परासी, २४ भदौ पछिल्लो समय देशका ५६ जिल्लामा फैलिएको डेङ्गुको सङ्क्रमण पश्चिम नवलपरासीमा पनि देखिएको छ । हालैमात्र जिल्लामा डेङ्गुका तीन बिरामी फेला परेका छन् ।जिल्लाको बर्दघाट नगरपालिकामा दुई र रामग्राम नगरपालिकाको परासीमा एक डेङ्गु प्रभावित फेला परेका हुन् । स्वास्थ्य कार्यालयका निरीक्षक छवि गिरीका अनुसार बर्दघाटका दुई जना उपचारपछि...बाँकी अंश →
पोखरा,२४ भदौ गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिनुभयोे । ४१ दिनको अवधिमा सो सङ्ख्याका मानिस डेङ्गुबाट पीडित भएका...बाँकी अंश →
काठमाडौँ, २४ भदौ स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले एसिड आक्रमणबाट घाइते भई उपचारत् मुस्कान खातुनको उपचारमा कमी हुन नदिने जानकारी दिनुभएको छ । वीरगञ्जस्थित हनुमान माध्यामिक विद्यालयमा अध्ययन गर्न जाँदै गर्दा गत शुक्रबार बिहान खातुनमाथि एसिड प्रहार भएको थियो । उहाँको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइराखेको छ ।...बाँकी अंश →
सल्यान, २४ भदौ जिल्लामा मौसमी ज्वरोको बिरामी बढ्न थालेका छन् । मौसमी ज्वरोको प्रकोप गाउँघरसम्मै फैलिएपछि जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ । भाईरल ज्वरोका बिरामी बढेपछि जिल्ला अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको अस्पतालका डा प्रदीप शर्माले बताउनुुभयो । अस्पताल आउने अधिकांश बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने,...बाँकी अंश →
चितवन, २४ भदौ भरतपुर अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेपछि आजबाट ज्वरो क्लिनिक शुरु गरिएको छ । तीनवटा क्लिनिकबाट ज्वरोका बिरामीको परीक्षण थालिएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेपछि नियमित बहिरङ्ग सेवाले धान्न कठिन भएकाले सो क्लिनिक सञ्चालनमा ल्याइएको हो । उहाँका अनुसार...बाँकी अंश →
महोत्तरी, २४ भदौ अत्यन्त आवश्यक उपकरणको अभावले उपचारमा समस्या ब्यहोरीरहेको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा क्रमशःउपकरण थपिँदै गएका छन् । विभिन्न संस्थाले आवश्यक उपकरण प्रदान गर्दै जाँदा सर्पदंशका जटिल प्रकृतिका बिरामीको उपचार पनि सहज बन्दै गएको हो । पछिल्लोपटक विपद् व्यवस्थापन र अन्य सामाजिक गतिविधिमा सरिक रहँदै आएको...बाँकी अंश →
रुकुमपूर्व, २४ भदौ एक्लै हिँड्न उहाँलाई समस्या पर्छ । कारण उहाँको शरीरमा बेलाबेलामा (दिनमा दुई तीन पटक) करेन्टको झट्का लाग्ने गर्दछ । त्यही करेन्टको झट्का लाग्ने बेलामा लडेर घाइते हुने वा चोटपटक लाग्ने सम्भावना बढी हुने गर्दछ । आफूलाई सुरक्षित राख्न एकजना साथी अनिवार्य साथमा राखेर बाहिर हिँडडुल गर्ने गर्नुहुन्छ...बाँकी अंश →
इलाम, २४ भदौ राम्रो आम्दानी लिइरहेको अलैँची पछिल्लो समय फेरि मर्न थालेपछि किसान चिन्तित देखिएका छन् । अलैँचीमा फेरि रोग लागेर राम्रो फल दिन छाडेपछि किसान चिन्नित बन्न पुगेका हुन् । केही वर्ष अघि पनि यस्तै रोगले आक्रमण गरेपछि किसानले फेरि अलैँची खेती गरेका थिए । रोगले सङ्क्रमण गरेपछि नयाँ...बाँकी अंश →
काठमाडौँ, २४ भदौ पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ । अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो रोग देखा परेको अस्पतातले जनाएको छ...बाँकी अंश →
विराटनगर, २३ भदौ ः बालविवाहलाई सामाजिक अपराध मानिए पनि अझैसम्म समाजमा यो कुप्रथा विद्यमान छ । बालविवाह गर्ने र गराउने दुवैलाई कानूनबमोजिम तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवानाका साथै त्यस्ता विवाह बदर गरिने भए पनि लुकिछिपी यस्ता विवाह हुने गरेको पाइन्छ । समाजमा बालविवाह बढ्दै गएको जिल्ला प्रहरी...बाँकी अंश →
जाजरकोट, २३ भदौ ः जाजरकोटमा भाइरल ज्वरोले एक किशोरीको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–६ टाँसीधुमा घर भई सदरमुकाम खलङ्गा थाप्लेमा बस्दै आएकी १४ वर्षिया आशा विकको मृत्यु भएको हो । ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्नेलगायत समस्या देखिएपछि उनी जिल्ला अस्पतालमा साताअघि उपचारका लागि भर्ना भएकी थिइन् ।...बाँकी अंश →
कञ्चनपुर, २३ भदौ ः एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरसबाट कञ्चनपुरमा पाँच जना प्रभावित भएका छन । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार डेङ्गुको भाइरसबाट वेदकोटमा तीन, कृष्णपुर नगरपालिकामा एक र महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका एक गरी पाँच जना प्रभावित भएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: