हेटौँडा, १० असोज हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो । बिरामीको चाप अस्पतालमा अत्यधिक बढ्दा सेवा प्रभावमा समस्या भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार तीन सय बिरामीको उपचार क्षमता रहेको सो...बाँकी अंश →
काठमाडौँ, १० असोज नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गरिने भएको छ । आगामी सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सो घोषणा गर्न लागिएको हो । सो विषयमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले यो अभियान गाउँगाउँसम्म पुग्नु नै उपलब्धिपूर्ण भएको बताउनुभयो ।...बाँकी अंश →
चिप्लेढुङ्गा, १० असोज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमालय आँखा अस्पताल प्रदेशको शान भएको बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले सरकारको पर्याप्त सहयोगबिना आफ्नै स्रोतसाधनको उचित व्यवस्थापन गरेर गुणात्मक सेवा प्रवाह गर्ने उक्त आँखा अस्पताल प्रदेशकै एक नमूना संस्था भएको बताउनुभयो । आर्थिक अनुशासन र...बाँकी अंश →
चितवन, १० असोज उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ वार्षिकोत्सव तथा १५ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७६ को आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले सेवामूलक स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापारीकरण हुनु दुःखद् भएको बताउनुभयो । “नागरिकलाई स्वस्थ बनाउन...बाँकी अंश →
धादिङ, १० असोज त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् । रौतहटबाट काठमाडाँै आउँदै गरेको ना७ख ५३६४ नंको बसमा मिर्गाैला रोगी शाहलाई उपचारका लागि काठमाडौँ...बाँकी अंश →
बागलुङ, ९ असोज आउँदो कात्तिक ६ र ७ गते धवलागिरि अञ्चल अस्पताल बागलुङमा वृहत् निःशुल्क स्वास्थ्यशिविर सञ्चालन हुने भएको छ । अस्पताल र रोटरी क्लब बागलुङको संयुक्त आयोजनामा हुने शिविरमा ताइवान र नेपालका विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गर्नेछन् । दुई दिनसम्म चल्ने शिविरमा पाँच हजार सर्वसाधारणलाई...बाँकी अंश →
पाल्पा, ९ असोज पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई÷तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताउनुभयो । गएराति ११ बजेतिर उनको मृत्य भएको...बाँकी अंश →
म्याग्दी, ९ असोज म्याग्दीमा भएका छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्त्रीखोलामा खसेर एक जना बेपत्ता भएका हुन् । बिजुलीको पोलमा चढेको बेला आकस्मिकरूपमा विद्युत् आपूर्ति हुँदा...बाँकी अंश →
भक्तपुर, २ असोज देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्ममा १९७ बिरामीमा डेंगु रोग भएको पुष्टि भएको जानकारी दिनुभयो । यो...बाँकी अंश →
काठमाडौँ, १ असोज उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले डेङ्गु रोगका कारण आपत्कालीन अवस्थाको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उहाँले स्वास्थ्य मन्त्रालय महामारी नियन्त्रण गर्न सक्षम रहेकाले आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नदेखिएको जानकारी गराउनुभयो । पछिल्ला दिनहरुमा रोगीको सङ्ख्या घट्दै...बाँकी अंश →
काभ्रेपलाञ्चोक, १ असोज अविरल वर्षाका कारण आज बिहान पहिरो गई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको छ । बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो । बालकको बुबा बाहिर निस्केको र...बाँकी अंश →
डडेल्धुरा, १ असोज नेपाली काङ्गे्रस डडेल्धुराले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा र आसपासको ठाउँमा आज बिहान डेङ्गु नियन्त्रण गर्न लामखुट्टे मार्ने औषधि छर्केको छ । डेङ्गुको सङ्क्रमणबाट जोगिन डडेल्धुरामा पहिलो पटक सचेतना ¥यालीसहित नेपाली काङ्ग्रेस डडेल्धुराले औषधि छर्किएको हो । तराईका जिल्लामा लामखुट्टेको टोकाइबाट फैलिने डेङ्गु रोगको सङ्क्रमण पछिल्ला वर्षमा डडेल्धुरालगायत...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: