रुकुमपश्चिम, २६ भदौ मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो । विद्यालयबाट घर फर्किने...बाँकी अंश →
मुग्लिन, २६ भदौ चितवनको इच्छाकामना गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । जिल्लाको विकट मानिएको यो गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन नहुदाँ बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या भएपछि एम्बुलेन्स खरीद गरिएको गाउँपालिकाले जनाएको छ । प्रदेश सरकारको अनुदानमा रु १० लाख ४७ हजार ३५५ लागतमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी...बाँकी अंश →
राजविराज, २६ भदौ सप्तरीको राजविराजस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । “गर्मीसँगै रक्तदान कार्यक्रम कम हुँदै गएकाले रगतको अभाव भएको केन्द्रका इन्चार्ज नवीनकुमार झाले बताउनुभयो । रगत अभाव परिपूर्ति गर्न साटासाट प्रणाली लागू गरे पनि यहाँ रगत अभाव रहेको उहाँले बताउनुभयो । बढ्दो गर्मी र बिरामीको आवश्यकता अनुसारको रगत...बाँकी अंश →
भक्तपुर, २५ भदौ देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिनुभयो...बाँकी अंश →
काभ्रेपलाञ्चोक, २५ भदौ पाँचखाल नगरपालिकास्थित माविका विद्यार्थीका लागि तरकारी तथा अन्य बालीमा विषादी प्रयोग न्यूनीकरण सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । लभ ग्रिन नेपाल नामक संस्थाले यस क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका मावि तहका विद्यार्थीलाई अनाधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य तथा कृषि तथा वातावरणमा पर्ने असरबारे भदौ दोस्रो...बाँकी अंश →
गलेश्वर, २५ भदौ प्राकृति चिकित्सालयका रुपमा चर्चित म्याग्दीका तातोपानी कुण्डका मुहान पुरिँदै गएपछि कुण्ड पनि सङ्कटमा पर्न थालेका छन् । बिरामीका लागि प्राकृतिक उपचारको अस्पतालका रुपमा विकसित हुँदै गइरहेको तातोपानीका मुहान म्याग्दी खोलाको चपेटामा परेका हुन् । हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भल बाढी र नदी कटानको जोखिममा तातोपानीका...बाँकी अंश →
बारा, २५ भदौ बाराको जितपुर सिमरा उपमहानगरपालिकाअन्र्तगत पर्ने अम्लेखगञ्ज क्षेत्रमा लामो समयदेखि खानेपानीको अभाव सिर्जना भएको छ । खाने पानीका लागि स्थानीय पुराना धारा, नदी, प्राचीन ढुङ्गेधारा तथा खोलाको पानी खान बाध्य भएका छन् । यसको प्रभाव अति व्यस्त पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीगञ्ज राजमार्गको आसपासमा रहेका होटलमा समेत परेको छ...बाँकी अंश →
रुपन्देही, २५ भदौ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट बिरामी फर्किन थालेका छन् । अस्पतालका सबै बेड बिरामीले भरिएपछि उपचारका लागि आएका बिरामी फर्किएर अन्यत्र जान बाध्य भएका हुन् । सरकारी अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका बिरामीको चाप बढेपछि बिरामी महङ्गो शुल्क तिरेर निजी अस्पताल र क्लिनिकमा जान बाध्य छन् ।...बाँकी अंश →
तुलसीपुर, २५ भदौ दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले लामो समयदेखि खानेपानीको धारा वितरण गर्न सकेको छैन । लामो समयपछि गत वर्ष फागुनमा संस्थाले नयाँ धारा जडानका लागि आवेदन आह्वान ग¥यो । तुलसीपुर उपमहानगरपालिकाको निर्देशनपछि मात्रै खानेपानीले धारा जडानका लागि आवेदन ग¥यो । संस्थाले दुई हजार ५०० जनालाई नयाँ...बाँकी अंश →
मेलम्ची, २५ भदौ मातृ तथा शिशु स्वास्थ्यलाई ध्यानमा राख्दै बाह्रबिसे नगरपालिकाले सुत्केरी हुने महिलाका लागि एम्बुलेन्स भाडा उपलब्ध गराउने भएको छ । समयमै स्वास्थ्य संस्थामा पुग्न नसकेर नगरका कोही पनि सुत्केरी महिलाले ज्यान गुमाउन नपरोस् भनेर नगरपालिकाले एम्बुलेन्स भाडा प्रदान गर्ने योजना अघि सारेको हो । नगरपालिकाको आकस्मिक कोषबाट एम्बुलेन्स...बाँकी अंश →
इलाम, २५ भदौ हात्तीपाइलेको सङ्क्रमण मानिसमा भएको वा नभएको थाहा पाउन यहाँ हात्तीपाइलेको विद्यालयस्तरीय सर्भे शुरु गरिएको छ । हात्तीपाइलेको लक्षण देखा परेपछि नयाँ प्रजातिको हात्तीपाइले रोगका बारेमा जानकारी गर्न सर्भे गर्न लागिएको हो । ‘टान्समिसन सिसमेन्ट सर्भे’ नामक सर्भे यही भदौ २२ गतेबाट इलाम र पाँचथरमा शुरु गरिएको छ...बाँकी अंश →
विराटनगर, २४ भदौ विराटनगरमा १२ जनामा डेङ्गु रोगको सङक्रमण भेटिएको छ । सङ्क्रमित सबै विराटनगरस्थित प्रादेशिक (कोशी) अस्पतालमा उपचार गराइरहेको चिकित्सक डा सङ्ज्ञा ज्ञावलीले बताउनुभयो । ती सबै सङ्क्रमित मोरङ र सुनसरीका छन् । डेङ्गुको संक्रमण बढेपछि विराटनगर महानगरपालिकाले यसको नियन्त्रणका लागि पहल थालिएको छ । डेङ्गु रोगको सङक्रमणविरुद्ध जनचेतना...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: