बाजुरा, ३ साउन ,, जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु भएको छ । जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी जिल्ला कालीकोटको जितेगडातर्फ जाँदै गरेको क१ज २१ नंको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा जीप चालक रमेश बोगटी र मुगु जिल्ला...बाँकी अंश →
लहान, ३ साउन ,, सिरहाको बाढी प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अतिप्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, कल्याणपुर नगरपालिका–३ का बाढीपीडितलाई लक्षित गरी निःशुल्क घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरेको जिल्ला स्वास्थ्य...बाँकी अंश →
चितवन, ३ साउन ,, सन् २०१९ को छ महीनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । योसँगै जिल्लामा अहिले एक हजार ७६४ सङ्क्रमित पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा...बाँकी अंश →
विराटनगर,२ साउन ,, मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । एक नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा बसका सहचालक मोरङ कानेपोखरी गाँउपालिका– ३ का ३१ बर्षीय टिकाराम थापा र बसमा सवार नामथर नखुलेका अन्दाजी...बाँकी अंश →
कञ्चनपुर, २ साउन ,, कञ्चनपुरका जोखिमबाट फर्केका र पर्नसक्ने अवस्थाका २४ जना किशोरी व्यावसायिक तालीम लिएर स्वरोजगार भएका छन् । माइती नेपालले जोखिममा परेका किशोरीलाई व्यावसायिक तालीम दिई स्वरोजगार बनाएको हो । बेचबिखनको जोखिममा परेर फर्केका र जोखिममा पर्नसक्ने किशोरीलाई एडभान्स सिलाइकटाइ र होटेल मेनेजमेण्ट तालीम दिएर स्वरोजगार बनाइएको माइती...बाँकी अंश →
काठमाडौँ, २ साउन ,, गुरु पूर्णिमाको अवसरमा श्यामाश्यामधाम थिमिमा भक्तपुर रेडक्रसको सहयोगमा श्यामाश्यामधाम थिमिमा आयोजित रक्तदानमा ४९ जनाले रक्तदान गरेका छन् । तीन दिवसीय उक्त कार्यक्रममा राधामाधव समितिअन्तर्गतको विद्वत् समाजका कार्यवाहक अध्यक्ष गोपालप्रसाद सापकोटाले मानव सेवाश्रमका संयोजक रश्मि आचार्यलाई पाँच थान पलङ र दश थान बिछ्यौना प्रदान गर्नुभयो । सोही...बाँकी अंश →
नेपालगञ्ज, २ साउन ,, जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जटीबुडीको खेती हुँदै आएको छ । सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक खेतीका लागि सिफारिस गरिएको छ । नेपालको आर्थिक विकासका लागि ३० प्रजातिका जडीबुटीलाई सरकारले प्राथमिकतामा राखेको थियो । औषधिको रूपमा प्रगोग...बाँकी अंश →
काठमाडौँ, २ साउन ,, प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भन्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ । केही दिनअघिको अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको र अत्यावश्यक सेवा अवरुद्ध भएको अवस्थामा तीनै...बाँकी अंश →
बर्दिवास, २ साउन ,, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गर्नुभएको छ । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुग्नुभएका सभापति देउवाले आज बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गर्नुभएको हो ।...बाँकी अंश →
चितवन, २ साउन ,, गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष २४...बाँकी अंश →
काठमाडौँ, १ साउन ,, गरीब तथा अनाथ बालबालिकाको उद्धार गरी आश्रय दिँदै आएको सेवक नेपाल संस्थाले आफ्नो अभियानलाई वृद्धि गरी ६० जिल्लामा पु¥याएको छ । दक्षिण कोरियामा शुरु गरेको सो अभियानमा नेपालका ६० जिल्लाका ११० अभियन्ताले अनाथ तथा असहाय अवस्थामा रहेका बालबालिकालाई सडकबाट उद्धार गर्ने तथा देशका विभिन्न विद्यालयमा अध्ययन...बाँकी अंश →
गाईघाट, १ साउन ,, पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट– कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र बाढीका कारण अहिले भत्कन थालेको छ । चार दिन लगातारको वर्षा तथा बाढीका कारण त्रियुगा पुलको पूर्वीभागको छेउको पिलर र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: