१० माघ २०८१

अन्तराष्ट्रिय समाचार

भारतको गुजरात राज्यमा सडक दुर्घटना १९ मजदुरको मृत्यु

अहमदाबाद, भारत, ५ जेठ (रासस÷एएफपी)  भारतको गुजरात राज्यमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ । भावननगर–अहमदाबाद राजमार्गमा भएको सो दुर्घटनामा सिमेन्टका बोराले भरिएको एक ट्रकमा बसेर गएका १९ मजदुरको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन । यस दुर्घटनामा अन्य छ जना घाइते भएका छन्...बाँकी अंश →


क्युबामा भएको विमान दुर्घटनामा सयजना भन्दा बढीको ज्यान गयो, क्युबा शोकमा

हवाना, ५ जेठ (रासस÷सिन्ह्वा)  ल्याटिन अमेरिकी देश क्युबामा शुक्रबार अपरान्ह एक विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा परी १०० जनाभन्दा बढीको ज्यान गएको छ । क्युबाको राजधानी हवानामा रहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै सो विमान दुर्घटनाग्रस्त भएको हो । यसमा परी १०१ जना यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा...बाँकी अंश →


आज़ाद बिषामा काम गर्न गएका १४ नेपाली कतारमा दुई महिना देखि अल्पत्र

केयरखबर,दोहा कैलालिको टिकापुर नगरपालिका वडा नम्बर ०१ बस्ने २३बर्षका करन बिक ले बिगत ६ महिनामा करिब ५० जना नेपाली लाइ आजाद भिसामा जनही १ लाख २० हजार आफुले लिएर कतार ल्याएको कुरा बि बि खरालले जानकारी दिएका हुन। एजेन्ट बिकले कैलाली ,उदयपुर ,डढेलधुरा ,सिन्धुली लगाएतका जिल्ला बाट गएका १४ जना...बाँकी अंश →


अत्यधिक बर्षाका कारण चीनमा आठको मृत्यु, युगाण्डामा डेढ लाख विस्थापित

चीन÷युगाण्डा, ४ जेठ (रासस÷सिन्ह्वा)  अत्याधिक बर्षाका कारण चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा आठ जनाको मृत्यु भएको छ भने पूर्बी युगाण्डामा एक लाख ५० हजार भन्दा बढी विस्थापित भएका छन् । चीनको दिङसी र लोङगान सहरमा गत बुधबार आएको बर्षाका कारण मृत्यु हुनेहरुको संख्या आठ पुगेको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्...बाँकी अंश →


मलेसियाका प्रधानमन्त्रीद्वारा मन्त्रीहरूको नामावली राजा समक्ष पेश

क्वालालम्पुर, ४ जेठ (रासस÷सिन्ह्वा)  मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्नो मन्त्रीपरिषद्का थप सदस्यहरूको नामावली राजा समक्ष पेश गर्नु भएको छ । राष्ट्रप्रमुख समेत रहनुभएका राजा मोहमद पाचौं समक्ष प्रधानमन्त्री मोहमदले शुक्रबार नामावली पेश गर्नु भएको अधिकारीहरूले बताएका छन् । मन्त्रीहरूलाई आउदो सोमबार गोपनीयताको सपथ ग्रहण गराउनुका साथै पद बहाली समेत गराउने...बाँकी अंश →


प्यालेष्टिनी नागरिकको रक्षाका लागि सुरक्षा परिषद्मा सङ्कल्प प्रस्ताव

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, ४ जेठ (रासस÷एएफपी)  प्यालेष्टिनी नागरिकको सुरक्षाका लागि ‘अन्तर्राष्ट्रिय संरक्षण अभियान’ स्वरूप कुवेतले संयुक्त राष्ट्रसंघका अन्य सदस्य राष्ट्रलाई एक सङ्कल्प प्रस्ताव पठाएको एएफपीलाई शुक्रबार प्राप्त भएको पत्रमा भनिएको छ । प्रस्तावमा भनिएको छ, “प्यालेष्टिनी नागरिकको ज्यानमाथिको सुरक्षाका लागि ‘अन्तर्राष्ट्रिय संरक्षण अभियान’ अन्तर्गत पत्राचार गरिएको छ ।”...बाँकी अंश →


बाल दुब्र्यबहार प्रकरणलाई लिएर चिलीका सवै पादरीद्वारा पदबाट राजिनामा

भेटिकन सिटी, ४ जेठ (रासस÷एएफपी)  चिलीका चर्चहरूमा बालबालिकामाथिको यौन दुब्र्यबहार प्रकरणलाई लिएर यहाँका सवै क्रिश्चियन धर्मगुरूले राजिनामा दिएका चिलीका पादरीहरूका प्रवक्ताले शुक्रबार बताउनुभएको छ । चिलीको चर्चमा बालयौन दुराचारका कुराले विश्वभर चर्च र क्रिश्चियन धर्मगुरूबारे नकारात्मक सन्देश फैलिएपछि यसको समाधानका लागि भन्दै चिलीका ३४ धर्मगुरूले पोप फ्रान्सिससमक्ष राजिनामा दिएका प्रवक्ताले...बाँकी अंश →


उत्तर कोरिया र अमेरिकाको शिखर वार्ता सफल बनाउन मुनले ट्रम्पलाई भेट्ने

सोल, ४ जेठ (रासस÷सिन्ह्वा)  दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अर्को हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङटन जानुहुनेभएको छ । चाडै नै हुने भनिएको तर अनिश्चित रहेको उत्तर कोरिया र अमेरिकाको शिखरवार्ता सफल पार्ने वातावरण बनाउन मुनले ट्रम्पले भेट्ने कार्यक्रम बनाउनु भएको हो । दक्षिण कोरियाको राष्ट्रपतीय सुरक्षा कार्यालयका...बाँकी अंश →


काश्मिर सीमा क्षेत्रमा झडप जारी

नयाँ दिल्ली, ४ जेठ (रासस÷सिन्ह्वा)  काश्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको झडपमा परी एक भारतीय सीमा सुरक्षा गार्डको मृत्यु भएको छ । सो क्षेत्रमा झडप अहिले पनि जारी रहेको बताइएको छ । त्यसमा परी अरु दुइजना सर्वसाधारण नागरिक घाइते भएका भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । काश्मिरको अन्तर्राष्ट्रिय...बाँकी अंश →


संयुक्त सैन्य अभ्यास रोक्न दक्षिण कोरियालाई उत्तरको आग्रह

सोल, ४ जेठ (रासस÷सिन्ह्वा)  उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक समेत सोही सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको थियो । बुधबार दक्षिण कोरियामा...बाँकी अंश →


मलेसियाका पूर्व प्रधनमन्त्री नाजिब जेल जान सक्ने नेता अन्वारको भनाई

क्वालालम्पुर, ३ जेठ (रासस÷एएफपी)  मलेसियाको राजनीतिमा शक्तिशाली मानिने पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिमले निवर्तमान प्रधानमन्त्री नाजिब रजाक जेल जान सक्ने बताउनु भएको छ । नवनिर्वाचित गठनबन्धनका प्रभावशाली नेता समेत रहनु भएका इब्राहिमले भ्रष्टाचारको अभियोगमा नाजिब जेल जान सक्ने बताउनु भएको हो । सन् २०१५ देखि जेलमा रहेर जेलमुक्त भएको एकदिनपछि बिहीबार...बाँकी अंश →


वायुको गुणस्तर मापदण्ड पूरा गर्न नसकेको भन्दै छ मुलुक विरुद्ध मुद्धा दायर गरिने

ब्रसेल्स, बेल्जियम, ३ जेठ (रासस÷एएफपी) यूरोपेली आयोगले जर्मनी, फ्रान्स, संयुक्त अधिराज्य, इटाली, हङ्गेरी र रोमानियाले वायुको गुणस्तर मापदण्ड पूरा गर्न नसकेको भन्दै बिहीबार उनीहरूको मुद्दालाई अदालतमा लग्न लागिएको जनाएको छ । यूरोपेली संघ (इयू) को कार्यकारी निकायले यस अन्तर्गतका छ मुलुकहरूलाई वायुको गुणस्तर मापदण्ड पूरा गर्न कदम चाल्न वर्षौँदेखि चेतावनी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter