लमही, १० साउन ,, दाङको विकट क्षेत्र राजपुर गाउँपालिकामा पनि सिकलसेल एनिमियाँको जाँच हुने भएको छ । सिकलसेल ऐनिमियाँ जाँचका लागि सिपी नेपाल संस्थाले राजपुर गाउँपालिकाका बेला र राजपुर स्वास्थ्य चौकीलाई दुई लाखभन्दा बढी मूल्य बराबरका प्रयोगशाला सामग्री उपलब्ध गराएको छ । सोही प्रयोगशालाका सामग्रीबाट अब राजपुरमा पनि सिकलसेल एनिमियाँको...बाँकी अंश →
काठमाडौँ, १० साउन ,, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि आज छलफल भयो । बैठकमा प्रस्तावित विधेयकको दफा ८ को उपदफा १ र २ माथि केन्द्रित रही सैद्धान्ति छलफल भएको थियो । दफा ८ मा बाबुआमाका लागि छोराछोरीले अर्थात्...बाँकी अंश →
मुग्लिन, १० साउन ,, चितवनमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । वीरगञ्जबाट धादिङ जाँदै गरेको ना८ख ६०५८ नंको यात्रुबाहक बस र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख २८९५ नंको मालबाहक ट्रक आज बिहान ८ः४० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ४ लेवाटारमा एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले...बाँकी अंश →
बलेवा, १० साउन ,, मुटुको मध्यभागमा प्वाल परेर काठमाडौँस्थित ‘मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचार गराइरहेका बागलुङका एक युवालाई खर्च अभाव भएको छ । निसीखोला गाउँपालिका–४ झिवाखोलाका १९ वर्षीय श्यामलाल रेग्मी (वसन्त) लाई उपचार खर्च अभाव भएको हो । रेग्मीको मुटुमा प्वाल ९ब्क्इ ऋयिकगचभ० परेपछि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले...बाँकी अंश →
गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । पहिरो पन्छाउने क्रममा आज बिहान वडा नं ४ लिम्घाको भिरकुनाका आठ वर्षीया तारा विकको शव फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक बस्नेतले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता लुम्पेक, सिङ्दीकी ४० वर्षीया माया...बाँकी अंश →
जनकपुरधाम, ९ साउन ,, उपप्रधान एवम् जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ स्वास्थ्य र शिक्षा क्षेत्रको अवस्था कहालिलाग्दो भएको बताउनुभएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको बहिरङ्ग भवनको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले काठमाडाँै उपत्यकाका अस्पतालहरूमा पनि प्रदेश नं २ कै बिरामीको चाप अधिक...बाँकी अंश →
रामपुर, ९ साउन ,, पाल्पामा मोटरसाइकल चिप्लिएर आज एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ श्रीडाँडा ढुङ्गाखानी नजिकै मोटरसाइकल चिप्लिएर पल्ँिटदा घाइते भएका स्थानीय ३१ वर्षीय बुद्धबहादुर दर्लामीको बुटवल अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । खानीबाट श्रीडाँडा घरतर्फ जाने क्रममा लु४५प...बाँकी अंश →
वीरगञ्ज, ९ साउन ,, ओरिया खोलाले बगाएर ल्याएको १४ वर्षीया किशोरीको लास पश्चिमी पर्साको जगन्नाथपुर गाउँपालिका–२ मा आज बिहान फेला परेको जानकी टोलस्थित प्रहरी चौकीले जनाएको छ । उक्त लास सडेगलेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक नवराज कार्कीले बताउनुभयो । यसैगरी मङ्गलबारदेखि आएको...बाँकी अंश →
गौशाला, ९ साउन ,, बाढीका कारण महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ का करिब तीन सय बासिन्दा विगत १३ दिनदेखि जनकपुर–बर्दिबास रेल चलाउनका लागि लागि निर्माण हुँदै आएको लिकमा बास बस्दै आएका छन् । असार २८ गते जिल्लाको रातु नदीमा आएको भीषण बाढीले लोहारपट्टी–५ (डठौरा) सिङ्गो गाउँ नै डुबानमा पारेपछि त्यहाँका २९६...बाँकी अंश →
दमौली, ९ साउन ,, वीरेन्द्रनगरलाई वातावरणमैत्री बनाउन तथा कार्बन उत्सर्जनमा कमी ल्याउन कर्णाली प्रदेश सरकारले साइकललाई प्रोत्साहित गरको छ । वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ का रुपमा विकास गराउने ध्येयका साथ सरकारको नीति, बजेट तथा कार्यक्रममा साइकललाई प्रोत्साहन गर्ने उल्लेख छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० थान साइकल खरीद गरेको हो...बाँकी अंश →
दाङ, ९ साउन ,, दाङमा यो वर्ष साढे चार लाख बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले जिल्लाका तुलसीपुर, घोराही , लमही भालुवाङ र गढवाका विभिन्न स्थानमा पछिल्लो तीन महिनाको अवधिमा चार लाख बिरुवा रोपेको हो । डिभिजन वन कार्यालय दाङका वन अधिकृत दीपक ज्ञवालीका अनुसार ती बिरुवामध्ये केही व्यक्तिले...बाँकी अंश →
लहान, ९ साउन ,, अविरल वर्षासँगै पानी जमेको खाल्डोमा डुबेर सिरहाको गोलबजार नगरपालिका–२ तेतरियामा एक नाबालकको हिजो साँझ मृत्यु भएको छ । घर नजिककै पानी जमेको खाल्डोमा डुबेर स्थानीय सन्तोष साहको दुई वर्षीय छोरा अङ्कितकुमार साहको मृत्यु भएको हो । डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि आरके मेडिसिटी धनगढी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: