११ माघ २०८१

स्वास्थ्य/जीवनशैली

डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान

कञ्चनपुरका सात नगरपालिकामा डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गरिने अभियान सञ्चालन हुने भएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन हुन लागेको हो । दुई दिनभित्रै शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, भीमदत्त, महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका शहरी र शहरोन्मुख क्षेत्रमा लार्भा...बाँकी अंश →


काबुलमा भिषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु

काबुल काबुलमा भिषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु काबुल, १६ असार   ,,   आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् । टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका...बाँकी अंश →


बुद्धशान्तिले २५ शय्याको अस्पताल बनाउने

भद्रपुर, १६ असार   ,,  झापाको बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल निर्माण गर्ने भएको छ । निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजनसमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले आगामी आर्थिक वर्ष २०७६÷०७७ मा अस्पताल बनाउन रु. ५० लाख विनियोजन गरेको जानकारी दिनुभयो । चालू आवमा आवमा यही शीर्षकमा रु.३० लाख बजेट...बाँकी अंश →


भूकम्पबाट विस्थापित परिवारलाई लालपुर्जा प्रदान

वालिङ, १६ असार   ,,  भूकम्पबाट विस्थापित भएका यहाँका दुई घर परिवारलाई आइतबार लालपुर्जा प्रदान गरिएको छ । वालिङ नगरपालिका–२ वडाको तिलडाँडाबाट विस्थापित बनेका मित्रलाल दमै र सुनमती दमैको परिवारलाई लालपुर्जा प्रदान गरिएको वडाध्यक्ष पोतप्रसाद लम्सालले बताउनुभयो । जोखिमयुक्त बस्तीमा रहेका भूकम्पपीडित लाभग्राहीमा परेका र अन्यत्र बसोबासका लागि घर घडेरी नभएकाको...बाँकी अंश →


धाराको पानी सुकेपछि दूधकोशीको पानी तान्ने काम शुरु

खोटाङ, १५ असार   ,,   रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीमा दूधकोशीको पानी पम्पिङ प्रविधिमार्फत गाउँमा तानेर वितरण गर्ने योजनाको काम शुरु भएको छ । लामो समयदेखि खानेपानी अभावमा काकाकुलको अवस्था भोगिरहेका ३५० घरधुरी उपभोक्तालाई उनीहरुको घरमै प्रयाप्त खानेपानी उपलब्ध गराउने उद्देश्यले पम्पिङ प्रविधिको योजना शुरु गरिएको हो । एक नम्बर प्रदेश सरकारको रु...बाँकी अंश →


नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक र ३५ प्रतिशत नर्स उत्तीर्ण

विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिललले शनिबार लिएको पोष्टग्राजुएट्स तह (पिजी) अध्ययन पूरा गरेका ३४२ जना चिकित्सक सो परीक्षामा सहभागी भएका थिए । तीमध्ये २१७ जना मात्र उत्तीर्ण र १२५ जना अनुत्तीर्ण भएका काउन्सिलले जनाएको छ । नेपाली सेनाद्वारा सञ्चालित...बाँकी अंश →


फार्मेसी सेवाबाट बिरामीलाई सुविधा

नवलपरासी , १५ असार  ,,  पश्चिम नवलपरासीको जिल्ला पृथ्वी चन्द्र अस्पतालले आफ्नै फार्मेसी सेवा सञ्चालनमा ल्याएपछि बिरामीहरुलाई सहज हँुदै आएको छ । स्थापना भएको करिब ८० बर्ष पछि बल्ल आफ्नै फार्मेसी सेवा सञ्चालनमा आएपछि अहिले बिरामीहरुलाई निकै सुविधा भएको हो । अस्पताल परिसर भित्र बाहिरका मेडिकलहरु भन्दा सहुलियत मूल्यमा फार्मेसी...बाँकी अंश →


बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन

वालिङ, १३ असार   ,,  स्याङ्जाको गल्याङमा बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको अभियानअन्तर्गत बोक्सी कुप्रथाका विरुद्ध जनचेतना जगाउने उद्देश्यले सामाजिक वृत्तचित्र ‘अग्नि दहन’ प्रदर्शन गरिएको हो । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको संयोजनमा प्रदर्शन गरिएको जनचेतनामूलक...बाँकी अंश →


सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु

सप्तरी, १३ असार   ,,  सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका–२ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो । निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेङ्गुको सङ्क्रमण देखिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख...बाँकी अंश →


स्वास्थ्य चौकीमा खानेपानी अभाव हुँदा सुत्केरीसेवा प्रभावित

डडेल्धुरा १३, असार   ,,  डडेल्धुरा जिल्लाको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित बनेको छ । जिल्लाको अमरगढी नगरपालिका–१० राईस्थित सहस्रलिङ्ग स्वास्थ्य चौकीमा आपूर्ति हुँदै आएको खानपानीकोे मुहान सुकेर पानीको सतह कम भएपछि खानेपानीको चरम अभाव भएको हो । स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा सुत्केरी सेवासँगै अन्य बिरामी...बाँकी अंश →


आँखा उपचारमा नेपालीको पहुँच बढ्दो

नेपालमा अन्धोपन निवारणका लागि ‘भिजन ट्वान्टी—ट्वान्टी’ कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा नेपालीको पहुँच क्रमशः बढ्दै गएको छ । कार्यक्रमअन्तर्गत नेपालका विभिन्न स्थानमा आँखा अस्पताल र उपचार केन्द्र सञ्चालनमा आएपछि आँखा रोगको समस्या झण्डै आधा घटेको नेपाल नेत्र ज्योति सङ्घ बाँकेका अध्यक्ष रतनकुमार टण्डनले बताउनुभयो । संयुक्त राष्ट्र सङ्घले ‘दृष्टिका...बाँकी अंश →


फोहर सङ्कलनमा शिक्षित युवा

ललितपुर, ५ असार   ,,  शिक्षित युवाले ‘डोको रिसाइक्लर्स पाटन’ नामक पाटनमा सम्पर्क कार्यालय खोली पुनः प्रशोधन हुने फोहर सङ्कलन गर्न थालेका छन् । एमबिए, एमआइटी, एमएसडब्ल्यूलगायत अन्य विभिन्न विधामा अध्ययनरत् ३० भन्दा बढी युवाले फोहरलाई मोहर बनाउने उद्देश्यका साथ पुनः प्रशोधन हुने फोहर सङ्कलनमा लागिपरेका हुन् । पुनः प्रशोधन हुने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter