१० माघ २०८१

स्वास्थ्य/जीवनशैली

अस्पताल स्थापना हुने भएपछि खुशीयाली

परासी, ११ भदौ  नेपाल सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल र हाललाई २५१ स्थानीय तहमा प्राथमिक तहको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार सुनवल...बाँकी अंश →


तरकारी बाली सुकेपछि किसान चिन्तित

इनरुवा, ११ भदौ  सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कठ्ठामा भाण्टाखेती गर्नुभएको थियो । करीब रु १५ हजारको लागतमा उहाँले लगाउनुभएको भाण्टा एक्कासी सुकेपछि अहिले उहाँ चिन्तित हुनुभएको छ । घरपरिवारको खर्च चलाउनका लागि मुख्य स्रोतका रुपमा रहेको तरकारी खेती केही दिन अगाडि वर्षासँगै आएको बाढीले सखाप बनाएपछि अहिले...बाँकी अंश →


वैकल्पिक मार्गमा दुर्घटनाको जोखिम

गलकोट, ११ भदौ  भूपि शेरचन राजमार्गको पर्वत–बेनी सडक दैनिक साढे आठ घण्टा बन्द भएपछिको वैकल्पिक मार्ग ठूला सवारीसाधनका लागि जोखिमपूर्ण देखिएको छ । बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न यही भदौ ५ गतेदेखि बिहान ७ः०० देखि ९ः०० र १०ः०० बजेदेखि साढे...बाँकी अंश →


भाइरल ज्वरोका बिरामी बढे

कञ्चनपुर, ११ भदौ  भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको छ । उपचारका लागि पुग्नेमध्ये ७० प्रतिशत बढी बिरामीमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको हो । साउनको दोस्रो हप्तादेखि भाइरल ज्वरोका बिरामी अस्पतालमा उपचारका लागि पुग्ने क्रम शुरु भएको बताइएको छ । अस्पतालका सूचना अधिकारी केशव...बाँकी अंश →


सुदूरपश्चिम प्रदेशमा नमुना कृषि कार्यक्रम

धनगढी, ११ भदौ  सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा नमूनाका रुपमा व्यावसायिक कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबमोजिम ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम’ अन्तर्गत पहिलोपटक नमूनाका रुपमा सो कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।...बाँकी अंश →


जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण

सल्यान, ११ भदौ  जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण कार्य शुरु गरिएको छ । गाउँमा पानीका मुहान सुक्दै जान थालेपछि सिद्धकुमाख गाउँपालिका–३ का स्थानीयवासीले पुराना पोखरीको संरक्षणका लागि अभियान थालेका हुन् । जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै जान थालेकाले मुहान संरक्षण गर्नका लागि अभियान चलाएको स्थानीयवासीले बताएका...बाँकी अंश →


खानेपानी योजना सञ्चालनार्थ उपभोक्ताबाटै सापटी

काभ्रेपलाञ्चोक, १० भदौ  पाँचखाल नगरपालिकामा सञ्चालन गर्न लागिएको सुनकोसी पाँचखाल बृहत् खानेपानी परियोजनाका लागि उपभोक्ताबाटै ऋण सापटी गरिएको छ । हालसम्म त्यहाँका ५५ उपभोक्ताले दुई लाखका दरले ऋण सापटी दिएकामा रु एक करोडभन्दा बढी जम्मा भएको छ । स्थानीय उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले कूल योजनाको पाँच...बाँकी अंश →


सुत्केरीलाई घ्यू अण्डा र दाल वितरण

बझाङ, १० भदौ  छविस पाथीभेरा गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी महिला कार्यक्रम’मार्फत ४५ दिनभित्रका सुत्केरी महिलालाई दुई केजी घ्यू, एक क्यारेट अण्डा र दुई केजी दाल वितरण गरेको छ । पोषणमा ध्यान नदिने यहाँका बासिन्दाको हितका लागि सो कार्यक्रम सञ्चालन गरिएको हो । सुत्केरी महिलाको पोषणमा सुधार ल्याउनका लागि खानपानको शैली परिर्वतन...बाँकी अंश →


एघार दिनदेखि कोशीपीडित अनशनमा

इनरुवा, १० भदौ  कोशीबाट पीडित भएकाहरुले क्षतिपूर्तिको माग गर्दै ११ दिनदेखि कोशी ब्यारेजमा अनशन जारी राखेका छन् । कोशी नदी कटान डुबान सङ्घर्ष समितिले आफ्ना तीन सूत्रीय माग राख्दै कोशी ब्यारेजमा रिले अनशन जारी रखेको सङ्घर्ष समितिका अध्यक्ष महिदेव चौधरीले बताउनुभयो । कोशी ब्यारेज निर्माण भएका बेला इसं १९५४ मा...बाँकी अंश →


अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप

बाँके, १० भदौ जिल्लामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । त्यसै पनि बिरामीको भीड लाग्ने नेपालगञ्जका सरकारी तथा निजी अस्पताल भाइरल ज्वरोका बिरामीको चाप बढेपछि झनै बढी भीड थपिएको छ भने ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि बिरामीको उत्तिकै भीड छ । गर्मी र वर्षाका कारण भाइरल ज्वरोका बिरामीले अस्पतालका...बाँकी अंश →


मूल्यसूची नै राख्दैनन् व्यवसायी

लमही, १० भदौ   यहाँका व्यवसायीहरुले पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । तुलसीपुरका अधिकांश पसलमा यस्तो भेटिएको अनुगमन समितिले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक माया शर्माको नेतृत्वमा विभिन्न पसलमा अनुगन गरिएको थियो । सो क्रममा...बाँकी अंश →


डिपबोरिङबाट पानी

वर्षौदेखि खानेपानीको अभाव रहेको भेरी नगरपालिका–१३ कुदुमा खानेपानीको समस्या समाधान भएको छ । डिपबोरिङबाट १५२ मिटर तल जमीनबाट भूमिगत पानी निकालेपछि यहाँका करीब ४६५ घरधुरीले खानेपानीको समस्याबाट मुक्ति पाएका हुन् । नगरपालिकाको रु ४५ लाख रकम खर्च गरेर जमीनमुनिबाट पानी निकालिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । विद्युत्बाट पानी निकाल्ने काम...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter