिदेखि धुलोका कणसहितको आँधी बेहरी र वर्षा शुरु भएको छ । यस आँधीका कारण सोमबार बिहानसम्ममा कम्तीमा पनि ४१ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । भारतीय सरकारी अधिकारीले सो जानकारी दिएका छन्...बाँकी अंश →
सुराबिया, इन्डोनेसिया, ३१ वैशाख (रासस÷एएफपी) ः इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार दोस्रो दिन पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको समाचार छ । उक्त सहरमा आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला भएको थियो । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका १० जनाको ज्यान गएको प्रहरीले जनाएको थियो । आतंककारीहरुले...बाँकी अंश →
2018-05-14 12:55 बेइजिङ, ३१ वैशाख (रासस÷एएफपी) उत्तर कोरियाका उच्चस्तरीय अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार चीन पुगेको समाचार छ । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सो प्रतिनिधिमण्डलमा सहभागी भएको समाचार जापानको सरकारी प्रशारण संस्था एनएचके टेलिभिजनले दिएको छ । उक्त प्रशारण संस्थाकाअनुसार उक्त प्रतिनिधिमण्डल बेइजिङ्को एक अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा पुगेको थियो...बाँकी अंश →
तेहरान, इरान, ३० वैशाख (रासस÷एएफपी) ः इरानका विदेशमन्त्रीले आणविक सम्झौताको पक्षमा अमेरिका इतरका राष्ट्रसँग कूटनीतिक सहयोगका लागि भ्रमण गरेसँगै यहाँका अनुदारवादी समूहले सरकारको कडा आलोचना गरेको छ । इरानी अनुदारवादी समूहले पश्चिमाहरूलाई कहिल्यै विश्वास गर्न नसकिने बताउने गर्छन् । इरानी अनुदारवादी समूहको बाहुल्यता रहेको विज्ञहरूको सभाका प्रमुख आयोतोल्लाह अलि जान्नतीले...बाँकी अंश →
क्वालालाम्पुर, मलेसिया, ३० वैशाख (रासस÷एएफपी) ः अघिल्लो सरकारद्वारा निर्वाचनका समय हतारमा ल्याएको विवादास्पद ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने मलेसियाका नयाँ प्रधानमन्त्री महाथिर मोहमदले आइतबार प्रतिवद्धता जनाउनुभएको छ । अप्रिलको शुरूतिर मलेसियाली पूर्व नेतृत्वले ‘गलत सूचनालाई फैलाउने अभिप्रायले दिइने समाचार अर्थात् ‘फर्जी खबर’ छाप्ने वा प्रशारण गर्ने व्यक्ति वा संस्थालाई भारी...बाँकी अंश →
इस्लामावाद, पाकिस्तान, ३० वैशाख (रासस÷पिटीआई) ः पाकिस्तानले इस्लामावादमा पाकिस्तानी नागरिकको ज्यान जानेगरी केही हप्ता पहिले भएको सडक दुर्घटनामा दोषी भनी आरोप लागेका अमेरिकी राजदूतावासका कर्मचारी कर्नेल जोसेफ इमानुयल हललाई देश छोड्नबाट रोक लगाएको छ । हलद्वारा चलाइएको एउटा गाडीले इश्लामावादमा पाकिस्तानी मोटरसाइकल चालकलाई ठक्कर दिइएपछि गत अप्रिल ७ मा भएको...बाँकी अंश →
याङगुन, ३० वैशाख (रासस÷एएफपी) ः चीनले आफ्नो सिमानासँग जोडिएको म्यानमारको भूभागमा भएको हिंसा रोक्न म्यानमारलाई युद्धविराम गर्न आग्रह गरेको छ । म्यान्माली सेना र स्थानीय आदिवासी जनजातिका विद्रोही समूहका बीचमा भएको भिडन्तमा परी शनिबार १९ जनाको मृत्यु भएपछि चीनले आइतबार यस्तो आग्रह गरेको हो । पछिल्ला केही वर्षमा भएका नराम्रा...बाँकी अंश →
सोल, ३० वैशाख (रासस÷एएफपी) ः आणविक हतियारहरुको परीक्षण गर्ने गरिएको स्थल भत्काएर नष्टगर्ने भनी उत्तर कोरियाले गरेको घोषणाको दक्षिण कोरियाले स्वागत गरेको समाचार छ । उक्त स्थल भत्काउन लागिएको र त्यसका लागि केही विदेशी विज्ञहरुलाई समेत आमन्त्रण गर्न सकिने जानकारी उत्तर कोरियाले दिएको थियो । शनिबार मात्र उत्तर कोरियाली केन्द्रीय...बाँकी अंश →
सुराबिया, इन्डोनेसिया (रासस÷एएफपी) ः इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको समाचार छ । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आतंककारीहरुले गरेको बम विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । आइतबारको प्रार्थनाका क्रममा ती व्यक्ति...बाँकी अंश →
बेरूत, लेबनान, २९ वैशाख (रासस÷एपी) ः यस हप्ता सिरियामा भएका इजरायली आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमन समूहले शनिबार बताएको छ । बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन समूहले भनेको छ, इजरायलले बिहीबार बिहानैदेखि आक्रमण शुरू गरेको थियो । आक्रमणबाट ११ इरानी, छ सिरियाली सेनासहित २७ जनाको...बाँकी अंश →
सोल, दक्षिण कोरिया, २९ वैशाख (रासस÷एएफपी) ः उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्न ‘प्राविधिक उपायलाई अघि बढाउन लागेको’ कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनए न्यूज एजेन्सीले शनिबार जनाएको छ । आगामी जुन १२ मा सिङ्गापुरमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ अनबीच कोरियाली प्रायद्वीपमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: