०९ माघ २०८१

आर्थिक

चामल उद्योगलाई रु ५० हजार जरिवाना

बाँके, ९ असोज  मापदण्डविपरीत सञ्चालनमा रहेको नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई रु ५० हजार जरिवाना गरिएको छ । स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानूनविपरीत व्यवसाय सञ्चालन गरेको पाएपछि संयुक्त बजार अनुगमन टोलीले बुधबार तत्कालका लागि रु ५० हजार जरिवाना गराइएको वाणिज्य...बाँकी अंश →


तिलोत्तमा लगानी सम्मेलन : ५० अर्बभन्दा बढी लगानी भित्रिने अपेक्षा

बुटवल, ८ असोज  स्थानीय तहका तर्फबाट मुलुकमै पहिलोपटक रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको छ । यही असोज ९ गते आयोजना हुने लगानी सम्मेलनमा राज्यका सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता र विशेषज्ञको समेत प्रतिनिधित्व रहनेछ । लगानी सम्मेलनमा रहने महत्वपूर्ण सहभागितामा नगरपालिकामा प्राथमिकता, लगानीका...बाँकी अंश →


विपन्न परिवारलाई बेमौसमी तरकारी खेती

दमक, ८ असोज  झापाको दमक नगरपालिकाले विपन्नहरुको आर्थिक अवस्था सुधार्न थालेको कृषि उपार्जन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन नगरपालिकाले वडा नं ३ मा साढे दुई बिघा जग्गा भाडामा लिएर तरकारी खेतीतर्फ प्रवद्र्धन गरेको छ । दश वर्षका लागि भाडामा लिएर त्यहाँ नगरपालिकाको करीब...बाँकी अंश →


आफूखुशी मूल्य बढाए कारवाही गरिने

भद्रपुर, ८ असोज  मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाएमा उद्योगी व्यवसायीलाई कारवाही गरिने जानकारी दिनुभएको छ । नगरका विभिन्न उद्योगी, व्यवसायी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहितको मङ्गलबार आयोजित अन्तरक्रियामा उहाँले सर्वसुलभ मूल्यमा गुणस्तरीय खाद्य वस्तु नगरवासीलाई उपलब्ध गराउन व्यवसायीलाई सुझाव दिनुभयो । कालोबजारी सिर्जना गरेर...बाँकी अंश →


लोप हँुदै कोदोबाली

डोटी, १ असोज    जिल्लामा विगत केही वर्षयता कोदोलगायतका पुराना बाली लोप हुन थालेका छन् । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेको स्थानियवासी बताउँछन् । यहाँका गाउँघर तथा पानी नलाग्ने जमिनमा उम्रिने कोदो बालीमा प्रशस्त मात्रामा पोषकतत्व पाइने भए पनि बालीको महत्व नबुझ्दा कोदोबाली विस्तारै लोप...बाँकी अंश →


छ ठाउँमा नयाँ खाद्य डिपोको प्रस्ताव

जाजरकोट, १ असोज    स्थानीयवासीलाई पायक पर्ने ठाउँमा खाद्यान्न आपूर्ति गर्न नसकिएकाले यहाँका छ ठाउँमा नयाँ डिपो राख्न प्रस्ताव गरिएको छ ।हाल रहेका डिपो पायक पर्ने ठाउँमा नहुँदा सर्वसाधारणलाई खाद्यान्न उपलब्ध गराउन कठिन भएकाले नयाँ डिपो स्थापना गर्न प्रस्ताव गरिएको हो । जिल्लाको कुशे गाउँपालिका– ३को टापुचौर, जुनिचाँदे गाउँपालिका–७ को...बाँकी अंश →


कृषिमा १४ करोड ४४ लाख बजेट

राँझा, १ असोज  बाँकेमा कृषि विकासका लागि चालू आर्थिक वर्षमा रु १४ करोड ४४ लाख बजेट विनियोजित गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार बाँकेमा ज्ञान केन्द्र र स्थानीय तहमार्फत कृषिका लागि छुट्याइएको बजेट एकमुष्ट रु १४ करोड ४४ लाख रहेको छ । बाँकेका आठ स्थानीय तहको...बाँकी अंश →


गत वर्षकै योजनाको रकम भुक्तानी नहुँदा समस्या

दार्चुला, ३१ भदौ    शैल्यशिखर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा निर्माण गरेका योजनाको रकम भुक्तानी नगर्दा उपभोक्ता र मजदूर समस्यामा परेका छन् । काम गरेवापत बजेट भुक्तानी नगर्दा उपभोक्ता समितिले काम गर्ने मजदूरलाई ज्याला दिन सकेका छैनन् । जसका कारण अहिले स्थानीयवासी आक्रोशित बनेका छन् । नगरपालिकाको वडा नं ८...बाँकी अंश →


दिक्तेल–चखेवा सडकमा डेढ करोड क्षति

खोटाङ, ३१ भदौ    यस वर्षको बाढीपहिराका कारण कालोपत्र थालिएको मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा ठूलो क्षति पुगेको छ । गत जेठदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त सडकको दिक्तेल–च्यानडाँडा खण्डमा निर्माण गरिएको टेवा पर्खाल, पुलको जीप तथा भित्ता भत्किएको छ । बाढीपहिराका कारण कालोपत्र...बाँकी अंश →


धान किसानलाई राहत

भद्रपुर, ३१ भदौ  झापामा तीन दिनयता परेको पानीका कारण धानखेती गर्ने किसानमा खुशी छाएको छ । किसानले लगाएको धानखेतीमा सुक्खा लागेर फौजी कीराको समेत प्रकोप बढिरहेका बेला भएको वर्षाले धानखेतीलाई अमृतको काम गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताउनुभयो । उहाँका अनुसार झापामा यस वर्ष ८८ हजार हेक्टर क्षेत्रफलमा...बाँकी अंश →


आलेख ः लेकाली क्षेत्रमा लोभलाग्दो कमाइ

फिक्कल, २९ भदौ  फिक्कल, २९ भदौ (रासस) ः हरेक दिन बिहान सबेरै उठ्नु, नित्यकर्म सकेर गाई दुहुनु र खोले ख्वाएर ती गाईलाई जङ्गल पठाउनु ताराबहादुर चौहानको दैनिकी हो । उनका गोठमा दश माउ गाई छन् । ती निकै पर पुगिसकेपछि बाछाबाछी पनि छोड्नु हुन्छ उहाँ । बाछा ढिलो छोड्नु दिउँसो...बाँकी अंश →


विदेशमा पढेर एग्रो फार्ममा रमाउँदै

गलेश्वर, २९ भदौ  न्युजिल्याण्डबाट व्यवस्थापन विषयमा मास्टर्स गरेका मुकुन्द रिजाल (शर्मा) र काठमाडौँको व्यापार–व्यवसाय छोडेर गाउँ फर्किएका उनकै दाइ दीर्घप्रसाद रिजाल (शर्मा) ले रु ५३ लाखको लगानीमा गाउँमा नै एग्रो फार्म सञ्चालन गरेका छन् । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रिजाल एग्रो फार्म सञ्चालन गरेर कुखुरापालन र आग्र्यानिक कृषिमा रमाइरहेका यी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter