१० माघ २०८१

स्वास्थ्य/जीवनशैली

सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते

बर्दिवास, ६ साउन  ,,  जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते भएका छन् । साउने सोमबारे मेलाको अवसरमा मन्दिरको दर्शन गरेर फर्कने क्रममा उनीहरू महोत्तरीमा सडक दुर्घटनामा घाइते भएका हुन् । टुटेश्वर मन्दिरबाट बर्दिवास आउने क्रममा पूर्व–पश्चिम राजमार्गको वनक्षेत्रमा भारतीय यात्रु...बाँकी अंश →


आलेख ः जडीबुटीले बदलेको जुम्लीको जीवन

खलङ्गा, ६ साउन  ,,   गाउँमा विद्यालय नभएका होइनन् तर, गोठीचौर–५, जुम्लाका विर्ष सार्कीको पहुँचमा थिएन । उनले अक्षर चिन्नसम्म पनि पाएनन् । नपढेको व्यक्तिलाई जागीर कसले दिने रु नोकरीको सम्भावना नै सकियो । ज्याला मजदूरी बाहेक अरु उपाय उनका सामु थिएन । एउटा मात्र विकल्प बचेको जिन्दगीलाई अगाडि बढाउने सङ्कल्प...बाँकी अंश →


एक वर्षमा ६१ जनाको मृत्यु

दमौली, ६ साउन   ,,   आर्थिक वर्ष ०७५÷७६ तनहुँ जिल्लामा ६१ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न भागमा भएका १०६ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्ष ११२ दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो । तनहुँ जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सवारी दुर्घटनाको...बाँकी अंश →


निर्माणाधीन मन्दिरको छतले किच्दा दुईको मृत्यु

पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको हो । घटनास्थल पुगेको...बाँकी अंश →


न्यून बजेटले १४० खानेपानी आयोजना रोकिए

काभ्रेपलाञ्चोक, ६ साउन  ,,  आर्थिक वर्ष २०७५÷०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् । न्यून बजेटले क्रमागत आयोजनाअन्तर्गत २०७३ सालमा शुरु गरी २०७६ असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोकको ७५ वटा र सिन्धुपाल्चोकको ६५ वटा खानेपानी आयोजनाको काम सम्पन्न गर्न...बाँकी अंश →


प्रहरीमाथि गोली चलाउने पेस्तोलसहित पक्राउ

हेटौँडा, ५ साउन  ,,  मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ गाउँपालिका–१ का कुमार भनिने राजु स्याङ्तानलाई साढे ३१ किलो गाँजा, एक थान पेस्तोल, पाँच थान गोली र एक थान खोखासहित आज सार्वजनिक गरेको हो । स्याङ्तान गएराति प्रहरीमाथि गोली चलाउने व्यक्ति भएको,...बाँकी अंश →


खानेपानी, झुल र टर्चलाइट बाढी र डुबान प्रभावितको पहिलो आवश्यकता

बर्दिवास, ५ साउन   ,,  महोत्तरीका बाढी र डुबानपीडित परिवारलाई अहिले शुद्ध खानेपानी, झुल र टर्चलाइट पहिलो आवश्यकता खट्किएको छ । प्रभावितलाई दिइने राहत प्याकेजमा खानेपानी, झुल र टर्चलाइटको व्यवस्था नछुटाउन यहाँका बुद्धिजीवीले सम्बद्धपक्षलाई सुझाएका छन् । अहिले विभिन्न बस्तीमा राहत लिएर पुग्ने क्रम बढेसँगै जिल्लाका बुद्धिजीवीले खानेपानी, झुल र टर्चलाइट...बाँकी अंश →


बाल उद्यान केन्द्र शुभारम्भ

भद्रपुर, ५ असार   ,,  झापाका दुईवटा इलाका प्रहरी कार्यालयमा प्रदेश नं–१ सरकारको आर्थिक सहयोगमा बाल उद्यान केन्द्र निर्माण गरिएको छ । बालबालिकालाई प्रहरी हाम्रा साथी हुन् भन्ने भावना जगाउने उद्देश्यले अनारमनी इलाका प्रहरी कार्यालय र धुलाबारी इलाका प्रहरी कार्यालयमा रु दश खालकोे लगानीमा दुबै बाल उद्यान निर्माण गरिएको जिल्ला प्रहरी...बाँकी अंश →


विषाक्त पार्थेनियमको मिचाइमा तितेपाती

नेपालको अधिकांश भागमा पाइने वनस्पति हो तितेपाती । तितेपाती बास्नादार त हुन्छ नै यसले धेरै किसिमका औषधीय गुण पनि बोकेको हुन्छ । पूजाआजाका साथै चर्म रोगलगायतका बहुउपयोगी तितेपाती यतिखेर विषाक्त झार पार्थेनियम (गाजरे झार)को मिचाइमा पर्दैगएको छ । तितेपाती देखिने अधिकांश ठाउँमा यतिखेर पार्थेनियम झाँगिएको पाइन्छ । पछिल्ला अध्ययनअनुसार नेपालका...बाँकी अंश →


महिला मृत अवस्थामा फेला

भक्तपुर, ५ साउन  ,,  सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आज एक शव भेटिएको छ । सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा...बाँकी अंश →


जिपले किच्दा बालकको मृत्यु

गलकोट, ५ साउन  ,,  बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ । ग१ज ७१८१ नंको जिपका चालक सशीलाल थापाले पार्किङ गर्ने क्रममा जिप ब्याक गर्दा चालककै छोरा सात वर्षीय सलिन थापालाई किच्न पुग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका...बाँकी अंश →


छाउपडी अन्त्यका लागि कानून बनाउन माग

रोल्पा, ३ साउन  ,,  सुर्खेतको बराहताल गाउँपालिकाका स्थानीय नागरिकले सभामुख राजबहादुर शाहीसँग छाउपडी अन्त्यका लागि कानून बनाउन आग्रह गरेका छन् । नागरिकको गुनासो सुन्न बराहताल गाउँपालिका पुग्नुभएका सभामुख शाहीसँग त्यहाँका स्थानीयवासीले व्याप्त कुप्रथा अन्त्यका लागि कानून बनाउनुपर्ने सुझाव दिएका हुन् । युएनडिपीको सहयोगमा कर्णाली फाउण्डेशनले बिहीबार सुर्खेतको बराहताल गाउँपालिकामा आयोजना...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter