राजापुर, १४ भदौ बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैँडाको आक्रमणबाट तीन जना घाइते भएका छन् । आज बिहान बारबर्दियास्थित कुसुम्बाघाटमा नवनिर्मित झोलुङे पुल हेर्न गएकालाई रानीपुरको जङ्गलबाट निस्केको गैँडाले आक्रमण गरेको हो । आक्रमणबाट तीन जना घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि बाँके कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको...बाँकी अंश →
मकवानपुर, १३ भदौ प्रदेश नं ३ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशका ११९ स्थानीय तहमा लागू गरिने भएको छ । प्रदेश नं ३ सरकारले निकै महत्वका साथ गत वर्ष ‘पाइलट प्रोजेक्ट’ को रूपमा परीक्षणस्वरुप शुरु गरेको कार्यक्रममा विभिन्न १८ विद्यालयमा सञ्चालन भइरहेको छ...बाँकी अंश →
ललितपुर, १३ भदौ ललितपुर महानगरभित्र पानी भण्डारणका लागि ट्याङ्की बनाइने भएको छ । महानगर वरपर विपद् र आगलागी हुँदा अग्नि नियन्त्रणका लागि सो ट्याङ्की बनाउन लागिएको हो ।महानगरभित्र सात ट्याङ्की निर्माण गर्ने योजना अघि बढेको वडा नं १२ का वडाध्यक्ष नारायणलाल अवालेले बताउनुभयो । “ मङ्गलबजारस्थित वडा नं ११ मा...बाँकी अंश →
बाजुरा, १३ भदौ सदरमुकाम मार्तडी नजिकै रहेको बाउली खोलामा आउने बाढीका कारण बडिमालिका नगरपालिका–८ गडखेतको सिङ्गो बस्ती जोखिममा रहेको छ । नजिकै बाउली खोला बग्न थालेपछि बस्ती बग्ने खतरा बढेको हो । हरेक वर्ष जागराम बस्नुपर्ने समस्या हँुदा पनि तटबन्धका लागिसमेत कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ । बाउली...बाँकी अंश →
ललितपुर, १२ भदौ ललितपुर महानगरपालिकाभित्र तीन वटा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ । भिडभाड र बढी मानिसको जमघट हुने स्थानमा सो शौचालयको आवश्यकता भएसँगै तीन वटा आधुनिक शौचालय निर्माण हुन लागेको हो । वडा नं ९ शङ्मूल, वडा नं १२ मङगलबजार र वडा नं २० पाटनढोका परिसरमा आधुनिक...बाँकी अंश →
काठमाडौँ, १२ भदौ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउने निर्णय गरेको छ । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सो अञ्चल अस्पताल सङ्घीय सरकार मातहतमा ल्याउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को विसं २०७५ पुस २३ गतेको बैठकले राजविराजमा सो प्रतिष्ठान स्थापना...बाँकी अंश →
लहान, १२ भदौ प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित हिजो साँझ सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ दोहोटिया निवासी २१ वर्षीय भरत पासवान र २२ वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको हो । स५प ५०९४ नंको मोटरसाइकलमा सवार पासवान र...बाँकी अंश →
बझाङ, १२ भदौ छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महीनावारीका बेला छात्राको पढाइमा असर नपरोस् भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ । छात्रालाई चाहिने सेनिटरी प्याडसहितको एटिएम कक्ष शुरु गर्ने बान्नीचौर मावि पहिलो स्कूल भएको छ । छविसपाथिभेरा गाउँपालिका उपप्रमुख राधिका जोशीले भन्नुभयो, “महीनावारी भएका कारणले स्कूल...बाँकी अंश →
बेझाड, ११ भदौ विद्यालय जाने क्रममा पाल्पामा एक छात्राको बेहोस भएर मृत्यु भएको छ । रम्भा गाउँपालिका वडा नं ५ ताहुँ स्थित रम्भा माविमा कक्षा १० मा अध्ययनरत् १५ वर्षीया कमला फालको आज बिहान करीव १० बजे मृत्यु भएको हो । बिहान ७ः ३० बजे विद्यालयमा कोचिङ पढ्न जाने क्रममा...बाँकी अंश →
पोखरा, ११ भदौ नेत्र ज्योति सङ्घ कास्कीद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, पोखराले स्थापनाको साढे दुई दशकमा २० लाख आँखाका बिरामीको उपचार गरेको छ भने साढे चार लाखको मोतियाविन्दुको शल्यक्रिया गरेको छ । साविकका गण्डकी, धौलागिरि र कर्णाली अञ्चललाई मुख्य सेवा क्षेत्र बनाएको अस्पतालबाट दैनिक ५०० बिरामीले आँखाको उपचार सेवा...बाँकी अंश →
डडेल्धुरा, ११ भदौ डडेल्धुराको अजयमेरु गाउँपालिका–५ देवलबाट जिल्ला सदरमुकाम आई रहेको म १ ज २१० नं को जीप आज बिहान दुर्घटना हुँदा अजयमेरु गाउँपालिकाकी ६३ वर्षीया मानमती देवी चन्दको मृत्यु भएको छ । अजयमेरु देवलबाट सवारी बोकी जिल्ला सदरमुकाम आउने क्रममा भागेश्वर गाउँपालिका–४ को डुङरी भन्ने स्थानमा उक्त जीप...बाँकी अंश →
जलेश्वर, ११ भदौ महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भई कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका ६७ वर्षीय देवनारायण ठाकुर रहेको निमित्त जेलर...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: