नेपालगञ्ज, ५ असार ,, बाँके जिल्लाको सदरमुकाम नेपालगञ्जमा रहेको १५० श्ययाको भेरी अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ । अस्पतालमा फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुरुवालाई समेत छरपष्ट फालिएका फोहरका कारण रोगको सङ्क्रमण हुने सम्भावना रहेको अध्ययनले देखाएको छ...बाँकी अंश →
काठमाडौँ, ५ असार ,, लागुऔषध दुरुपयोग एवं ओसारपसारसम्बन्धी सप्ताहव्यापी अभियान शुरु भएको छ । गृहमन्त्रालयको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि ‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ जीवन’ भन्ने नाराका साथ आजदेखि असार ११ गतेसम्म सप्ताहव्यापी अभियान शुभारम्भ गरिएको हो । कार्यक्रममा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा लागुऔषध दुव्र्यसनीको सङ्ख्या...बाँकी अंश →
पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय सहकारीले चलनचल्तीभन्दा न्यूनतम ब्याजदरमा खानेपानी उपभोक्तालाई ऋण प्रवाह गर्न थालेका छन् । आर्थिक अवस्था कमजोर भएका करीब एक हजार ८०० परिवारलाई सहकारीमा ऋणी बनाएर नगरमा सुनकोशी पाँचखाल बृहत् खानेपानी परियोजना सञ्चालन गर्न लागिएको हो । आर्थिक अवस्था कमजोर भएका परिवारलाई ऋण दिलाएरै भए पनि योजनामा...बाँकी अंश →
खलङ्गा, ४ असार ,, यहाँको मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव दिएका छन् । कृषि ज्ञान केन्द्र जुम्लाले सो विषादी प्रयोग नगर्न किसानलाई आग्रह गर्दै प्राङ्गारिक जिल्लाकै रुपमा पहिचान कायम गर्ने कार्यमा सघाउन किसानलाई आग्रह गरेको हो । लुकीछिपी धानबालीमा झारनाशक विषादी ब्युटाक्लोर प्रयोग भइरहेको गुनासो...बाँकी अंश →
दमौली, ४ असार ,, बढ्दो गर्मीसँगै तनहुँको दमौलीमा बिरामीको सङ्ख्या वृद्धि भएको छ । मौसम परिवर्तनसँगै ज्वरो, टाइफाइड, झाडापखालाका बिरामी बढेका हुन् । गर्मी बढेसँगै सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा बिरामी चाप बढेको छ । यसअघि दैनिक ४०–५० बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेकोमा अहिले २०० सम्म बिरामी आउने गरेको अस्पतालका...बाँकी अंश →
भक्तपुर, ४ असार ,, वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ । अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टी बाँधेर ३५ कर्मचारीहरु अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन् । सधँै भीड लाग्ने अस्पताल आन्दोलनका कारण...बाँकी अंश →
हुम्ला, ४ असार ,, हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोर ल्याउन लागिएको छ । मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपराह्न १ बजेदेखि खोजीकार्य जारी शुरु भएको थियो । तर, जीप र सवार यात्रुको कुनै पत्तो...बाँकी अंश →
लम्की, ४ असार ,, कैलालीको टीकापुर नगरपालिका छाउगोठको लगत सङ्कलन गर्न थालेको छ । नगरपालिकाले ग्रामीण क्षेत्रमा अझै महिला म्हिनावारी हुँदा छाउगोठमै बस्न गरेकाले योजना बनाउन सहज होस् भनी लगत सङ्कलन गर्न थालेको हो । नगरपालिकाका वडा नं २, ६, ७, ८, ९ मा अझै छाउगोठ देख्न सकिन्छ । नगरपालिका...बाँकी अंश →
परासी, ४ असार ,, केही दिनदेखि बजारको फोहर नउठ्दा पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार दुर्गन्धित बन्न थालेको छ । रामग्राम नगरपालिकाले फोहर नउठाउँदा परासीको बुद्धचोकसहित बजार क्षेत्रमा फोहरको थुप्रो लागेको छ । दुई हप्तादेखि फोहर नउठेको स्थानीयवासीले बताएका छन् । नगरपालिकाले फोहर विसर्जन गर्दै अएको स्थानका स्थानीयवासीले फोहर विर्सजनमा अवरोध...बाँकी अंश →
बैतडी, ४ असार ,, पछिल्लो समयमा बैतडीका खोलानाला, नदी र पानीका मुहान सुक्दै गएका छन् । चार÷पाँच वर्ष पहिला कलकल पानी बग्ने खोला सुक्खा भएको सुर्नया–६ शङ्करपुरका नन्दराम अवस्थीले बताउनुभयो । पानीका मुहान सुक्दै जाँदा ठाउँठाउँमा खानेपानी अभाव र सिँचाइ अभाव हुन थालेको हो । पछिल्लो समयमा गाउँमा खानेपानीको समस्या...बाँकी अंश →
इनरुवा, ४ असार ,, सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ । इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिनुभयो । धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी भेटिन थालेको अस्पतालले जनाएको छ । इनरुवामा डेंगुको बिरामी भेटिएपछि वडा कार्यालयले...बाँकी अंश →
चितवन, ३ असार ,, गर्मी बढेसँगै यहाँका अस्पताल बिरामी बच्चाले भरिएका छन् । उच्च तापक्रमसँगै सबैभन्दा बढी बच्चा बिरामी भएकाले उपचारका लागि आउने गरेको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च ज्वरो, रुघाखोकी, झाडापखाला, घाउ खटिरा, जण्डिसजस्ता समस्या लिएर बच्चा अस्पताल आउने गरेका छन्...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: