१० माघ २०८१

स्वास्थ्य/जीवनशैली

व्याट्री पड्किँदा दुवै आँखा बन्द

हुम्ला, २७ माघ   ,,  हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री फड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ । जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्रममा व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा नदेख्ने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले बताउनुभयो...बाँकी अंश →


मिर्गाैलापीडित बालिकाको उपचारका लागि दुई लाख सहयोग

उर्लाबारी, २७ माघ   ,,   मोरङको उर्लाबारी–३ मङ्गलबारे निवासी मिर्गाैलापीडित १३ वर्षीया बालिका रेश्मा शेर्मा लिम्बूको उपचारका लागि शनिबार रु दुई लाख सहयोग हस्तान्तरण गरिएको छ । सुनसरीको धरान स्थायी घर भई हाल हङकङमा बस्दै आउनुभएकी मनु लिम्बूको नेतृत्वमा त्यहाँ रहेका नेपालीबाट सङ्कलन गरेर पठाएको सो रकम उर्लाबारी–३ का वडा सदस्य...बाँकी अंश →


क्यान्सर रोगी बढ्दै

खलङ्गा, २५ माघ  ,,  पछिल्लो समय जुम्लामा क्यान्सरका बिरामी देखापर्न थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर पुजन रोकायाका अनुसार जुम्लामा वर्षेनी क्यान्सरका बिरामी बढिरहेको बताउनुभयो । पछिल्लो समय जुम्लामा पुरुषमा फोक्सो र महिलामा पाठेघरको क्यान्सर देखापर्ने गरेको जानकारी दिँदै उहाँले शुरुमै क्यान्सर रोगपत्ता लगाउन सके क्यान्सरलाई...बाँकी अंश →


आठ हजार कुष्ठरोगीको उपचार

काठमाडौँ, २४ माघ  ,,  लेलेस्थित आनन्दवन अस्पतालमा आठ हजार कुष्ठरोगीले उपचार गराएका छन् । गत वर्ष अस्पतालको बहिरङ्ग विभाग (ओपिडी) मा सात हजार ८०५ र भर्ना भएका ७९१ बिरामीको उपचार भएको अस्पतालले जनाएको छ । रोग लागेपछि अस्पतालमा जचाउनुपर्छ भन्ने भावना बढ्दा अस्पतालमा आउने बिरामी सङ्ख्या बढिरहेको अस्पतालका तालिम संयोजक...बाँकी अंश →


निःशुल्क आँखा जाँच शिविरमा २३५ लाभान्वित

बेनी, २४ माघ  ,,   म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरस्थित मङ्गला माध्यमिक विद्यालयमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ लाभान्वित भएका छन् । म्याग्दी जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्र बेनी, म्याग्दीको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयको आँखा परीक्षण गरिएको हो ।...बाँकी अंश →


रगतका लागि सेना प्रहरीकै भर

दुल्लु, २३ माघ  ,,  दैलेख जिल्ला अस्पतालमा बिरामीलाई दिनहुँ रगत अभाव भइरहन्छ । अस्पतालमा रक्त सङ्कलन केन्द्र (ब्लडबैंक) भने छैन । ब्लडबैंक नभएका कारण कतिपय बिरामीलाई सुर्खेत अस्पताल सिफारिश गर्नुपर्ने बाध्यता छ । सोमबार मात्रै जिल्ला सदरमुकामस्थित नारायण नगरपालिका–३ की बिमला कार्कीलाई सुर्खेत अस्पताल सिफारिश गरियो । प्रसूतिका लागि अस्पताल...बाँकी अंश →


खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ ः मन्त्री खनाल

काठमाडौँ, २३ माघ ,,, सांसद रामबहादुर विष्ट ः विषादीरहित खाद्यान्न, फलफूल, तरकारी नेपाली जनताले कहिलेसम्म खान पाउँछन् ? कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल ः विगतको तुलनामा अहिले ९९ प्रतिशत विषादीरहित खाद्यान्न, फलफूल, तरकारी प्रयोगमा आएका छन्, विषादीरहित खाद्यान्न, फलफूल र तरकारी उत्पादनमा सरकारले जोड दिइराखेको छ । मन्त्रालयले हालै...बाँकी अंश →


डा केसी लाई सर्वेक्षण गरेर जानु पर्छ । पूर्व मन्त्री मिश्रा

  स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विभिन्न मांगहरू राखि अनशन बसि रहनु भएका डाक्टर गोबिन्द के सी लाई राष्ट्रिय स्तरमा मेडिकल क्षेत्रको सर्वेक्षण गरि अगाडि बढ़न पुर्व स्वाथ्य राज्यमन्त्री डाक्टर वंशीधर मिश्रा ले अनुरोध गरेका हुन । माघ १९ गते ऐस टुगेदर वी क्यान र कन्फिडेन्सनेपाल को संयुक्त आयोजना सम्पन्न भएको...बाँकी अंश →


बन्द सरकारी कार्यालय र विद्यालय खुले

रुकुम (पूर्व), २० माघ  ,,   रुकुमकोटमा आज बन्द भएका विद्यालय र सरकारी कार्यालय खुलेका छन् । सदरमुकाम विवादको विषयमा भइरहेको आन्दोलनले बन्द गरिएका विद्यालयमा पठनपाठन र कार्यालयमा सरकारी कामकाज पुनः शुरु गरिएको प्रजिअ मित्रलाल शर्माले जानकारी दिनुभयो । सदरमुकाम विवादको विषयमा आन्दोलनका कार्यक्रम गर्ने कुरालाई लिएर रुकुमकोटवासी र गोलखाडावासीबीच शनिबार...बाँकी अंश →


गाउँमै आँखा शिविर

लम्की, २० माघ  ,,  स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा दिने उद्देश्यले कैलालीको लम्कीस्थित भुरुवामा निःशुल्क आँखा उपचार शिविर आयोजना भएको छ । शिविरमा एक दिनमै शनिबार एक हजार ५७५ ले सेवा लिएका छन् । “गाउँमा पहिलो पटक निःशुल्क शिविर आयोजना भयो, गाउँमै उपचार पाइने भएपछि स्थानीयवासी खुशीसाथ उपचार गराएका छन्”,...बाँकी अंश →


निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

तुलसीपुर, १८ माघ ,,   दाङको गढवा गाउँपालिकाले ८९ जनाको मोतियाविन्दुको शल्यक्रिया गराएको छ । गाउँपालिकालाई मोतियाविन्दुरहित गाउँपालिका बनाउने अभियानअन्तर्गत विभिन्न स्थानमा आँखा स्वास्थ्य शिविर आयोजना गरी आँखामा देखिएको मोतियाविन्दुको शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित लमही आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिकाको आर्थिक...बाँकी अंश →


स्वास्थ्य चौकीको भवन निर्माण

बागलुङ, १८ माघ  ,,  काठेखोला गाउँपालिका–१ पालामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भवन बनाएको हो । रु. एक करोड ६६ लाखको लागतमा निर्मित भवन बिहीबार स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष खड्क थापाले बताउनुभयो । विसं २०७४ कात्तिकमा ‘गाल्वा जयलक्ष्मी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter